Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाईमा जारी महिला फुटबल प्रतियोगिताबाट आयोजक पुग्यो फाइनलमा
    खेलकुद

    कनकाईमा जारी महिला फुटबल प्रतियोगिताबाट आयोजक पुग्यो फाइनलमा

    कनकाई खबरBy कनकाई खबर२०७९ फाल्गुन २१, आईतवार १५:३१ गते2 Mins Read


    कनकाई खबर / झापाको कनकाईमा जारी महिला फुटबल प्रतियोगितामा आज भएको पहिलो सेमीफाइनल खेलबाट आयोजक कनकाई महिला फुटबल क्लव फाइनलमा प्रवेश गरेको छ ।

    प्लेयर अफ द म्याच ग्रहण गर्दै आयोजककी खुस्मा राई..

    पारिजात महिला फुटबल क्लव सालबारीलाई ५—० को गोल अन्तरले पछि पार्दै आयोजकले फाइनलको यात्रा तह गरेको हो । कनकाई माविको खेल मैदानमा आज(आइतबार) सम्पन्न प्रतियोगितामा आयोजकका तर्फबाट जर्सी नं. ११ की अनिता लम्जेलले खेल सुरु भएको ६ मिनट र ४७औं मिनटमा एक÷एक गोल गरेर खेललाई प्रारम्भिक चरणबाटै अग्रता दिलाइन् । त्यसैगरी जर्सी नं.१५ की लक्ष्मी श्रेष्ठले समेत खेलको २१ औं र ३१औं मिनटमा गरी दुई गोल गर्न सफल भइन् भने जर्सी नं.१२ की ममता राउतले खेलको २४ औं मिनटमा एक गोल गरेपछि आयोजकका तर्फबाट पारिजातका विरुद्ध ५ गोल भएको आयोजक कनकाई खेलकुद प्रतिष्ठानका अध्यक्ष छवी थपलियाले जानकारी दिए ।


    प्रतिायोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेकी आयोजककी खुस्मा राई प्लेयर अफ द म्याच घोषीत भएको अध्यक्ष थपलियाले बताए । उनलाई कनकाई ३ निवासी उद्यमी ,व्यवसायी बिरेन्द्रप्रकाश मैनालीबाट प्राप्त भएको प्लेयर अफ दि म्याचको पुरस्कार नगद २ हजार पत्रकार लिलाराज झापालीले हस्तान्तरण गरे ।


    खेल समापन भएपछि आजको उपविजेता टिम पारिजात महिला फुटबल क्लव सालबारीले आयोजक टिमका विरुद्ध प्रोटेस्ट हालेको बुझिएको छ । आयोजक टिमका चारजना खेलाडी सम्बन्धित पालिकाको नभएको दावी गर्दै पारिजातले सत्यतथ्य छानविन गरेर उचित निर्णय दिनकालगि अपिल गरेको बताइएको छ । आयोजक समितिका अध्यक्ष छवी थपलियाले प्रोटेस्ट परेका सबैजनाको आवश्यक कागजात आँफूहरुले प्राप्त गरिसकेको बताउँदै विधि र पद्धति भित्र रहेर कुनै पनि कुराको निर्णय गर्नु पर्ने भएकाले कागजातका आधारमा निर्णय हुने बताए ।


    भोली सोमबार हुने दोस्रो सेमिफाइनल खेल जुनतारा महिला फुटबल क्लव खुदुनाबारी र भद्रपुर महिला फुटबल क्लव विच हुने आयोजक समितिले जनाएको छ । कनकाई खेलकुद प्रतिष्ठानको आयोजना एवं कनकाई नगर खेलकुद विकास समिति सहआयोजक रहेको प्रतियोगिताको मुख्य प्रायोजक कनकाई नगरपालिका रहेको बताइएको छ ।


    अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर फागुन २४ गते सम्पन्न हुने प्रतियोगिताको समापन समारोहमा प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानामगरले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रतिष्ठानकी सचिव मान्ता खरेलले जानकारी दिएकी छन् । प्रतियोगितामा प्रथम हुनेले नगद ७५ हजार , दोस्रो हुनेले नगद ५० हजार पुरस्कार साथै दुबै टिमले शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन । त्यसैगरी विधागत तर्फ उत्कृष्ट गोल किपर ,सर्वाधिक गोल कर्ता र प्लेयर अफ द सिरिजसहित जनही नगद ३ हजार प्रदान गरिने प्रतिष्ठानका उपाध्यक्ष हरिकुमार कार्कीले जानकारी दिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    उचित विकल्प विना सुकुम्बासीलाई हटाउनु राज्य आतंक: हर्क साम्पाङ

    २०८३ बैशाख ११, शुक्रबार १८:०१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.