Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » जिल्ला स्तरीय महिला फुटबल प्रतियोगतिाको उद्घाटन खेलमा आयोजक विजयी
    खेलकुद

    जिल्ला स्तरीय महिला फुटबल प्रतियोगतिाको उद्घाटन खेलमा आयोजक विजयी

    कनकाई खबरBy कनकाई खबर२०७९ फाल्गुन १७, बुधबार १५:४७ गते3 Mins Read

    कनकाई खबर \ नारी दिवसको अवसर पारेर झापाको कनकाईमा संचालन भएको जिल्लास्तरीय महिला फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक कनकाई महिला फुटबल क्लवले विजयी सुरुवात गरेको छ ।

    सातौं संस्करणका रूपमा कनकाई नगर खेलकुद विकास समिति सह–आयोजक रहेको प्रतियोगिता कनकाई खेलकुद प्रतिष्ठान(कासा)ले संचालन गरेको हो । प्रतियोगिताको मुख्य प्रायोजक कनकाई नगरपालिका रहेको बताइएको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर फागुन २४ गते समापन हुने प्रतियोगिताको उद्घाटन खेल आयोजक कनकाई महिला फुटबल क्लव र शिवसताक्षी महिला फुटबल क्लब विच भएको थियो । खेलको दोस्रो हाप पछि आयोजक कनकाईका तर्फबाट लक्ष्मी श्रेष्ठले विपक्षीको जाली चुम्न सुरुवात मात्र गरिनन् लगातार चार गोल गर्न सफल भइन् भने आयोजककी मनिता तुम्रुकबाट थप एक गोल गरेर ५–० को फराकिलो गोल अन्तरले आयोजक टिमले अग्रता लिएको हो ।


    खेलको प्लेयर अफ द म्याच आयोजक टिमकी लक्ष्मी श्रेष्ठ घोषित भइन् । उनलाई स्थानीय युवा व्यवसायी विरेन्द्रप्रकाश मैनालीले स्पोन्सर गरेको नगद २ हजार प्रदान गरिएको थियो । व्यवसायी मैनालीले प्रत्येक दिनको उत्कृष्ट खेलाडीलाई प्रदान गरिने नगद सहयोग गर्ने बताइएको छ । प्रतियोगिताको विहिबार जुनतारा महिला फुटबल क्लव खुदुनाबारी र बाह्रदशी महिला फुटबल क्लव विच प्रतिस्पर्धा हुने बताइएको छ ।

    स्थानीय कनकाई मावि सुरुङ्गाको खेलमैदानमा जारी प्रतियोगितामा झापाका ८ वटा टिमले सहभागिता जनाउँने भएका छन् । प्रतियोगितामा कनकाई महिला फुटबल क्लब, शिवसताक्षी महिला फुटबल क्लब, दमक महिला फुटबल क्लब, पारिजातमहिला फुटबल क्लब सालबारी, जुनतारा महिला फुटबल क्लब खुदुनाबारी, बा¥हदशी महिला फुटबल क्लब, भद्रपुर महिला फुटबल क्लब र एकता महिला फुटबल क्लब चारपानेले भाग लिएको प्रतिष्ठानका अध्यक्ष छबि थपलियाले जानकारी दिए ।


    ‘खेलकुद मार्फत राष्ट्र विकासको अभियान’ मूल नारा लिएर २०७१ सालमा स्थापित प्रतिष्ठानले वार्षिक रुपमा जिल्लास्तरीय महिला फुटबल प्रतियोगिता संचालन गर्दै आएको प्रतिष्ठानका उपाध्यक्ष हरिकुमार कार्कीले जानकारी दिए । एक विशेष समारोहका विच कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल एवं उपप्रमुख आशा शिवाकोटीबाट प्रतियोगिताको उद्घाटन भएको प्रतिष्ठानका उपाध्यक्ष हरिकुमार कार्कीले जानकारी दिए । त्यस्तै समापन समारोहमा प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्य रहने उपाध्यक्ष कार्कीले बताएका छन् ।

    प्रतियोगितामा प्रथम पुरस्कार नगद ७५ हजार र दोस्रो पुरस्कार ५० हजार रहेको छ । प्रतियोगिता सम्पन्न गर्नकालागि कनकाई नगरपालिकाको प्रमुख आर्थिक सहयोग रहने र प्रथम पुरस्कार कनकाई नगर खेलकुद विकास समितिबाट प्राप्त हुने बताइएको छ ।


    प्रतिष्ठानका अध्यक्ष छवि थपलियाको सभापतित्व एवं कनकाई नगर प्रमुख पोखरेलको प्रमुख आतिथ्य रहेको उद्घाटन समारोहमा उपप्रमुख आशा शिवाकोटीले प्रतियोगिताको सफलताकालागि शुभकामना मन्तव्य राखेकी थिइन् । उपाध्यक्ष अम्बिका खरेलले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन सचिव मान्ता खरेलले गरेकी थिइन् । कार्यक्रममा कनकाई– ३ का वडाअध्यक्ष युवराज चम्लागाईँ, वडा नं.४ का वडाअध्यक्ष रोशन सुवेदी, वडा नं.५ का वडाअध्यक्ष कृष्णवहादुर राई, कनकाई नगर खेलकुद विकास समितिका अध्यक्ष जविन तिम्सिना, प्रतिष्ठानका संस्थापक अध्यक्ष ज्योतिकुमार उप्रेती, पूर्वअध्यक्ष दिननाथ खतिवडा, दुर्गा प्रसाईँ, सल्लाहकार राजेन्द्र उप्रेती, समाजसेवी शेरबहादुर थापा, टिकाप्रसाद लामिछाने, दिपक चापागाई लगायतको उपस्थिती रहेको प्रतिष्ठानका सहसचिव रमेशचन्द मैनालीले जानकारी दिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    उचित विकल्प विना सुकुम्बासीलाई हटाउनु राज्य आतंक: हर्क साम्पाङ

    २०८३ बैशाख ११, शुक्रबार १८:०१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.