Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » नेपाल महिला संघ कनकाईले १० योगदान कर्तालाई गर्यो सम्मान
    राजनीति

    नेपाल महिला संघ कनकाईले १० योगदान कर्तालाई गर्यो सम्मान

    कनकाई खबरBy कनकाई खबर२०७९ फाल्गुन २७, शनिबार १६:०४ गते2 Mins Read


    कनकाई खबर \ ११३ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नेपाल महिला संघ कनकाई नगर समितिले पार्टीप्रति योगदान पुर्याउँने १० महिलालाई सम्मान गरेको छ ।

    नेपाली काँग्रेसको भातृ संगठनका रुपमा रहेको महिला संघ कनकाईले पारिवारिक तथा व्यक्तिगत योगदानका आधारमा कनकाईका ९ वटै वडाबाट १ \ १ जना र थप जेष्ठ नागरिकका तर्फवाट १ गरी जम्मा १० जना महिलालाई सम्मान गरेको हो ।


    विश्वव्यापी रुपमा मार्च ८ तारिकका दिन मनाइँदै आएको यो दिवसलाई नेपाली काँग्रेस पार्टीले नियमित रुपमा विभिन्न कार्यक्रमका विच मनाउँदै आएको बताइएको छ । नेपाल महिला संघ कनकाई नगर समितिको आयोजना तथा क्षेत्रीय समिति क्षेत्र नं.–४ झापाको समन्वयमा सम्पन्न कार्यक्रम नेपाली काँग्रेस नगर पार्टी कार्यालय सुरुङ्गामा भएको हो ।


    नेपाल महिला संघ कनकाई नगर सभापती रेणुका मैनालीको सभापतित्वमा सम्पन्न कार्यक्रममा काँग्रेस केन्द्रिय सदस्य तथा महिला संघ जिल्ला सभपती शुसिला ढकालको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि ढकालले महिलाहरु सदैव एकजुट भएर अगाडी बढ्नु पर्ने र अधिकार खोजेर मात्र होइन लडेर लिन सक्नु पर्नेमा जोड दिएकी छन् । समितिका उपाध्यक्ष कविता श्रेष्ठले स्वागत गरेको कार्यक्रममा क्षेत्रीय सभापती कविता बस्नेत, सामाजसेवी निर्मला बस्नेत, नगर सचिव रेणुप्रसाद कडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।


    नेपाली काँग्रेस कनकाईको वडा नं.–३ का सचिव गणेश पोखरेल र क्षेत्र नं.–२ महिला संघ क्षेत्रीय सचिव यसोदा उप्रेतीले कविता सुनाएर कार्यक्रमलाई अझ रोचक वनाएका थिए । प्रमुख अतिथि ढकालले नेपाल महिला संघका संस्थापक मंगला सिंहको तस्विरमा माल्यार्पण सहित समुद्घाटन गरेको कार्यक्रमको सञ्चालन महिला संघ नगर सचिव संगिता भुजेलले गरेकी थिइन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    उचित विकल्प विना सुकुम्बासीलाई हटाउनु राज्य आतंक: हर्क साम्पाङ

    २०८३ बैशाख ११, शुक्रबार १८:०१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.