Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » जामुनखाडी सिमसार क्षेत्रमा धार्मिक पर्यटन प्रवर्द्धनकालागि महायज्ञ
    समाचार

    जामुनखाडी सिमसार क्षेत्रमा धार्मिक पर्यटन प्रवर्द्धनकालागि महायज्ञ

    कनकाई खबरBy कनकाई खबर२०७९ चैत्र ७, मंगलवार ०१:१० गते2 Mins Read


    कनकाई खबर \ पुर्वको प्रसिद्ध पर्यटकीय क्षेत्र कनकाई –२ \ १ स्थित जामुनखाडी सिमसार क्षेत्रमा श्रीमद देवीभागवत नवाह ज्ञान महायज्ञ संचालन हुने भएको छ ।

    श्री पञ्चकन्या पाथिभरा देवी मन्दिरको वार्षिकउत्सव समेतको अवसर पारेर यहि चैत्र ८ गते सुरु भइ १६ गते समापन हुने महायज्ञ धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्येश्यका साथ संचालन गर्न लागिएको जामुनबारी सामुदायिक वन समुहका अध्यक्ष ख्यामराज सिटौलाले जानकारी दिए । एक वर्ष अघि मात्र दमक निवासी राजेन्द्र र युवकला विष्ट दम्पतीले आफ्ना जन्मदाता एवं कर्मदाता बुवाआमा स्व.दिलवहादुर र कमला विष्टको अर्धकदको शालिक स्थापना गरी बुवाआमाकै स्मृतिमा पाथिभरा देवीको मन्दिर स्थापना गरेको बताइएको छ । विष्ट दम्पतीले जामुनबारी सामुदायिक वन क्षेत्रको १० कठ्ठा जमिनमा पाथिभरा देवीको मन्दिर स्थापना गरेर महायज्ञ लगाएका थिए । त्यसकै निरन्तरता स्वरुप यस वर्ष पनि वार्षिक उत्सवको अवसर पारेर महायज्ञ आयोजना गरिएको वन समुहका अध्यक्ष सिटौलाले बताए । वन समुहले विभिन्न विधामा वन क्षेत्रको विस्तार एवं विकास गर्ने योजना बनाएको अध्यक्ष सिटौला बताउँछन् ।

    महायज्ञ सम्पन्न गर्न वन समुहका पुर्व कोषाध्यक्ष बुद्धिमान बोहोराको संयोजकत्वमा जामुनबारी सामुदायिक वनका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुसहित १५१ सदस्यीय मूल आयोजक समिति गठन भएको बताइएको छ । त्यस्तै स्थानीय समाजसेवी खड्ग गिरीको संयोजकत्वमा आर्थिक उपसमिति, अर्जुन राईको संयोजकत्वमा पुराण व्यवस्थापन उपसमिति, मन नेम्माङको संयोजकत्वमा प्रचारप्रसार उपसमिति गठन गरिएको छ ।


    पं.कमलकान्त आचार्य मुख्य कथाबाचक र पं.गोकुल कोइराला उपबाचक रहने महायज्ञ संगीतमय रहने बताइएको छ । महायज्ञमा ९ लाख खर्च हुने साथै २२ लाख रुपैंयाँ संकलन हुने अनुमान गरिएको छ । महायज्ञबाट प्राप्त आम्दानी वन क्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा खर्च गरिने आयोजक समितिका संयोजक बोहोराले जानकारी दिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    उचित विकल्प विना सुकुम्बासीलाई हटाउनु राज्य आतंक: हर्क साम्पाङ

    २०८३ बैशाख ११, शुक्रबार १८:०१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.