Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » मैनाली समाजको आयोजनामा सप्त अहोरात्रीय युगल नारायण महायज्ञ हुने
    शिक्षा

    मैनाली समाजको आयोजनामा सप्त अहोरात्रीय युगल नारायण महायज्ञ हुने

    कनकाई खबरBy कनकाई खबर२०७९ फाल्गुन १७, बुधबार १६:२५ गते3 Mins Read

    कनकाई खबर / मैनाली समाज झापाको आयोजनामा सुरुङ्गामा सप्त अहोरात्रीय युगल नारायण महायज्ञ हुने भएको छ । कनकाई–१ स्थित कालिका शक्तिपीठ जामुनबारीमा आगामी फागुन २९ देखि चैत्र ६ सम्म हुने महायज्ञ ७ दिन ८ रात अखण्ड पाठसहित सञ्चालन हुने छ ।

    मैनाली समाजले आयोजना गरिए पनि सबै हिन्दुहरूका लागि खुला रहने उक्त महायज्ञमा २४ जना पहेंला बस्त्र लगाएका ब्राम्हणसाधकद्वारा निरन्तर २४ घण्टा ७ दिन सम्म यज्ञ स्थलमा नारायण, नारायण, नारायण गान गरिन्छ ।

    उक्त महायज्ञमा आचार्य अजितप्रसाद गौतम प्रमुख कथावाचक रहने छन् । यस प्रकारको महायज्ञ झापा जिल्लामै पहिलो पटक हुन लागेको हो । विश्वभरका समस्त पितृ कल्याण, विश्व शान्ति तथा धार्मिक जागरणका लागिसप्ताह महायज्ञ लगाउने तयारी गरिएको जामुनबारीस्थित कालिका मन्दिरको सभाहलमा बुधबार आयोजित पत्रकार भेटघाटमा जानकारी दिइयो ।

    हालसम्म यस प्रकारका सप्त दिवसीय नारायण महायज्ञ देशका विभिन्न स्थलमा १ हजार ७ सय ७५ भन्दा बढी भैसकेका छन् । नारायण महायज्ञमा बिहान, दिउँसो र बेलुका गरी ३ पटक भव्य आरती गरिन्छ भने भगवान लक्ष्मीनारायणको विशेष पुजा पनि गरिन्छ । महायज्ञमा प्रभाती लय, हवन, आरती र रात्री कार्यक्रम दैनिक गरिन्छ ।

    अखण्ड हरिनाम सङ्कीर्तनको तुमूल ध्वनि प्रवाहित हुने यस महायज्ञमा दान गर्न कसैलाई बाध्य नपारिने, कसैले दान गरेमा ५ सय रुपैयाँसम्म दानपेटिकामा हाल्नुपर्ने, ५ सय नगदमाथिको रसिद दिइने, तर दानगरिएको सार्वजनिक नगर्ने तर हिसाबकिताब प्रतिवेदनमा राखिने बताइएको छ ।

    महायज्ञमा सहभागी हुने मैनाली बन्धु तथा अन्य सहभागी वीचमा धनी र गरिबको कुनै विभेद नहोस् भनी दान गोप्य राखिने आयोजकले बताएका छन् । हरेक दिन नित्य हवन, अखिल विश्व तृप्ति श्राद्ध, पुजा, आरती, भागवत कुञ्जबाट गायन तथा प्रवचन र अपरान्ह ४ बजेपछि जल सम्मेलन (पितृलाई जलार्पण), फल सम्मेलन (फल अर्पण), सुभद्रा पुजातथा आरती हुने मैनाली समाज नेपालका केन्द्रीय सदस्य समेत रहेका मैनाली समाज सर्लाहीका अध्यक्ष र उक्त महायज्ञका सहजकर्ता केदारनाथ मैनालीले जानकारी दिए ।

    महायज्ञ सम्पन्न गर्न मैनाली समाज नेपालका केन्द्रीय उपाध्यक्ष मीनप्रकाश मैनालीको संयोजकत्वमा २ सय १ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ भने मूल समितिको सचिवमा रामप्रसाद मैनाली (विर्तामोड) रहेका छन् । आयोजक समितिको ६ जना सहसंयोजकमा रामप्रसाद मैनाली (सुरुङ्गा), डिल्लीराम मैनाली, श्रीप्रसाद मैनाली (जलथल)मेनुका मैनाली, लीला मैनाली र अम्बिका मैनाली रहेका छन् । महायज्ञ सम्पन्न गर्न विभिन्न उपसमिति पनि बनाइएका छन् ।

    अनुषा मैनालीको संयोजकत्वमा आर्थिक उपसमिति, चन्द्रप्रसाद मैनालीको संयोजकत्वमा अनुगमन तथा रायसल्लाह उपसमिति, रामप्रसाद मैनाली (विर्तामोड) को संयोजकत्वमा महायज्ञ सचिवालय, सुमा सेडाईं मैनालीको संयोजकत्वमा मातृशक्ति परिचालन उपसमिति, सरोज मैनालीको संयोजकत्वमा खाद्यान्न व्यवस्थापन तथा भोजनालय उपसमिति, भीष्म मैनालीको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति, डा. लक्ष्मीप्रसाद मैनालीको संयोजकत्वमा स्वास्थ्य उपसमिति, तुलसीप्रसाद मैनालीको संयोजकत्वमा पुजा व्यवस्थापन उपसमिति, खगेन्द्रप्रसाद मैनालीको संयोजकत्वमा प्रचारप्रसार उपसमिति, कविता मैनाली र पवित्रा मैनालीको संयोजकत्वमा स्वागत तथा सरसफाइ उपसमिति, कमला चुडाल मैनालीको संयोजकत्वमा भजनकीर्तन उपसमिति र हरि मैनालीको संयोजकत्वमा करोडबाती प्रज्ज्वलन व्यवस्थापन उपसमिति गठन गरिएको पत्रकार भेटघाटमा जानकारी दिइयो ।

    महायज्ञ सम्पन्न गर्न १० लाख रुपैयाँ खर्च हुने महायज्ञ मूल आयोजक समितिका सहसंयोजक एवम् मैनाली समाज नेपालका केन्द्रीय सचिव डिल्लीराम मैनालीले जानकारी दिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    उचित विकल्प विना सुकुम्बासीलाई हटाउनु राज्य आतंक: हर्क साम्पाङ

    २०८३ बैशाख ११, शुक्रबार १८:०१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.