Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » धार्मिक पर्यटनको सम्भावना बोकेको कनकाईको दुर्गापुर र जामुनखाडीमा एकैसाथ महायज्ञ
    समाचार

    धार्मिक पर्यटनको सम्भावना बोकेको कनकाईको दुर्गापुर र जामुनखाडीमा एकैसाथ महायज्ञ

    कनकाई खबरBy कनकाई खबर२०७९ चैत्र ८, बुधबार १८:३७ गते3 Mins Read


    कनकाई खबर \ झापाको कनकाईमा एकैसाथ दुई वटा महायज्ञ संचालनमा आएका छन् । धार्मिक पर्यटनको सम्भावना बोकेको कनकाईको दुर्गापुर र जामुनखाडीमा एकैसाथ महायज्ञ संचालनमा आएका हुन् ।
    कनकाई–१,स्थित दुर्गापुरमा साथै पुर्वकै प्रसिद्ध पर्यटकीय क्षेत्र जामुनखाडीमा समेत एकै साथ श्रीमद देवीभागवत महापुराण नवाह ज्ञान महायज्ञ सुरु भएको हो ।

    दुर्गापुरस्थित श्री नवदुर्गा भगवती (मनसादेवी) मन्दिर परिसरमा एक विशेष समारोहका विच कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाले महायज्ञको समुद्घाटन गरे । कलश यात्रासहित संचालन भएको महायज्ञ मुल आयोजक समिति संयोजक सरला दहाल पोखरेलको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथी कोशी प्रदेशका मन्त्री सिटौला, विशिष्ट अतिथी कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलसहितले पानसमा दिप प्रज्वलन गरी महायज्ञको समुद्घाटन गरेका थिए ।


    महायज्ञको समुद्घाटनसँगै प्रमुख अतिथी मन्त्री सिटौला एवं विशिष्ट अतिथी नगर प्रमुख पोखरेलले पवित्र उद्येश्य राखेर संचालन भएका जुनसुकै कार्यबाट सफलता प्राप्त हुनेमा आफूहरु विश्वस्त रहेको बताए । स्थानीय क्षेत्रका अग्रजहरुबाट बिजारोपण भएको पवित्र भुमि आँफैमा ऐतिहासिक भएको भन्दै महायज्ञ संचालनको उद्येश्य प्राप्तीमा सधैं सकारात्मक सहयोग हुने भन्दै मन्त्री सिटौला साथै स्थानीय सरकार प्रमुख पोखरेलले महायज्ञ पुर्ण सफलताको कामना गरे । नर्वदेश्वर शिवालय मन्दिर व्यवस्थापन समिति अध्यक्ष सुलोचना ओलीले समेत शुभकामना मन्तव्य राखेको उद्घाटन समारोहमा मूल आयोजक समितिका सह–संयोजक शम्भुप्रसाद पोखरेलले शाव्दीक स्वागत गरेका थिए । पं.सुवास ढकाल र पं.वुद्धिसागर खनालबाट स्वस्ती वाचन भएको कार्यक्रममा भीमा कोइराला र पवित्रा अधिकारीले इशा प्रार्थना गरेका थिए भने औपचारिक कार्यक्रमको संचालन आयोजक समितिका सचिव रामप्रसाद निरौलाले गरेका थिए ।


    चैत्र १६ गते समापन हुने महायज्ञ सामुदायिक भवन निर्माण र अक्षयकोष वृद्धि गर्ने उद्देश्यका साथ संचालन गरिएको नवदुर्गा भगवती (मनसादेवी) मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद निरौलाले जानकरी दिए । महायज्ञ संचालनको उद्येश्यमाथि प्रकाश पार्दै अध्यक्ष निरौलाले ८८ लाखको लागतमा सामुदायिक भवन बनाउने योजना अघि सारेको बताए ।


    यता पुर्वकै प्रसिद्ध पर्यटकीय क्षेत्र कनकाई –२÷१ स्थित जामुनखाडी सिमसार क्षेत्रमा समेत श्रीमद देवीभागवत नवाह ज्ञान महायज्ञ संचालन भएको छ । श्री पञ्चकन्या पाथिभरा देवी मन्दिरको वार्षिकउत्सव समेतको अवसर पारेर एक विशेष समारोहका विच आज चैत्र ८ गते सुरु भइ १६ गते समापन हुने महायज्ञ धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्येश्यका साथ संचालन भएको मूल आयोजक समितिका संयोजक वुद्धिमान बोहोराले बताए । एक वर्ष अघि मात्र दमक निवासी राजेन्द्रकुमार विष्टले जामुनबारी सामुदायिक वन क्षेत्रको १० कठ्ठा जमिनमा पाथिभरा देवीको मन्दिर स्थापना गरेर महायज्ञ लगाएका थिए । त्यसकै निरन्तरता स्वरुप यस वर्ष पनि वार्षिक उत्सवको अवसर पारेर महायज्ञ आयोजना गरिएको बताइएको छ ।

    दाता परिवार राजेन्द्रकुमार विष्ट र युवकला विष्टले निर्माण गराएको पाथिभरा देवीको मन्दिर रहेको महायज्ञ परिसरबाट आज विहान ८ः३० बजेको समयमा कलश यात्रा सुरु भइ १०ः३० बजे एक विशेष समारोहका विच महायज्ञ समुद्घाटन भएको आयोजक समितिका संचार सयोजक मन नेम्वाङले जानकारी दिए । झापामै पहिलो पटक सामुदायिक वनले सञ्चालनमा ल्याएको महायज्ञ जामुनवारी सामुदायिक वन संरक्षक रहेर श्री पञ्चकन्या पाथिभरा देवी मन्दिर समितिले आयोजना सुरु गरेको पुराण मुल आयोजक समितिका संयोजक बोहोराले जानकारी दिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    उचित विकल्प विना सुकुम्बासीलाई हटाउनु राज्य आतंक: हर्क साम्पाङ

    २०८३ बैशाख ११, शुक्रबार १८:०१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.