Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » माइधार–दोमुखा सडक खण्डमा निर्माण कम्पनीको लापरवाही
    समाचार

    माइधार–दोमुखा सडक खण्डमा निर्माण कम्पनीको लापरवाही

    कनकाई खबरBy कनकाई खबर२०७९ चैत्र ८, बुधबार २३:१५ गते2 Mins Read

    गुणस्तरीय सडक निर्माण गर्ने कार्यमा नगरपालिका प्रतिवद्ध छ ःनगर प्रमुख थोप्रा


    कनकाई खबर \ झापाको पर्यटकीय क्षेत्र माइधार –दोमुखा सडक खण्ड निर्माणका क्रममा कमसल सामाग्री प्रयोग गरेर निर्माण कम्पनीले लापरवाही गरेको छ ।


    सडक निर्माणको प्रारम्भिक चरणमै कमसल सामाग्री प्रयोग भएको भन्दै स्थानीयवासीबाट चर्को विरोध आएपछि शिवसताक्षी नगरपालिकाले गरेको अनुगमनका क्रममा निर्माण कम्पनीको कमजोरी प्रमाणित भएको हो । निर्माण कम्पनीले सडक क्षेत्रको ह्युमपाइप मर्मत गर्ने कार्य करिव सम्पन्न गरिसकेको अवस्थामा स्थानीयवासीसहित नगरपालिकाका ईन्जीनियर, प्राविधिक र नगर प्रमुख मेगाहाङ्ग थोप्राले सडकको अनुगमन गरी निर्माण भएको सडक खण्डमा डोजर प्रयोग गरेर भत्काएका छन् । शिवसताक्षी नगरपालिका वडा नं. १० मा पर्ने दोमुखा सडक खण्डको ह्युमपाइप मर्मत कार्यमा निर्माण कम्पनीले ह्युमपाइप हेडवालमा कमसल सामाग्री प्रयोग गरेका कारण प्रारम्भीक चरणमै सडक खण्डमा डोजर चलेको हो ।


    शिवसताक्षी नगरपालिकाका प्रमुख थोप्राले निर्माण कम्पनीबाट निर्माण सामाग्री कमसल प्रयोग भएको जनगुनासो आएसँगै अनुगमनका क्रममा पर्खाल भत्काएर पुनः निर्माण गर्न निर्माण कम्पनीलाई निर्देशन दिए । लामो समय पछि निर्माण हुन थालेको माइधार –दोमुखा सडक खण्ड नगरपालिकाको गौरवसँग जोडिएको नगरप्रमुख थोप्राले जानकारी दिए । उनले भने, गुणस्तरीय सडक निर्माण गर्ने कार्यमा नगरपालिका प्रतिवद्ध छ । सडक तोकिएको मापदण्ड अनुसार नै बन्ने छ । नगरकापालिकाको तर्फबाट वडा कार्यालय, स्थानीय उपभोक्ता समेतलाई सडक निर्माण गर्दा अनुगमन गरिदिन आग्रह गरेको नगरप्रमुख थोप्राले जानकारी दिए ।

    सडकको सरदारे दोमुखा क्षेत्रमा कल्भर्ड र ह्युमपाइप राख्ने काम भइरहेको निर्माण कम्पनीले जनाएको छ । कल्भर्ड निर्माण गर्दा केही सामाग्री कमसल भन्ने कुरा आएपछि नगरप्रमुखको रोहबरमा सामाग्री हटाई पुनः निर्माण गर्न सुरु गरिसकेको सतासी निर्माण कम्पनीका संचालक लोकेन्द्र श्रेष्ठले जानकारी दिए । उनले शिवसताक्षी नगरपालिका र स्थानीय उपभोक्ता, वडा कार्यालयलाई बेला–बेलामा अनुगमन गरेर कमी कमजोरी औंल्याइदिन समेत आग्रह गरेका छन् । मजुदरले काम गर्दै जाँदा कहीं कतै कमजोरी हुन सक्छ भन्ने कुरा स्विकार्दै निर्माण कम्पनीका संचालक श्रेष्ठले सच्याएर गुणस्तरीय सडक निर्माण गर्ने कुराको प्रतिवद्धता जनाए ।


    कालो पत्रेकालागि ४ करोड २४ लाख ८३ हजार २४५ रकम विनियोजन गरिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । जसमा शिवसताक्षी नगरपालिकाको २ करोड २४ लाख ८३ हजार २४५ रुपैयाँ र संघीय समपुरक कोषको २ करोड रकम रहेको छ । सडक ढलरहित ७ मिटर चौडाइ कालोपत्रे हुनेछ । जसमा तीनवटा बक्स कलभर्ट र दुई वटा ह्युमपाइप सडकमा लाग्ने स्टमेन्टमा उल्लेख छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    उचित विकल्प विना सुकुम्बासीलाई हटाउनु राज्य आतंक: हर्क साम्पाङ

    २०८३ बैशाख ११, शुक्रबार १८:०१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.