Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » नवयुग शिक्षा निकेतनका विद्यार्थीलाई एसइइमा सफलताको कामनासहित विदाई
    शिक्षा

    नवयुग शिक्षा निकेतनका विद्यार्थीलाई एसइइमा सफलताको कामनासहित विदाई

    कनकाई खबरBy कनकाई खबर२०७९ चैत्र ९, बिहीबार १९:२२ गते2 Mins Read


    कनकाई खबर \ कनकाई –१ स्थित नवयुग शिक्षा निकेतनले कक्षा १० पास गरेर एसइइको परिक्षाकालागी तयारीमा रहेका विद्यार्थीहरुलाई शैक्षिक सफलताको शुभकामनासहित एक कार्यक्रमका विच विदाई गरेको छ ।

    विद्यालय व्यवस्थापन समिति अध्यक्ष हेलेन वस्ती पोखरेलको सभापतित्व एवं कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्य रहेको विदाई कार्यक्रममा विद्यालयका प्रिन्सिपल, शिक्षक, कर्मचारीसहितको उपस्थितीमा विद्यार्थीहरुले केक काटेर एकआपसमा खुशी साटासाट गरेका थिए ।


    विद्यालयका तर्फबाट मायाको चिनोसहित फुलमाला र खादाले विद्यार्थीहरुलाई सम्मानजनक विदाई गरिएको विद्यालयका सहायक प्रिन्सीपल खड्ग कार्की(राजनले ) जानकारी दिए । उच्च शिक्षा अध्ययनका क्रममा हरेक विद्यार्थीले सिकेको ज्ञान, सिप र क्षमता आफ्नै गाउँघरमा सदुपयोग गर्न सहायक प्रिन्सिपल कार्कीले विद्यार्थीहरुलाई सुझाव दिए ।


    विद्यालयको कक्षा १० सम्मको अध्ययन पूरा गरी विदाई भएर जान लागेका विद्यार्थीहरुलाई सत्मार्गको बाटोमा लाग्ने प्रेरणा जगाउँदै शिक्षक इन्द्र सिटौला र श्रीप्रसाद ओलीले बधाई शुभकामना ज्ञापन गरे । कार्यक्रममा विद्यार्थीहरुले आफ्नो अनुभव समेटिएको कविता वाचनसहित आ–आफ्नो विचार प्रस्तुत गरेका थिए । प्रविधिमैत्री शिक्षणसिकाई क्रियाकलापमा अघि बढ्दै आएको नवयुग शिक्षा निकेतनबाट यस पटक २१ जना विद्यार्थीहरु एसइइकोलागी तयारी अवस्थामा रहेको बताइएको छ । केही वर्षभित्रैमा कक्षा १२ सम्मको पठनपाठन गराउँने लक्ष्य लिएको यस विद्यालयबाट हाल सम्ममा ४ सय १५ जना विद्यार्थीहरुले विद्यालयस्तरको अध्ययन पूरा गरेर विदाइ भइसकेको विद्यालयका शिक्षक मनोज थापाले जानकरी दिए ।


    विदाई कार्यक्रमका प्रमुख अतिथी नगर प्रमुख पोखरेलले उच्च शिक्षाको सफलताकालागि विद्यार्थीहरुलाई अग्रिम बधाई शुभकामना व्यक्त गरे । उच्च शिक्षा अध्ययनका क्रममा आँफूले इच्छाएको विषयलाई प्राथमिक्तामा राखेर अघि बढ्न सकेमा सफलता प्राप्त गर्न सकिने कुराको जानकरी दिँदै नगर प्रमुख पोखरेलले अरु कसैको करकापमा परेर गरेको कामबाट सफलता हात नपर्ने प्रष्ट पारे । आँफूमा भएको ज्ञान, सिप र क्षमताको प्रयोग गरेर सुनौलो भविष्य निर्माण गर्न सम्पूर्ण विद्यार्थीहरुलाई स्थानीय सरकार प्रमुख पोखरेलले सुझाव दिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    जन्मभूमिलाई प्रवासी झापालीको ठूलो सहयोग : अन्तर्राष्ट्रिय झापाली समाजद्वारा कनकाईलाई ३० लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

    २०८३ भाद्र २९, सोमबार २१:२१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.