Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » दुर्गापुर महायज्ञमा भक्तजनको घुइँचो, रु.१सय देखी सवा लाख सम्म दाताको सहयोग
    समाचार

    दुर्गापुर महायज्ञमा भक्तजनको घुइँचो, रु.१सय देखी सवा लाख सम्म दाताको सहयोग

    कनकाई खबरBy कनकाई खबर२०७९ चैत्र १५, बुधबार ०३:२२ गते5 Mins Read


    कनकाई खबर \ कनकाई १, दुर्गापुरस्थित श्री नवदुर्गा भगवती (मनसादेवी) मन्दिर परिसरमा संचालन भएको महापुराणमा भक्तजनको उपस्थिती अत्यन्तै उत्साहजनक रहेको छ ।

    भौतिक संरचना निर्माण साथै अक्षयकोष वृद्धि गर्ने पवित्र उद्देश्य लिएर संचालनमा रहेको श्रीमद देवीभागवत महापुराण नवाह ज्ञान महायज्ञमा दाताहरुको समेत उत्साहजनक उपस्थिती रहेको बताइएको छ । दिवाकालीन साथै रात्रीकालीन समयमा समेत भक्तजनको घुइँचो हुने गरेको महापुराण स्थलमा हरेक दिन बेग्ला बेग्लै क्षेत्रका अग्रज व्यक्तित्व साथै दानवीर दाताहरुलाई स्वागत सम्मान गर्न आयोजक समितिलाई भ्याइनभ्याइ भएको छ ।


    महायज्ञ संचालनको सातौं दिन सम्ममा १५ लाख बढी संकलन भइसकेको साथै तुलादान तर्फ धान र सामुदायिक भवन निर्माण तर्फको सहयोग समेत प्राप्त भइरहेको मुल आयोजक समितिका कोषाध्यक्ष रोहितकुमार भट्टराईले जानकारी दिए । महायज्ञको सफलताको कामना गर्दै नवदुर्गा भगवतीको मन्दिर स्थापनार्थ मन्दिरका संस्थापक एवं जग्गादाता परिवारका तर्फबाट कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले रु.१ लाख २५ हजार सहयोग गर्ने घोषणा गरे । बुवा स्व.गणेशप्रसाद पोखरेल, आमा स्व.रोमादेवी र आमा देवीमाया पोखरेलसहितका परिवार राजेन्द्रकुमार र हेलेनवस्ती पोखरेल, निर्माण र सलिना पोखरेल, दिनेश र अनुजा पोखरेल, फाल्गुणी पोखरेलसहित परिवारका सदस्यहरु सुधा, अप्सरा, दुर्गा, भगवती, अन्जु, रन्जुसहितको परिवारका तर्फबाट रकम सहयोग गरेको बताइएको छ ।

    त्यस्तै मन्दिरका संस्थापक एवं जग्गादाता परिवारकै तर्फबाट स्व.कुमुदिनी पोखरेल, टिकाकुमारी पोखरेलका छोराबुहारी सामुदायिक भवन निर्माण समितिका संयोजक समेत रहेका उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका सदस्य समाजसेवी कुमारमणि पोखरेल एवं मुल आयोजक समिति संयोजक सरला दहाल पोखरेल, भरतमणी र दुर्गा पोखरेल, देवमणि र दिपा पोखरेल, डा.शिशिर र प्रतिक्षा पोखरेल समेत परिवारका तर्फबाट रु.१ लाख ३ सय ३३ रुपैंया सहयोग प्राप्त भएको छ ।


    सहयोगकै क्रममा मन्दिरका संस्थापक एवं जग्गादाता परिवारकै तर्फबाट स्व.दीपेन्द्रप्रसाद पोखरेल र सावित्रादेवी पोखरेलका छोराबुहारी शम्भुप्रसाद र सुशिला पोखरेल, छोरीहरु लक्ष्मी दहाल, तारा वाग्ले, स्व.विमला ढकाल, निर्मला नेपाल, दुर्गा न्यौपाने, निर्जा कट्टेल साथै नातिनी एवं ज्वाइँ डा.गिरिश शर्मा र स्मृति पोखरेलसहितका परिवारका तर्फबाट ६५ हजार १ सय १६ सहयोग रकम प्राप्त भएको बताइएको छ ।


    श्री नवदुर्गा भगवती (मनसादेवी) मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद निरौलाको परिवारबाट ५१ हजार ५ रुपैंया सहयोग रकम प्राप्त भएको छ । निरौलाकी श्रीमति प्रतिभा दहाल निरौला, हाल अमेरीकामा रहेका छोराबुहारी राजेश र रोजीना, हाल अष्ट्रेलिया रहेकी नातिनी आर्विका निरौलासहितको परिवारबाट सहयोग रकम प्राप्त भएको बताइएको छ ।


    नवदुर्गा मन्दिरका संस्थापक परिवार सकुन्तला खत्रीसहित छोराहरु दिपक, अर्जुन र भरत खत्रीको तर्फबाट रु.५१ हजार १ सय सहयोग रकम प्राप्त भएको बताइएको छ । त्यस्तै जग्गादाता परिवार स्व.पुष्पराज र राधादेवी पोखरेलका छोराबुहारीसहितको परिवारका तर्फबाट रु.४७ हजार ३१६ सहयोग रकम प्राप्त भएको मूल आयोजक समितिका महासचिव समेत रहेका मन्दिर व्यवस्थापन समितिका सचिव गोपाल पोखरेलले जानकारी दिए ।
    त्यस्तै जग्गादाता परिवारकै तर्फबाट मोहनराज पोखरेल र श्रीमति नर्वदा पोखरेलका तर्फबाट ३० हजार ५रुपैंया सहयोग रकम प्राप्त भएको छ भने श्रीमति नर्वदा पोखरेलले तुलादानका रुपमा आफ्नो तौल बराबरको धान दान गरेकी छन् । पोखरेलले सामुदायिक भवन निर्माणकालागि २ लाख १०१ रुपैंया समेत कबोल गरेको मूल आयोजक समितिका आर्थिक संयोजक मनोज पोखरेलले जानकारी दिए । सहयोगकै क्रममा स्थानीय समाजसेवी धनराज र राधा खड्काको परिवारबाट रु.३१ हजार ५५ सहयोग रकम प्राप्त भएको बताइएको छ ।

    आर्थिक संयोजक पोखरेलका अनुसार कनकाई –७ दुर्गापुर निवासी नरवहादुर गुरुङ र छोरा डिबी गुरुङबाट २६ हजार ५०० सहयोग रकम प्राप्त भएको छ । त्यस्तै समाजसेवी शेरबहादुर थापाबाट रु.२५ हजार १६० सहयोग रकम प्राप्त भएको छ । सहयोगकै क्रममा कनकाई –१निवासी हरिशरण भट्टराईका छोरा हाल अमेरीकामा रहेका बिनय भट्टराईबाट रु.२५ हजार सहयोग रकम प्राप्त भएको छ । त्यस्तै जग्गादाता परिवारकै तर्फबाट स्व.हेडम्बराज र स्व.रेणुकादेवी पोखरेलका छोराबुहारी, छोरीसहितको परिवारका तर्फबाट १५ हजार १ सय सहयोग रकम प्राप्त भएको बताइएको छ ।


    त्यस्तै दुर्गापुर बजारका पुराना व्यवसायी अधिनलाल राजवंशी (गिरिजा)को परिवारबाट १६ हजार १ सय १२ सहयोग रकम प्राप्त भएको छ । त्यस्तै स्थानीय पुराना व्यवसायी धनवहादुर गिरीबाट रु.१५ हजार ५ सय ५५ नगद सहित ३५ काटन पिउने पानी सहयोग प्राप्त भएको बताइएको छ ।


    चैत ८ गतेदेखि सुरु भइ १६ गते समापन हुने महायज्ञको एक विशेष समारोहका विच कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौला र कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले संयुक्त रुपमा पानसमा दिपप्रज्वलन गरी महायज्ञको समुद्घाटन गरेका हुन् । अनुष्ठानमा पण्डित नारायण सरण काफ्ले प्रमुखवाचक र उपवाचकमा पण्डित सुवास ढकाल रहेका छन् । महायज्ञ अवधीमा दैनिकबिहान १०ः३० देखि दिउँसो ३ः३० सम्म संगीतमय कथाप्रवचन, आरती, पुष्पाञ्जली, साँझ७ बजे देखि ९ः३० बजे सम्म सन्ध्या आरती, भजनकीर्तन, महात्म्य, प्रवचन, ज्ञानमञ्च, झाँकी प्रर्दशन लगायत विविध कार्यक्रम संचालन भइरहेको मुल आयोजक समिति संयोजक सरला दहाल पोखरेलले जानकारी दिएकी छन् ।


    सुरुङ्गा जेसीजको सफल नेतृत्व प्रदान गर्दै रोटरी क्लव अफ सुरुङ्गा साथै अन्य विभिन्न सामाजिक एवं धार्मिक संघसंस्थामा समेत क्रियाशिल रहँदै आएकी सफल महिला नेतृ सरला दहाल पोखरेलको संयोजकत्वमा रहेको मुल आयोजक समिति महायज्ञलाई सफल बनाउँन सक्रिय रहेको छ । जसको सह–संयोजकमा शम्भुप्रसाद पोखरेल, महासचिव गोपालकुमार पोखरल, सचिवमा रामप्रसाद निरौला, लक्ष्मी अधिकारी, इन्द्रहरी भट्टराई, मोहनप्रसाद खतिवडा र कोषाध्यक्षमा रोहितकुमार भट्टराई रहेका छन् ।


    त्यसैगरी सदस्यहरूमा डिल्ली रिजाल, शाकुन्तला खत्री, भुवन खतिवडा, गंगा निरौला, राधिका भट्टराई, नवीन बस्नेत, त्रिलोचन पोखरेल, पवित्रा निरौला, कृष्ण ओलीकार्की, नेत्र लामिछाने, राजु अधिकारी, राजन कार्की, राजेन्द्र सिटौला, नवीन घिमिरे, कुमार खरेल, मीलन दहाल, सरीता कोइराला, इन्दिरा डाँगी रहेका छन् ।


    महायज्ञलाई भव्य र व्यवस्थित बनाउन विभिन्न १५ वटा उपसमितिहरू पनि निर्माण गरिएको थियो ।उपसमितिका संयोजकहरूमा आर्थिक तर्फ मनोज पोखरेल, स्वागत सत्कारमा संयोजक विदुरकुमार पोखरेल, प्रसाद वितरणमा संयोजक लीला ढकाल र सदस्यमा राधिका भट्टराई, पण्डितसहितको भान्सा व्यवस्थापनको संयोजकमा कुशल न्यौपाने, मण्डव–भेटी व्यवस्थापनमा संयोजक त्रिलोचन पोखरेल, स्वयं सेवक परिचालनमा संयोजक डिल्ली रिजाल, कलश यात्रा व्यवस्थापन संयोजकमा पवित्रा अधिकारी, प्रचारप्रसारमा संयोजक धनराज खड्का, पूजाअर्चना तर्फ संयोजकमा सीता अधिकारी, पण्डाल तथा आवास व्यवस्थापनमा संयोजक छविलाल कोइराला, उद्घाटन समारोहमा फुलमाला व्यवस्थापन संयोजक यादवप्रसाद दाहाल, सम्मानपत्र व्यवस्थापनमा संयोजक देवमणि पोखरेल, यातायात व्यवस्थापनमा संयोजक भुवन खतिवडा लगायतलाई जिम्मेवारी दिएको श्री नवदुर्गा भगवती (मनसादेवी) मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद निरौलाले जानकारी दिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    उचित विकल्प विना सुकुम्बासीलाई हटाउनु राज्य आतंक: हर्क साम्पाङ

    २०८३ बैशाख ११, शुक्रबार १८:०१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.