Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई महिला फुटबलको उपाधी आयोजकलाई
    खेलकुद

    कनकाई महिला फुटबलको उपाधी आयोजकलाई

    कनकाई खबरBy कनकाई खबर२०७९ फाल्गुन २५, बिहीबार ०१:२१ गते3 Mins Read

    कनकाई खबर / झापाको कनकाईमा संचालन भएको महिला फुटबल प्रतियोगिताको उपाधी आयोजक कनकाई महिला फुटबल क्लबले हात पारेको छ ।

    अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर कनकाई माविको खेल मैदानमा बुधबार सम्पन्न प्रतियोगिताको उपाधीकालागि आयोजक कनकाई महिला फुटबल क्लव र जुनतारा महिला फुटबल क्लव खुदुनाबारी विच भएको प्रतिस्पर्धामा आयोजकले ३—० गोलको अन्तरले पछि पार्दै उपाधी हात पारेको हो ।


    आयोजक कनकाई महिला फुटबल टिमले प्रथम स्थान हासिल गर्दै नगद ७५ हजार रुपैँया प्राप्त गर्यो भने उपबिजयी हुने जुनतारा महिला फुटबल क्लव खुदुनाबारीले नगद ५० हजारमा चित्त बुझाएको छ । आयोजकका तर्फबाट अनिता लम्जेलले २ गोल र सहारा दहालले थप १ गोल गरेकी हुन् । प्रतियोगिताको प्लेयर अफ द म्याच आयोजक टिमकी अनिता लम्जेल घोषित भइन् । उनले कनकाई —३ निवासी उद्यमी,व्यवसायी बिरेन्द्रप्रकाश मैनालीबाट स्पोन्सर भएको नगद २ हजार प्राप्त गरिन् । त्यस्तै आयोजक टिमबाटै प्रतियोगितामा सर्वाधिक गोलकर्ता लक्ष्मी श्रेष्ठ, प्लेयर अफ द टुर्नामेन्ट खुस्मा राई ,उत्कृष्ट गोलकिप्पर रन्जु राजवंशी सहितले नगद ३ हजार प्राप्त गरे ।


    बिजयी तथा उपबिजयी हुने दुबै टिमलाई कनकाई खेलकुद प्रतिष्ठानका अध्यक्ष छवी थपलिया, संविधानसभाकी उपसभामुख इन्दिरा रानामगर, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, समाजसेवी शेरबहादुर थापा, जिल्ला खेलकुद विकास समिति झापाका अध्यक्ष प्रसान्त भण्डारी, कनकाई नगर खेलकुद विकास समितिका अध्यक्ष जविन तिम्सिना लगायतले नगद तथा शिल्ड प्रदान गरे ।


    प्रतिष्ठानका अध्यक्ष थपलियाको सभापतित्व रहेको समापन कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख रानामगरले महिलाहरु समेत खेल क्षेत्रबाट देशकालागि नाम र दाम दुबै कमाउन सक्ने अवस्थामा पुगेको भन्दै खुशी व्यक्त गरिन् । आफुले हुर्काएका अनाथ वालवालिकाले समेत अहिले पनि राष्ट्रिय टिमको प्रतिनिधित्व गरिरहेको भन्दै उचित वातावरण पाएको खण्डमा महिला खेलाडीले जुनसुकै अवस्थामा पनि देशको प्रतिनिधित्व गर्न सक्षम भइसकेको उपसभामुख मगरले बताइन् । कार्यक्रमको प्रमुख अतिथीका रुपमा रहेकी उपसभामुख मगरले विश्वमा देखिएको जलवायु परिवर्तनको असर नेपालमा समेत तीव्र गतिमा वढिरहेको भन्दै यसलाई रोक्न सबै क्षेत्रबाट सचेत हुनु पर्नेमा जोड दिइन् ।


    कनकाई खेलकुद प्रतिष्ठानको आयोजना तथा कनकाई नगर खेलकुद विकास समिति सह—आयोजक रहेको प्रतियोगिताको मुख्य प्रायोजक कनकाई नगरपालिका रहेको थियो । प्रतियोगितामा झापाका ८ वटा महिला टिमको सहभागिता रहेको प्रतिष्ठानका उपाध्यक्ष हरीकुमार कार्कीले जानकारी दिए ।


    सह—आयोजक कनकाई नगर खेलकुद विकास समितिका अध्यक्ष जविन तिम्सिनाले स्वागत मन्तव्य राखेको औपचारिक कार्यक्रममा संविधान सभा सदस्य अम्बिका राजवंशी, जिल्ला खेलकुद विकास समिति झापाका अध्यक्ष भेषराज भण्डारी(प्रशान्त), प्रवक्ता जगन कार्की (दुर्वासा), कराते प्रशिक्षक दुर्गाराज निरौला, कनकाई नगरपालिका वडा नं.१देखी वडा नं.९ सम्मका वडाअध्यक्ष साथै अन्य जनप्रतिनिधिहरु, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता शम्भुप्रसाद ढकाल, प्रतिष्ठानका संस्थापक अध्यक्ष ज्योतीकुमार उप्रेती, पुर्व अध्यक्षहरु दुर्गा प्रसाईँ, दिननाथ खतिवडा, फुटबल प्रशिक्षक सन्त रायमाझी लगायत विभिन्न राजनीतिक दल, संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको कार्यक्रमको संचालन आयोजक समिति कनकाई खेलकुद प्रतिष्ठानकी सचिव मान्ता खरेलले गरेकी थिइन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    उचित विकल्प विना सुकुम्बासीलाई हटाउनु राज्य आतंक: हर्क साम्पाङ

    २०८३ बैशाख ११, शुक्रबार १८:०१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.