Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » दुर्गापुरमा हुने महापुराणको तयारी तिब्र, विभिन्न १५ वटा उपसमिति सक्रिय
    Uncategorized

    दुर्गापुरमा हुने महापुराणको तयारी तिब्र, विभिन्न १५ वटा उपसमिति सक्रिय

    कनकाई खबरBy कनकाई खबर२०७९ चैत्र ५, आईतवार १८:१२ गते4 Mins Read


    कनकाई खबर \ झापाको कनकाई–१, स्थित दुर्गापुर बजारको इतिहाससँग जोडिएको श्री नवदुर्गा भगवती (मनसादेवी) मन्दिर परिसरमा संचालन हुने महापुराणको तयारीलाई तिव्रताका साथ अघि बढाइएको छ ।

    मन्दिर व्यवस्थापन समितिले स्थानीय सक्रिय महिला नेतृ सरला दहाल पोखरेलको संयोजकत्वमा निर्माण गरेको २७ सदस्यीय मूल आयोजक समितिले यहि चैत ८ देखि १६ गते सम्म महायज्ञ संचालन गर्न लागेको मन्दिर परिसरमा पत्रकार भेटघाट मार्फत जानकारी दिइएको छ । सामुदायिक भवन निर्माण र अक्षयकोष वृद्धि गर्ने उद्देश्यले नौ दिवसीय श्रीमददेवीभागवत महापुराण नवाह ज्ञान महायज्ञ संचालन हुने भएको हो ।


    आयोजक समितिले ८८ लाखको लागतमा सामुदायिक भवन बनाउने योजना अघि सारेको छ । सतसङ गर्ने हलसहितको सामुदायिक भवन निर्माणकालागि स्थानीय वुद्धिजीवी एवं एक सफल समाजसेवी व्यक्तित्व कुमारमणि पोखरेलको संयोजकत्वमा भवन निर्माण समिति समेत गठन भइसकेको बताइएको छ ।


    त्यसैगरी केही वर्ष अघि नै स्थापना गरेको अक्षयकोषमा हाल ६ लाख ५५ हजार रहेको बताइएको छ भने यसै अनुष्ठानमा दाताहरूले दिएको दान भेटीबाट उक्त कोषलाई बढाएर १२ लाख पुर्याउने लक्ष्य राखिएको महायज्ञ आयोजक समिति संयोजक पोखरेले जनाएकी छन । रोटरी क्लव अफ सुरुङ्गाको सचिवको जिम्मेवारीमा रहेकी पोखरेलले सुरुङ्गा जेसीजको समेत सफल नेतृत्व प्रदान गरिसकेकी छन् । अन्य विभिन्न सामाजिक साथै धार्मिक संघसंस्थामा समेत सक्रिय रहँदै आएकी पोखरेलको नेतृत्वमा सम्पन्न हुने महायज्ञ यस क्षेत्रकै नमुना बन्न सक्ने अपेक्षा गरिएको छ ।


    मुल आयोजक समतिमा संयोजक पोखरेलसँगै सहसंयोजकमा शम्भुप्रसाद पोखरेल, महासचिव गोपालकुमार पोखरल, सचिवमा रामप्रसाद निरौला, लक्ष्मी अधिकारी, इन्द्रहरी भट्टराई, मोहनप्रसाद खतिवडा र कोषाध्यक्षमा रोहितकुमार भट्टराईलाई चयन गरिएको छ ।


    त्यसैगरी सदस्यहरूमा डिल्ली रिजाल, शाकुन्तला खत्री, भुवन खतिवडा, गंगा निरौला, राधिका भट्टराई, नवीन बस्नेत, त्रिलोचन पोखरेल, पवित्रा निरौला, कृष्ण ओली कार्की, नेत्र लामिछाने, राजु अधिकारी, राजन कार्की, राजेन्द्र सिटौला, नवीन घिमिरे, कुमार खरेल, मीलन दहाल, सरीता कोइराला, इन्दिरा डाँगी रहेका छन् ।


    महायज्ञलाई भव्य र व्यवस्थित बनाउन विभिन्न १५ वटा उपसमितिहरू पनि निर्माण गरिएको छ । उपसमिति संयोजकहरूमा आर्थिक तर्फ मनोज पोखरेल, स्वागत सत्कारमा संयोजक विदुरकुमार पोखरेल, प्रसाद वितरणमा संयोजक लीला ढकाल र सदस्यमा राधिका भट्टराई, पण्डितसहितको भान्सा व्यवस्थापनको संयोजकमा कुशल न्यौपाने, मण्डव–भेटी व्यवस्थापनमा संयोजक त्रिलोचन पोखरेल, स्वयं सेवक परिचालनमा संयोजक डिल्ली रिजाल, कलश यात्रा व्यवस्थापन संयोजकमा पवित्रा अधिकारी, प्रचारप्रसारमा संयोजक धनराज खड्का, पूजा अर्चना तर्फ संयोजकमा सीता अधिकारी, पण्डाल तथा आवास व्यवस्थापनमा संयोजक छविलाल कोइराला, उद्घाटन समारोहमा फुलमाला व्यवस्थापन संयोजक यादवप्रसाद दाहाल, सम्मान पत्र व्यवस्थापनमा संयोजक देवमणि पोखरेल, यातायात व्यवस्थापनमा संयोजक भुवन खतिवडा लगायतलाई जिम्मेवारी दिइएको छ ।


    अनुष्ठानमा पण्डित नारायण सरण काफ्ले प्रमुख वाचक र उपवाचकमा पण्डित सुवास ढकाल रहने छन् । महायज्ञ अवधीमा दैनिक बिहान १०ः३० देखि दिउँसो ३ः३० सम्म संगीतमय कथा प्रवचन, आरती, पुष्पाञ्जली, साँझ ७ बजे देखि ९ः३० बजे सम्म सन्ध्या आरती, भजन कीर्तन, महात्म्य, प्रवचन, ज्ञानमञ्च, झाँकी प्रर्दशन लगायत विविध कार्यक्रम संचालन हुने बताईएको छ ।


    विक्रम सम्वत २०२६ सालमा स्थापना भएको दुर्गा मन्दिर सो क्षेत्रको एक इतिहास बनेर रहेको छ । दुर्गा मन्दिर भएकै कारणले उक्त स्थानको नाम दुर्गापुर रहन गएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद निरौलाले बताए । स्थानीय सामुदायिक वन समूहको समेत नेतृत्वमा रहेर लामो समय सम्म सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका निरौलाले यस मन्दिरमा समेत विभिन्न जिम्मेवारी सम्हाल्दै लामो समयदेखी अध्यक्षको रुपमा रहेर सफल कार्य सम्पादन गर्दै आएका छन् ।


    दुर्गापुर बजारको मुख्य राजमार्ग उत्तर तर्फ रहेको मन्दिर २ कठ्ठा ७ धुर क्षेत्रफलमा फैलिएको छ । उक्त जग्गा स्थानीय समाजसेवी स्व.पुष्पराज, स्व.हेडम्बराज र मोहनराज पोखरेलका परिवारले दान दिएका हुन । त्यसैगरी मन्दिरको नाममा प्रजापतिमा १० कठ्ठा जग्गा रहेको छ । उक्त जग्गा समाजसेवी दाजुभाइ स्व. गणेशप्रसाद पोखरेल र स्व.कुमुदिनी पोखरेलले दान दिएका हुन् । मन्दिरको नाममा केही वर्ष अघिकै महायज्ञमा जिम्दार देवीप्रसाद उप्रेतीले समेत एक विगाह जमिन कबोलेको तर हाल सम्म पनि मन्दिरको स्वामित्वमा नआएको बताइएको छ । समाजसेवी स्व.उप्रेतीले तत्कालिन समयमा कबोलेको जमिन यस महायज्ञको अवसरमा प्राप्त हुने विश्वास गरिएको छ ।


    महायज्ञ आयोजक समिति संयोजक सरला दहाल पोखरेलको अध्यक्षतामा सम्पन्न पत्रकार भेटघाट कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद निरौलाले मन्दिर स्थापनाको इतिहास साथै हाल महापुराण आयोजना गर्नुको उद्येश्यमाथि प्रकाश पारेका थिए । आयोजक समितिका सदस्य डिल्ली रिजालले महायज्ञ संचालनको थप उद्येश्यमाथि प्रकाश पार्दै युवा पिडीमा धार्मिक संस्कृति एवं संस्कारको विकास गर्दै युवाहरुलाई समेत धार्मिक आस्थासँग जोड्न महायज्ञ सफल हुने विश्वास व्यक्त गरे । कार्यक्रमको सहजीकरण मुल आयोजक समितिका सचिव पत्रकार रामप्रसाद निरौलाले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    जन्मभूमिलाई प्रवासी झापालीको ठूलो सहयोग : अन्तर्राष्ट्रिय झापाली समाजद्वारा कनकाईलाई ३० लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

    २०८३ भाद्र २९, सोमबार २१:२१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.