Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सुरुङ्गा खानेपानीमा दलीय गठबन्धनलाई पछि पार्दै अध्यक्षमा स्वतन्त्रका अधिकारी निर्वाचित
    राजनीति

    सुरुङ्गा खानेपानीमा दलीय गठबन्धनलाई पछि पार्दै अध्यक्षमा स्वतन्त्रका अधिकारी निर्वाचित

    कनकाई खबरBy कनकाई खबर२०७९ चैत्र १९, आईतवार १०:५५ गते3 Mins Read


    कनकाई खबर \ सुरुङ्गा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अध्यक्षमा पुनः भीमप्रसाद अधिकारी निर्वाचित भएका छन् ।

    दोश्रो कार्यकालकालागि निर्वाचित अधिकारीले १ हजार २ सय ८९ मत प्राप्त गरी विजयी बनेका हुन् । उनका प्रतिस्पर्धी प्रेमप्रसाद चुडाल (प्रकाश)ले १ हजार १ सय ३७ मत प्राप्त गरेका छन् । दुवैजना विचको अन्तर १५२ मतको रहेको बताइएको छ ।


    नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा,जसपा लगायतको दलबाट संयुक्त प्यानल निर्माण गरी निर्वाचनमा होमिएका थिए । प्रमुख राजनीतिक दल नेपाली कांग्रेसको तर्फबाट अध्यक्षका उम्मेद्वारका रुपमा नेपाली कांग्रेसका पुर्व क्षेत्रीय सभापति तथा कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाका संचालक समितिका अध्यक्ष, सुरुङ्गा कनकाई साकोसका अध्यक्ष समेत रहेका चुडाललाई पछि पार्दै स्वतन्त्र तर्फका अधिकारी निर्वाचित भएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थनमा अध्यक्षको उम्मेद्वार बनेका अधिकारीले नेतृत्व गरेको साझा प्यानलमा अधिकांश स्वतन्त्र व्यक्तिहरु उम्मेद्वार रहेका थिए ।


    नवनिर्वाचित अधिकारीले साविक सुरुङ्गा गाविसको दुई पटक अध्यक्ष रही पारदर्शी, सुशासन र मितव्ययीताको उदाहरणका रुपमा कार्य सम्पादन गरिसकेका छन् । अधिकारीको जीतको मुख्य आधार उनको भ्रष्टाचारमुक्त छबि र एक कुशल योजनाकार व्यक्तित्वलाई मतदाताले विश्वास गरेका छन् । स्वच्छ खानेपानीको बढ्दो मागलाई ध्यानमा राखी नयाँ ट्याङ्की निर्माण गरेर कनकाई नदीको घिर्लिङ क्षेत्रमा सम्पवैल बनाई प्राकृतिक पानी नेचुरल वाटर घरघरमा वितरण गर्ने योजनालाई निर्वाचन मार्फत आम उपभोक्ताले अनुमोदन समेत गरेका छन् ।


    यसैगरी उपाध्यक्ष पदमा भने राजनीतिक दलका तर्फबाट उम्मेद्वार बनेका एमालेका राजेन्द्र उप्रेतीले १ हजार १ सय ६३ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी स्वतन्त्र तर्फका तिलचन्द्र उप्रेतीले १ हजार १ सय२२ मत प्राप्त गरेका छन् । दुवैजना उम्मेद्वारको अन्तर भने ४१ मतको रहेको बताइएको छ । सचिव पदमा समेत राजनीतिक दलका तर्फबाट उम्मेद्वार बनेका गोविन्दप्रसाद पौडेलले १ हजार २ सय ३ मत प्राप्त गरी विजय बनेका छन भने उनका प्रतिस्पर्धी कृष्णप्रसाद चुडालले १ हजार १ सय ५ मत ल्याएका छन् । सचिवका उम्मेद्वार विचको अन्तर ९८ मत रहेको बताइएको छ । कोषाध्यक्षमा समेत राजनीतिक दल तर्फका उम्मेद्वार खेम कार्कीले १ हजार २ सय १५ मत प्राप्त गरी विजयी बनेका छन् भने उनका प्रतिस्पर्धी धनवहादुर बोगटीले १ हजार ६२ मत प्राप्त गरे । कोषाध्यक्षका उम्मेद्वार विचको अन्तर १५३ को रहेको छ ।

    यसै गरी सदस्यमा राजनीतिक दलको गठबन्धनबाट उम्मेद्वार बनेका सम्पुर्ण सदस्यहरु निर्वाचित बनेका छन् । यसरी निर्वाचित हुने सदस्यहरुमा क्रमशः गोपाल खरेल (१२५३), लक्ष्मीप्रसाद ओडारी(१२२६) र भरतकुमार श्रेष्ठ(११८९) तथा महिला सदस्यहरुमा शोभा प्रसाईँ खरेल(१२९०) र हरिमाया राई (१११२ ) मत प्राप्त गरी निर्वाचित भएका छन् । उपविजेता बनेका सदस्यहरुमा राजकुमार फुयालले ९६८ मत, खगप्रसाद प्रसार्इँले ९२८ मत र माधवप्रसाद पोखरेलले ९७७ मत प्राप्त गरेका छन् भने उपविजेता बनेका महिला सदस्य तर्फ देवीमाया न्यौपानेले ९५० मत र गोमादेवी निरौलाले १०१५ मत प्राप्त गरेको निर्वाचन समितिका संयोजक जनार्दन उप्रेतीले जानकारी दिए ।


    सुरुङ्गा खानेपानीमा ४ हजार १ सय २८ मतदाता रहेकोमा २ हजार ६ सय १४ मत खसेको थियो । निर्वाचन सम्पन्न गर्न जनार्दन उप्रेती संयोजक, सोमनाथ उप्रेती र अम्बिकाचापागाईं ( सुवेदी) सदस्य रहेको ३ सदस्यीय निर्वाचन समितिको समन्वयमा शान्तीपुर्ण रुपमा निर्वाचन सम्पन्न भइ मतगणना समेत सम्पन्न भएको हो ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    उचित विकल्प विना सुकुम्बासीलाई हटाउनु राज्य आतंक: हर्क साम्पाङ

    २०८३ बैशाख ११, शुक्रबार १८:०१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.