Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » हस्तकलामा निपूर्ण निर्मल , ६५ हजारमै हात्ती
    समाचार

    हस्तकलामा निपूर्ण निर्मल , ६५ हजारमै हात्ती

    कनकाई खबरBy कनकाई खबर२०७९ फाल्गुन १५, सोमबार ०५:४१ गते7 Mins Read


    कनकाई खबर \ बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक महोत्सवमा राखिएका स्टल मध्ये भद्रपुर – ८ का निर्मल शाक्यको हस्तकलाको स्टलले धेरैको मन खिचेको छ ।


    नखिचोस् पनि किन – खेर जाने बाँसका जराबाट शाक्यले कलात्मक बुट्टा भर्दै चराचुरुङ्गीदेखि विभिन्न देवी देवताको दुरुस्तै आकृति उतार्नु भएको छ । बाँसका जराबाट निर्मित सामग्रीमा दतार हात्तिको दाह्रादेखि बाज र डल्फिनसम्म दुरुस्तै छन् । महोत्सवमा राखिएका बाँसको जराको कलाकृति देख्ने जो कोहीको पहिलो वाक्य सुनिन्छ आहा ! कति राम्रो ।


    महोत्सव अबलोकनका लागि आउनु भएकी पवित्रा लिम्बूले आफूले पहिलो पटक बाँसको जराबाट तयार पारिएको यस्तो सामग्री देखेको बताउनुभयो । उहाँले भन्नुभयो – ‘हामीत बाँसका जरा बाल्थ्यौं तर यस्ता राम्रा सामग्री बन्दा रहेछ ।’ बाँसका जराबाट बनाइएका सामग्री हेर्दै लिम्बूले प्रफुल्लित हुँदै भन्नुभयो– जान्नेलाई श्रीखण्ड त्यसै भनेको होइन रहेछ । खेर जाने जराको काम कति धेरै हुँदो रहेछ आज प्रत्यक्ष देखियो ।’


    त्यसो त लिम्बू मात्र होइन महोत्सवमा सहभागी भएका मध्ये धेरैले बाँसका जराबाट बनाइएका सामग्रीको प्रशंसा मात्रै गरेनन् उनीहरुले महोत्सवको चिनो स्वरुप इच्छाएका सामग्री खरिद नै गरे । शाक्यले बाँसको जराबाट मात्र होइन काठको प्रयोग गर्दै विभिन्न बस्तुको आकृति दुरुस्तै उतारेर महोत्सव स्थलमा राख्नु भएको छ । राखिएका बस्तु मध्ये हात्ती धेरैको रोजाइमा छ । हात्ती धेरैको रोजाइमा परेपनि स– साना बस्तुले पनि महोत्सव अबलोकनका लागि आउनेहरुको मन खिचेको छ । कतिपयले कछुवा, डल्फिन, माछा जस्ता हस्तकालाका सामग्री लिएर जाने गरेका छन् भने कतिपयले बाज, गणेश, बाँदर जस्ता हस्तकलाका सामग्री लाने गरेका छन् । बाँसको जरा सहित निम, टिक, गमारी, खमारीको काठ प्रयोग गर्दै शाक्यले बनाएका हस्तकलाका सामग्रीले धेरैको मन लोभ्याएको कनकाई नगरपालिका ८ निवासी शिशिर भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो – बाँसको जराबाट बनाएका सामग्री जति हे¥यो उति राम्रा देखिन्छन् ।


    शाक्यले स्टलमा राखेका हस्तकलाका सामग्रीको न्यूनतम मूल्य एक हजार चार यस देखि ६५ हजार रुपैयाँसम्मका छन् । एक हजार ४ सय रुपैयाँमा कछुवा खरिद गर्न सकिन्छ भने ६५ हजार रुपैयाँमा हात्ती नै खरिद गर्न सकिने शाक्यले बताउनुभयो । त्यसो त शाक्यले बाँसको चोया प्रयोग गर्दै घडी समेत तयार गर्नु हुन्छ भने गहुँको नल र सुपारीको पातबाट समेत घडी बनाउने गरेको उहाँले बताउनुभयो । तर, घडी खासै बिक्री नभएपछि आफू बाँसको जरामा भविश्य खोज्न लागेको शाक्यले बताउनुभयो ।


    विगतका वर्षमा बैदेशिक रोगजारको समेत अनुभव संगाल्नु भएका उहाँले त्यहाँ गरेको दुःख सम्झिएर अहिले आफ्नै देशमा हस्तकलाको प्रवद्र्धनमा लाग्नु भएको छ । उहाँले उत्पादन गरेका हस्तकालाका सामग्री अहिले झापा सहित देशभर पुग्ने गरेका छन् । अझ उहाँले उत्पादन गरेको सामग्रीको माग विदेशमा उच्च रहेको शाक्यले बताउनुभयो ।


    विगत १८ वर्षदेखि हस्तकला क्षेत्रमा लाग्नु भएको शाक्य बैदेशिक रोजगारीका लागि दुवई समेत पुग्नुभयो । तर, बिदेमा उहाँ रमाउन सक्नु भएन । आफ्नै देशको माया र हस्तकालाले उहाँलाई स्वदेश फर्कायो । विदेशबाट फर्किएपछि हस्तकलालाई व्यवसायिकता दिनु भएका शाक्य त्यसपछि उहाँ विदेश कामका लागि होइन त्यहाँ आयोजना गरिने अन्तराष्ट्रिय टे«डफियरमा नेपालको प्रतिनिधित्व गर्दै जाने पत्रका रुपमा आफूलाई स्थापित गर्नुभयो । त्यसपछि उहाँले विदेशमा आयोजना गरिने अन्तराष्ट्रिय कल प्रर्दशनीमा नेपालको प्रतिनिधित्व गर्दै आफूले बनाएको कलाकृति विश्वसामु पु¥याउँदै नेपाललाई चिनाउने काम गर्दै आउनु भएको छ । पछिल्लो समय आफूलाई जापानले हस्तकला प्रर्दशनीमा आफूलाई बोलाएको उहाँको भनाई छ ।


    हस्तकला प्रर्दशनीकै लागि उहाँ चीन, दुवई , भारको देशरादुन, वंगलादेश, अफ्रिका जस्ता देशमा प्ुग्नु भएको छ भने फ्रान्स, लण्डन, हंकङ्ग, जापानले समेत आमन्त्रण गरिरहेको शाक्यले बताउनुभयो ।
    आफूले तयार पारेका हस्तकलाका सामग्री अधिकांश धनाड्यको घरमा सजावटका रुपमा प्रयोग हुँदै आएको उहाँको भनाई छ । मैले बनाएका सजावटका सामग्री तत्कालीन राष्ट्रपति डा.रामवरण यादवदेखि वडा सदस्यसम्मको घरमा देख्न सकिन्छ । धेरै सामग्री सरकारका उच्च पदस्थ ब्यक्तिको घरमा मायाको चिनो स्वरुप पुग्ने गरेको शाक्यले बताउनुभयो ।


    मैले बनाएका हस्तकालाका सामग्री नेपालका कुन मन्त्रीको घरमा छैन होला । तर, यो सामग्री कहाँ र कस्ले बनायो उहाँहरुलाई थाहा नहुन सक्छ उहाँले भन्नुभयो – ‘मेची क्याम्पसको स्वर्ण महोत्सवमा मैले बनाएको हस्तकलाको सामग्री तत्कालीन राष्ट्रपति डा. रामवरण यादवलाई प्रदान गरिएको थियो ।’


    मैले बनाएका हजारौ हजार हस्तकलाका सामग्री राष्ट्रप्रमुखदेखि सर्बसाधारणको घरमा कुनै न कुनै माध्यममले पुगेका छन् तर त्यो सामग्री बनाउने मान्छे को हो भनेर उहाँहरुले मलाई चिन्नु हुन्न शाक्यले भन्नुभयो ।
    विशेष गरी झापाका सबैजसो सरकारी कार्यालयमा आयोजना हुने कार्यक्रममा म नै मायाको चिनो दिन्छु उहाँले भन्नुभयो – खेर गएका बाँसका जरालाई म पैसामा रुपान्तरण गर्छु । कतिपय संघ संस्थाले महिनौ अघिदेखि अडर दिएर त्यस्ता हस्तकालाका सामग्री बनाउन लगाउँछन् । आफूले नभ्याएपछि अहिले कालिगढ समेत राखेको छु ।


    शाक्यले अहिले तीन जना कालिगढलाई रोजगार समेत दिनु भएको छ । आफूले मात्रै धान्न नसकेपछि कालिगढ राखेको उहाँको भनाई छ । हस्तकाला क्षेत्रमा उहाँलाई श्रीमती गीताको उत्तिकै साथ छ । देशका विभिन्न स्थानमा आयोजना हुने प्रर्दशनीमा श्रीमतीका साथ आफू जाने गरेको उहाँले बताउनुभयो । भर्खरै बिराटनगरमा आयोजना गरिएको विराट इन्फोमा सरकारका उच्च पदस्थ सबै मन्त्रीदेखि कर्मचारीसम्मले मेरो सिप र कलाको प्रशंसा गरे शाक्यले भन्नुभयो – तत्कालीन उपसभामुख डा शिवमाया तुम्वाम्फो त मेरो फ्यान नै बन्नु भएको छ ।


    घरेलु तथा साना उद्योग कार्यालय झापामा शाक्य हस्तकला केन्द्र दर्ता गर्दै व्यवसायिक रुपमा आफूले हस्तकलाका सामग्री उत्पादन गर्दै आएको र यसैले आफूलाई विश्वसामु चिनाएको भन्दै उहाँले आफ्नो पेशाप्रति गर्ब भर्नुभयो । तर, स्थानीय स्तरमा यसखाले पेशाको कदर नहुँदा कहिलेकाँही मन खिन्न हुने गरेको उहाँको अनुभव समेत छ । शुरुमा बाँसका जरा खोज्न र खन्न जाँदा धेरेले धेरैथोक भन्ने गरेका थिए अहिले उनीहरु मलाई देख्दा लज्जाबोध गर्छन् उहाँले भन्नुभयो – उहाँहरुले मलाई नगिज्याएको भए म हस्तकलाका क्षेत्रमा यति पोख्त हुने थिइन होला । तर मलाई इश्र्याले आज यो ठाउँमा पु¥यायो ।


    कोभिडका कारण लकडाउन हुनुभन्दा अघिसम्म मासिक लाख रुपैयाँसम्म आम्दानी लिने गरेको थिए शाक्यले भन्नुभयो – अहिले मेरो मात्रै होइन कसैको पनि राम्रो आयश्रोत छैन । अझ त्यसमा त मेरो त व्यवसाय भनेको हुँदा र रहर लाग्दा मात्रै उपयोग गर्ने खालको छ ।


    देश तथा विदेशमा मेरो कला कैशलको खोजी हुन थालेपछि अहिले विस्तारै नेपालमा चर्चा शुरु भएको छ शाक्यले भन्नुभयो – शुरुमा विश्वले चिन्यो, पछि राजधानी अनि अहिले मात्रै मलाई गाउँले चिन्दैछ । अहिले हरेक पालिकामा मेरो खोजी हुन्छ । अस्ती मात्रै कचनकवल गाउँपालिकाले अढाई लाखको हस्तकलाका सामग्री खरिद गरिदियो । हुन न मेरो कला कैशल देखेर घरेलस तथा साना उद्योग कार्यालय, जिल्ला वन कार्यालय , भद्रपुर नगरपालिकाले पछिल्लो समय सहयोग उपलब्ध गराउन शुरु गरेका छन् । जिल्ला बन कार्यालयले काठ र जरा सहयोग उपलब्ध गराएको छ भने नगद ७० हजार रुपैयाँ प्रदान गर्दै सम्मान समेत गरेको छ । त्यस्तै भद्रपुर नगरपालिका र घरेलु कार्यालयले पनि अहिले छिटफुट सहयोग उपलब्ध गराउँदै आएको छ । घरेलु कार्यालयले यो स्टल निःशुल्क उपलब्ध गराएको हो शाक्यले भननुभयो ।


    आफूलाई हस्तकालाका क्षेत्रमा निरन्तर लागि रहन प्रेरणा दिने व्यक्तिलाई भुल्न नसक्ने बतउनु भएका शाक्यले भद्रपुर नगरप्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की, मनोज सुब्बा, लक्ष्मण कार्की, जिल्ला बन कार्यालयका पूर्व डिएफो मास्के, कर्मचारी देविन्द्र उप्रेती लगायतलाई सम्झनुभयो ।


    उच्च शिक्षा हासिल गरेर रोजगारीका लागि भौतारिने र पैसा कमाउन वैदेशिक रोजगारीमा जानै पर्छ भन्ने मान्यता बोकेका युवालाई यही गरे मनग्य आम्दानी गर्न सकिने सन्देश प्रवाह गर्नु हुने शाक्यले युवालाई स्वदेशमा नै सिप सिकेर आफूले उत्पादन गरेका सामग्री विदेश निर्यात गर्न आग्रह गर्नुभयो । ‘पैसा जताततै छ तर हामीले त्यसलाई खोज्न जान्दैनौ’ शाक्यले भन्नुभयो – म आफैं काम खोज्दै विदेश गएको थिए । तर, पैसा त यही रहेछ ।
    पहिलो पटक बकुल्लो बनाएर हस्तकलाको काम सिकेको थिए विगत सम्झदै शाक्यले भन्नुभयो – अहिले त युटुव हेरेर जे को पनि दुरुस्तै आकृति उतार्छु त्यसैले मलाई चिनाएको छ र आम्दानीको समेत दर्विलो श्रोत बनेको छ ।
    आफ्नै गाउँघरका उत्पादनलाई प्रयोग गरेर सजावटका सामानहरु बनाउन पाउँदा खुसी लाग्छ उहाँले भन्नुभयो – परदेशको जागिरबाट थकित भएर फर्केपछि हस्तकला व्यवसायी बनेको हुँ यही व्यवसायले मलाई परिवार पाल्ने आधार बन्यो ।


    वि.स. २०२४ सालमा झापा भद्रपुरमा जन्मनु भएका शाक्य सानैदेखि आर्थिक अभावमा रुमलिनुभयो । एसएलसीसम्म झापामै अध्ययन गरेपनि उच्च शिक्षा लिन काठमाडौं पुग्नुभयो । आर्थिक अभाबकै बीच पनि नेपाल कर्मस क्याम्पसमा अध्ययन शुरु गरेपछि उहाँले पढाईलाई निरन्तरता दिन सक्नु भएन र बीचमै उहाँले पढाई छाड्नुभयो ।


    आर्थिक अभावका बीच हस्तकाला क्षेत्र रोज्नु भएका उहाँले अहिले आफूले उत्पादन गरेका सामग्री अमेरिका, अफ्रिका, स्पेन, जापान, जर्मन, बेलायत लगायतका देशहरु पठाउनुहुन्छ ।
    हेर्दा पनि राम्रो अनि आकर्षक ! बढी मेहनत । कहिल्यै नबिग्रने । माटोमुनि खिएर गएको जरालाई निकालेर सुन्दर आकृति बनाउने काम आफैंमा सजिलो होइन । तर त्यसलाई सजिलैसँग सजावट गर्न मिल्ने काममा लाग्नु भएका निर्मलको कला आम मानिसका लागि प्रशंसनीय र प्रेरणादायी छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    उचित विकल्प विना सुकुम्बासीलाई हटाउनु राज्य आतंक: हर्क साम्पाङ

    २०८३ बैशाख ११, शुक्रबार १८:०१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.