Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » स्वर्णलक्ष्मीको १४ औं स्थापना दिवसः विपन्न विद्यार्थीलाई स्कुल व्याग, सदस्य सम्मान, निशुल्क आँखा शिविर सञ्चालन
    समाचार

    स्वर्णलक्ष्मीको १४ औं स्थापना दिवसः विपन्न विद्यार्थीलाई स्कुल व्याग, सदस्य सम्मान, निशुल्क आँखा शिविर सञ्चालन

    कनकाई खबरBy कनकाई खबर२०७९ चैत्र ७, मंगलवार २३:२१ गते2 Mins Read


    कनकाई खबर \ स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले शिवसताक्षी न.पा. ८ स्थित श्री झिलझिले माध्यमिक विद्यालयका गरिब तथा जेहन्दार विद्यार्थीहरुलाई स्कुल व्याग वितरण गरेको छ ।

    स्वर्णलक्ष्मी सकोस सेवा केन्द्र झिलझिलेले १४ औं स्थापना दिवसको अवसरमा झिलझिले माध्यमिक विद्यालयका कक्षा १ देखि ५ सम्मका २५ जना विद्यार्थीलाई स्कुल व्याग वितरण गरिएको हो । सहकारीले मंगलबार सदस्यहरुलाई सहकारी शिक्षा समेत गराएको छ । सहकारीको व्यवस्थापक कमल कुमार घिमिरेले सहकारीले हालसम्म गरेको वित्तीय कारोबारका विषयमा प्रष्ट पारेका थिए । उनले स्वर्ण लक्ष्मी साकोसले वित्तीय कारोबारमा चुस्त र दुरुस्त रुपमा सदस्यको भावनालाई कदर गर्दै कारोबार गरेकाले बजारमा चलेको हल्लाको पछाडी नलाग्न समेत सुझाए । उनले सहकारी संस्था प्रति सदस्यको गुनासाहरु भए सुनाउन समेत आग्रह गरे ।


    सदस्य शिक्षामा सहकारीको हालसम्म ११ करोड ४३ लाख ६८ हजार १०० शेयर पुँजी रहेको जानकारी गराइएको थियो । स्वर्ण लक्ष्मीमा ६२ करोड ८६ लाख १५ हजार ३११ बचत निक्षेप रहेको छ भने, ९८ करोड १३ लाख १० हजार ८३९ ऋण लगानी भएको जानकारी गराइएको थियो । कार्यक्रममा झिलझिले सेवा केन्द्रका सक्रिय रुपमा कारोबार गर्ने चार जना सदस्यहरु क्रमशः लक्ष्मी सम्वाहाम्फे, बलराम थपलिया, सूर्यकुमारी राजवंशी र श्याम कुमारी सुब्बालाई सम्मान तथा मायाको चिनो प्रदान गरिएको थियो ।

    यसै अवसरमा संस्थाले सेवा केन्द्र झिलझिले मै निशुल्क आँखा शिविर सञ्चालन गरेको छ । आँखा शिविरमा विर्ताज्योति आँखा अस्पताल दमकका डा. मोती बरालको टोलीले सहजीकरण गरेको स्वर्ण लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले जनाएको छ । कार्यक्रममा बोल्दै शिवसताक्षी उद्योग वाणिज्य संघका अध्यक्ष यामनाथ काफ्लेले हिजो सहकारीले हामी प्रति गरेको योगदान नभुल्न आग्रह गरे । उनले कतिपय सहकारीहरुले जनतालाई धोका दिएका छन् । तर त्यसो हो भन्दैमा सबै सहकारीलाई एकै नजरले हेर्न नहुने बताए ।

    त्यस्तै शिवसताक्षी नरपालिकाका वडा नं. ८ का अध्यक्ष सन्त फेउदिनले वित्तीय कारोबार चुस्त र दुरुस्त बनाउन सदस्यहरु पनि सक्रिय हुनु पर्ने धारणा राखे । सहकारीमा सहदस्यहरुको पनि उत्तिकै जिम्मेवार हुन्छन् । उनले भने, सहकारी र सदस्य परिपुरक भएर कारोबार गर्ने हो भने, सहकारीले मानिसको घरबार बेहाल पार्ने होइन , मानिसको घरबार जोड्ने हैसियत बनाउने बताए । झापाको दमकमा केन्द्रिय कार्यालय भएको स्वर्ण लक्ष्मी साकोसको हाल झिलझिले, सुरुङ्गा, गौरादह र उर्लाबारीमा सेवा केन्द्रहरु सञ्चालनमा रहेका छन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    उचित विकल्प विना सुकुम्बासीलाई हटाउनु राज्य आतंक: हर्क साम्पाङ

    २०८३ बैशाख ११, शुक्रबार १८:०१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.