Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » असिनासहितको हावापानीले कनकाईमा मात्रै १२ सय हेक्टरको अन्नबालीमा क्षति
    समाचार

    असिनासहितको हावापानीले कनकाईमा मात्रै १२ सय हेक्टरको अन्नबालीमा क्षति

    कनकाई खबरBy कनकाई खबर२०७९ चैत्र १९, आईतवार ०६:३५ गते2 Mins Read


    कनकाई खबर \ हावाहुरी, असिनासहितको बर्षाले झापाको कनकाई नगरपालिकामा मात्रै १२ सय हेक्टर क्षेत्रफलमा लगाइएको अन्नबालीमा क्षति पुुगेको केषि ज्ञान केन्द्र झापाले जनाएको छ ।

    झापाका विभिन्न क्षेत्रमा शुक्रबार र शनिबार गरी हावाहुरी सहितको ठुलो बर्षा भएको छ । जसअन्तर्गत शुक्रबार बेलुका भएको असिनासहितको बर्षाले जिल्लाको कनकाई, विर्तामोड, भद्रपुर, हल्दीबारी लगायतका पालिकामा लगाइएको अन्नबालीमा ठुलो क्षति भएको छ । ज्ञान केन्द्रका प्रमुख सागर विष्ठका अनुसार कनकाई नगरपालिका क्षेत्रमा मात्रै १२ सय हेक्टर क्षेत्रफलमा लगाइएको बालीमा क्षति भएको छ ।

    ‘सुरुङ्गा पूर्व, लक्ष्मीपुर पश्चिम र घैलाडुब्बा उत्तर गरी २४ सय हेक्टर क्षेत्रमा ठुलो असिना सहितको बर्षा भएको ज्ञान केन्द्रले तथ्यांक संकलन गरेको छ ।’ उहाँले भन्नुभयो ‘जसमा १२ सय हेक्टर क्षेत्रफलमा भने अन्न तथा तरकारी बाली लगाइएको थियो उक्त अन्नबालीमा क्षति पुगेको छ ।’

    हावाहुरीसहित आएको असिनापानीले कनकाई ७ मा ३ विगाह क्षेत्रफलमा लगाइएको भेडे खोर्सानी नष्ट भएको छ । साझेदारीमा भैरव कृषि तथा पशुपालन फर्म संचालन गर्दै आएका नरहरी शिवाकोटी, तुलसीप्रसाद शिवाकोटी र देवीप्रसाद प्रसाईँले १८ लाख रुपैंयाँ खर्च गरेर लगाएको भेडे खोर्सानी विक्रिकोलागी तयारी भइरहेको अवस्थामा एक्कासी आएको असिनापानीले ठूलो क्षती पुर्याएको फर्मका प्रोपाइटर नरहरी शिवाकोटीले जानकारी दिए । हाल बजार मन्दीको समयमा पनि होलसेल रेट प्रति केजी ९० रुपैंयाँमा विक्रि हुँदै आएको भेडे खोर्सानी सबै विक्रि भइसक्दा ७० लाख बढीमा विक्रि हुने शिवाकोटीले बताए । शिवाकोटीले ५ महिना अघि मात्र भेडे खोर्सानीका ३० हजार विरुवा लगाएको बताए ।

    क्षति पुगेको बालीमा अधिकांश मकै र तरकारी बाली रहेको छ । ‘हिजो दिनभरी कनकाईको क्षति संकलन गर्यौँ अन्य पालिकासगँ पनि समन्वय भइरहेको छ ’ ज्ञान केन्द्रका प्रमुख विष्ठका अनुसार ‘पालिकासगँ समन्वय गरेर अन्य पालिकालको पनि क्षतिको विवरण लिनेछौँ ।’ ज्ञान केन्द्रको तथ्यांक अनुसार झापामा करिब ४० हजार हेक्टर क्षेत्रफलमा मकै बाली लगाइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    उचित विकल्प विना सुकुम्बासीलाई हटाउनु राज्य आतंक: हर्क साम्पाङ

    २०८३ बैशाख ११, शुक्रबार १८:०१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.