Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » आर्मीका सञ्जय र एपिएफकी पुष्पाले चुमे सहारा हाफ म्याराथनको उपाधि
    Uncategorized

    आर्मीका सञ्जय र एपिएफकी पुष्पाले चुमे सहारा हाफ म्याराथनको उपाधि

    कनकाई खबरBy कनकाई खबर२०७९ चैत्र २१, मंगलवार १७:३० गते3 Mins Read


    कनकाई खबर \ सहारा हाफम्याराथनको उपाधि आर्मीका सञ्जय श्रेष्ठ र एपिएफकी पुष्पा भण्डारीले चुमेका छन् ।


    झापाको चारपानेस्थित संस्थाको मुख्य कार्यालय परिसरमा एक विशेष समारोहका विच मंगलबार भएको हाफ म्याराथनमा नेपाल आर्मीका श्रेष्ठले निर्धारित दूरी १ घन्टा ६ मिनेट २२ सेकेन्डमा पूरा गर्दै पुरुषतर्फ च्याम्पियन बनेका हुन् /


    त्यस्तै, सशस्त्र प्रहरी बल (एपिएफ) नेपालकी भण्डारीले १ घण्टा २१ मिनेट १७ सेकेन्डमा निर्धारित दूरी पार गर्दै महिलातर्फ च्याम्पियन बनिन् । उपाधिसँगै श्रेष्ठ र भण्डारीले समान ५१ हजार नगद, मेडल र प्रमाणपत्र पाए ।त्यस्तै, पुरुषतर्फ केन्यालीधावक सिमिओन किप्लागातोेले १ घन्टा ७मिनेट १७ सेकेन्डको समय निकाल्दै दोस्रो स्थान हाँसिल गरे ।आर्मीका मोहनदेव जोशीले १ घन्टा ७मिनेट २२ सेकेन्डमा दौड पूरा गर्दै तेस्रो स्थान हाँसिल गरे ।
    दोस्रो भएकासिमिओनले ३१ हजार, मेडल र प्रमाणपत्र पाएभने तेस्रो भएका जोशीले २१ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे ।


    महिलातर्फ नेपालप्रहरीकी रेखा बिष्टले निर्धारित दूरी १ घण्टा २४ मिनेट ३४ सेकेन्डमा पूरा गर्दै दोस्रो र नेपालप्रहरीकै सुमित्रा चौधरीले निर्धारित दूरी १ घण्टा २९ मिनेट ३० सिकेन्डमा पूरा गर्दै तेस्रो स्थान हाँसिल गरिन् ।
    दोस्रो भएकी बिष्टले ३१ हजार, मेडल र प्रमाणपत्र पाइन् भने तेस्रो भएकी चौधरीले २१ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरिन् ।


    पुरुषतर्फ आर्मीका खड्गबहादुर खड्का चौथो, हरि रिमाल पाँचौँ, देवराज बस्नेत छैटौँ, प्रेमबहादुर बस्नेत, सातौँ भए । पाँचथरका दिपक सुहाङ आठौँ, धरानका प्रशान्त तामाङ नवौँ र आर्मीका जितेन्द्र दनुवार दशौँ भए ।
    महिलातर्फ सशस्त्र प्रहरीकी सीमा चौधरी चौथो, ताप्लेजुङकी सम्पालुङ शेर्पा पाँचौँ, धरानकी कल्पना राई छैटौँ, आर्मीकी पनिशा गुरुङ सातौँ, धरानकी जमुना गुरुङ आठौँ, आर्मीकी अनिता रेग्मी नवौँ र आर्मीकै सकुन्तला विक दशौँ भए ।


    चौथौदेखि दशौँसम्म हुने पुरुष तथा महिला धावकले सान्त्वना पुरस्कार स्वरुप नगद पाँच हजार र प्रमाणपत्र पाए ।प्रतियोगितामा महिला तथा पुरुष गरी ५३४ जना धावकहरुले सहभागिता जनाएकाथिए ।कार्यक्रममा झापा जिल्ला खेलकुद विकास समितिको समन्वय रहेको समितिका अध्यक्ष भेषराज भण्डारी (प्रशान्त) ले जानकारी दिए ।


    यसैबीच, सहारा हाफम्याराथनका अवसरमा अन्तर्राष्ट्रिय झापाली समाजयुएईका अध्यक्ष छत्र सुव्वा, नेपालका कीर्तिमानी धावक ओलम्पियन बैकुण्ठ मानन्धर, ओलम्पियनहरु डम्बरसिंह कुँवर र मेनुका राउत तथा भेट्रान्स धावक बुद्धवीर लामालाई नगदसहित सम्मानगरिएको साकोसका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले जानकारी दिए ।


    खेलाडीहरुको हौसला बढाउन उनीहरु चारपाने आएकाथिए । सुव्वालाई नगद २५ हजार, मानन्धरलाईनगद २१ हजार, लामालाई नगद ११ हजार तथाकुँवर र राउतलाई नगद ५ हजार १ सय र सम्मानपत्रले सम्मानगरिएको हो ।
    सहारा नेपाल साकोसले आफ्नो २८ औँ स्थापनादिवसको अवसरमा प्रतियोगिता आयोजना गरेको हो । संस्थाका अध्यक्ष हरीवहादुर राजवंशीको सभापतित्वएवं प्रतिनिधि सभा सदस्यइन्दिरा रानामगरको प्रमुखआतिथ्य रहेको कार्यक्रममा संस्थाले स्थापना गरेको मिनि अस्पताल साथै डिपोजिट मेसिनको एकैसाथ उद्घाटन गरिएको छ । त्यस्तै फोटा प्रदर्शनी, अक्षयकोष स्थापनाको सुरुवात, कारागारमा रहेका कैदीबन्दीकालागि आवश्यक सामाग्री हस्तान्तरण लगायतको कार्यक्रम सम्पन्न भएको सहारा साकोसका कार्यकारी प्रमुख गिरीले जानकारी दिए । संस्थाका वरष्ठि उपाध्यक्ष हरीवहादुर निरौलाले स्वागत गरेको कार्यक्रमको संचालन पत्रकार केशव भट्टराईले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    उचित विकल्प विना सुकुम्बासीलाई हटाउनु राज्य आतंक: हर्क साम्पाङ

    २०८३ बैशाख ११, शुक्रबार १८:०१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.