Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » मिसन ग्रासरुट अभियानलाई थप सशक्त बनाउँदै कनकाई एमाले
    राजनीति

    मिसन ग्रासरुट अभियानलाई थप सशक्त बनाउँदै कनकाई एमाले

    कनकाई खबरBy कनकाई खबर२०७९ चैत्र २०, सोमबार ०२:२७ गते2 Mins Read


    कनकाई खबर \ ‘मिसन ग्रासरुट’ अभियानका कारण कार्यकर्ताले नेतासँग जोडिने र नेताले कार्यकर्ताको भावना बुझ्ने अवसर प्राप्त भएको भन्दै नेकपा एमाले कनकाईले अभियानलाई थप सशक्त बनाउँदै अघि बढेको छ ।


    अभियानले कार्यकर्तालाई मसिनो ढंगले अघि बढाएको भन्दै नेकपा एमाले झापा जिल्ला कमिटिका सदस्य समेत रहेका कनकाई नगर कमिटिका ईञ्चार्ज रविन्द्र लम्सालले ‘मिसन ग्रासरुट’ अभियानका कारण कनकाईमा एमालेप्रतिको जनताको आकर्षण बढेको बताएका छन् ।


    फागुन १३ गतेदेखी कनकाईमा सुरु भएको अभियान अन्तर्गत नगर कमिटीको विस्तारित बैठक, योजना तर्जुमा बैठक हुँदै मिसन ग्रासरुट अभियान तिव्रताका साथ अगाडी बढीरहेको बताइएको छ । अभियानमा कनकाईका नौ वटै वडाका टोल– टोलमा पुगेर विभिन्न भेला, बैठक, कमिटि पुनर्गठन, विभिन्न जनवर्गिय संगठनहरुको गठन तथाअभिमुखिकरण कार्यक्रमहरु सञ्चालन भईरहेका छन् । अभियानका क्रममा नगरको समन्वयकारी भूमिकामा रहेका नगर कमिटि ईञ्चार्ज लम्सालले कनकाईका सबै वडाहरुमा फोकल पर्सन तोकेर अभियानलाई सक्रियताकासाथ अगाडी बढाएको बताए । उनले कनकाईमा सदस्यता नविकरण, नयाँ सदस्यता वितरण र टोलस्तरीय प्रशिक्षण कार्यक्रमहरु अब संचालन हुने जानकारी दिए ।


    अभियानका क्रममा नेतृत्वमा रहेर जनतासँग जोडिन नसकेका र अपेक्षित विकास योजनाहरु गाउँघरसम्म जान नसकेका विषयमा केहि गुनासो आउने गरेको नेकपा एमाले कनकाई नगर कमिटि अध्यक्ष खड्ग प्रसाईले बताए । अध्यक्ष प्रसाईले एमाले प्रवेश गर्नेहरुको नामावली सबै वडाबाट संकलन गर्ने काम पनि भइरहेको र अभियानको अन्त्यमा एकमुष्ठ कार्यक्रम गरेर पार्टी प्रवेश गराउने तयारी रहेको जानकारी दिए ।


    पार्टी सुदृढीकरण तथा विस्तारका लागि नेकपा एमालेले सुरु गरेको ‘मिसन ग्रासरुट’ अभियान देशभर चलिरहेको छ । अभियानमा पार्टीका केन्द्र, प्रदेश, जिल्ला, पालिका र वडा तहका नेताहरुको सक्रियता रहेको बताइएको छ । यसै क्रममा कनकाई नगरमा अभियन्ताका रुपमा कोशी प्रदेशका जलस्रोत तथा सिंचाई मन्त्री एवं नेकपा एमाले पोलिटव्युरो सदस्य तीलविक्रम मेयाङ्बो आफ्नो जिम्मेवारीमा क्रियाशिल रहेका छन् ।
    त्यस्तै प्रदेश कमिटि सचिवालय सदस्य एवं कोशी प्रदेशका पुर्व मन्त्री वसन्त बानियाँ, प्रदेश कमिटि सदस्यहरु क्रमशःमोहन रेग्मी, निर्मला पाठक, बन्दन मुण्डा, लक्ष्मी राईले समेत कनकाईको अभियानलाई तिव्रता दिएका छन् । कनकाईबाट जिल्ला कमिटिमा रहेका शोभा भण्डारी, मन्जु प्रसाईँ, गोकर्ण ओझा, ओम पाठक, रविन्द्र लम्साल, सावित्रा बर्देवा, गोपाल चुडाल,तुलाराम बस्नेत, ख्यामनाथ मिश्र लगायतका जिल्ला तहका नेताहरुबाट क्रमशःकनकाईका सबै वडामा सहजीकरण भइरहेको बताइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.