Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » दुर्गापुर महायज्ञबाट २१ लाख ४९ हजार आर्थिक संकलन
    समाचार

    दुर्गापुर महायज्ञबाट २१ लाख ४९ हजार आर्थिक संकलन

    कनकाई खबरBy कनकाई खबर२०७९ चैत्र २१, मंगलवार १४:०६ गते3 Mins Read

    कनकाई खबर \ झापाको कनकाई–१ दुर्गापुरमा भौतिक संरचना निर्माण साथै अक्षयकोष वृद्धि गर्ने पवित्र उद्देश्यका साथ आयोजना गरिएको श्रीमद देवीभागवत महापुराण नवाह ज्ञान महायज्ञबाट अनुमान गरे भन्दा बढी आर्थिक संकलन भएको छ ।

    श्री नवदुर्गा भगवती (मनसादेवी) मन्दिर व्यवस्थापन समितिको आयोजनामा चैत ८ देखि १६ गते सम्म संचालन गरिएको महायज्ञको आयव्यय विवरण सार्वजनिक गर्दै आयोजक समितिले महायज्ञबाट अनुमान गरिएको भन्दा बढी आर्थिक सहयोग संकलन भएको जनाएको हो । लक्ष्य प्राप्तीकालागि अत्यन्तै न्युन खर्चमा पारदर्शिताका साथ कार्य सम्पन्न गरेको समितिले महायज्ञ समापन भए लगत्तै मंगलबार पत्रकार भेटघाट कार्यक्रम मार्फत आयव्यय विवरण सार्वजनिक गरेको हो ।


    महायज्ञबाट कुल आम्दानी २१ लाख ४९ हजार ७३ र खर्च तर्फ ७ लाख ६५ हजार ९२५ भएको बताइएको छ । त्यस्तै ९ लाख ३५हजार ८५० बैंकमा जम्मा भएको र १५ हजार २० रुपैयाँ समितिमा रहेको मुल आयोजक समितिका आर्थिक संयोजक मनोजकुमार पोखरेलले जानकारी दिए । आर्थिक संयोजक पोखरेलका अनुसार दाताहरूले प्रतिवद्धता गरेको ४ लाख ३२ हजार २७८ रुपैयाँ प्राप्त हुन बाँकी रहेको बताइएको छ ।


    आर्थिक हिसाबले दैनिक मन्दिर सञ्चालन गर्न कठिनाइ भोग्दै आएको मन्दिर समितिले अनुष्ठान आयोजना गरेर अक्षय कोष वृद्धि गर्ने उद्देश्य राखेको यस महाज्ञबाट संकलित रकमले अक्षय कोष वृद्धि गरी १५ लाख पुर्याईएको बताइएको छ । यस अघि अक्षय कोषमा ६ लाख ५५ हजार रहेको थियो । यस पटकको अनुष्ठानमा अक्षयकोषमा ६ लाख थप गर्ने लक्ष्य रहेको थियो तर धार्मिक, सामाजिक व्यक्तित्वहरुको सद्भाव र सहयोगका कारण ९ लाख रुपैयाँ वृद्धि गर्न सकिएको अनुष्ठान आयोजक मूल समिति संयोजक सरला दाहाल पोखरेलले बताइन् ।

    मन्दिर समितिले सामुदायिक भवन निर्माणको योजना पनि अघि सारेको छ । यस अघि मन्दिर सञ्चालनार्थ दक्षिण तर्फ व्यवसायिक भवन सटर बनाउन स्थानीय समाजसेवीहरू गणेशप्रसाद पोखरेल, कुमुदिनी पोखरेल र मोहन पोखरेलबाट एक–एक वटा सटर निर्माण गरिदिने घोषणा भएको थियो । तर सडक क्षेत्रमा पर्ने हो की भनेर तत्काल समितिले निर्माण कार्य अघि बढाउन सकेको थिएन । हाल मन्दिरको उत्तर तर्फ सामुदायिक भवन निर्माण गर्ने योजना बनेपछि हाल दिवंगत भइसकेका दाता गणेशप्रसादका छोरा राजेन्द्रकुमार पोखरेल, कुमुदिनीका छोरा कुमारमणी पोखरेल र दाता मोहनप्रसाद पोखरेलले दुईदुई लाख रुपैयाँ उपलब्ध गराउने प्रतिवद्धता प्राप्त भएको मन्दिर व्यवस्थापन समिति अध्यक्ष दुर्गाप्रसाद निरौलाले बताए । उनले भने ‘अब बनाइने सामुदायिक भवन दुई तलाको हुने र माथिल्लो तलामा ६ कोठा, भुइँतलामा हल निर्माण गरिने योजना रहेको छ ।’ जसका लागि ८८ लाख रुपैयाँ लाग्ने र भवन निर्माणकालागी स्थानीय समाज सेवी कुमारमणी पोखरेलको संयोजकत्वमा भवन निर्माण समिति समेत गठन भइसकेको मन्दिर समिति अध्यक्ष निरौलाले बताए ।


    विक्रम सम्वत् २०२६ सालमा स्थापना भएको दुर्गा मन्दिर सो क्षेत्रको एक इतिहास बनेर रहेको छ । दुर्गा मन्दिर भएकै कारणले उक्त स्थानको नाम दुर्गापुर रहन गएको स्थानीय अग्रजहरूको भनाई रहेको छ । दुर्गापुर बजारको मुख्य राजमार्ग उत्तर तर्फ रहेको मन्दिर २ कठ्ठा७ धुर क्षेत्रफलमा फैलिएको छ । उक्त जग्गा स्थानीय समाजसेवी स्व.पुष्पराज, स्व.हेडम्बराज र मोहनराज पोखरेलका परिवारले दान दिएका हुन । त्यसैगरी मन्दिरको नाममा प्रजापतिमा १० कठ्ठा जग्गा रहेको छ । उक्त जग्गा समाजसेवी दाजुभाइ स्व. गणेशप्रसाद पोखरेल र स्व.कुमुदिनी पोखरेलले दान दिएका हुन् ।मन्दिरको नाममा केही वर्ष अघिकै महायज्ञमा जिम्दार देवीप्रसाद उप्रेतीले समेत एक विगाह जमिन कबोलेको तर हाल सम्म पनि मन्दिरको स्वामित्वमा नआएको मन्दिर व्यवस्थापन समितिका सचिव गोपालप्रसाद पोखरेलले बताए ।


    महायज्ञ मुल आयोजक समिति संयोजक सरला दहाल पोखरेलको अध्यक्षतामा सम्पन्न पत्रकार भेटघाट कार्यक्रमको सञ्चालन आयोजक समितिका सचिव रामप्रसाद निरौलाले गरेका थिए । पत्रकार भेटघाट कार्यक्रमकै अवसरमा महायज्ञलाई आफ्नै कार्यक्रमका रुपमा लिएर कार्य सम्पादन गर्ने मुल समितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरु,विभिन्न उपसमितिहरु, सहयोगी मन साथै सम्पूर्ण दाता महानुभावहरु, सुरक्षाकर्मी, संचारकर्मी लगायत अग्रज व्यक्तित्वहरुप्रति आभार प्रकट गर्दै मुल आयोजक समिति संयोजक पोखरेलबाट महायज्ञ आयोजक समिति समेत बिगठन भएको घोषणा गरिएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.