Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी अर्जुनधारालई
    खेलकुद

    जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी अर्जुनधारालई

    कनकाई खबरBy कनकाई खबर२०७९ फाल्गुन १५, सोमबार ०२:४१ गते3 Mins Read


    कनकाई खबर \ झापाको सुरुङ्गामा सम्पन्न जिल्लास्तरीय १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी अर्जुनधारा नगरपालिकाले चुमेको छ ।

    झापा जिल्ला खेलकुद विकास समितिको आयोजना एवं कनकाई नगर खेलकुद विकास समितिको समन्वय रहेको प्रतियोगिता कनकाई माविको खेलमैदानमा सम्पन्न भएको हो । आइतवार सम्पन्न प्रतियोगिताको उपाधीकालागि अर्जुनधारा नगरपालिकाले एथलेटिक्स तर्फ ७ स्वर्ण, ४ रजत र ३ कास्य पदक प्राप्त गरेको छ भने कराते तर्फ ३ कास्य, तेक्वान्दो तर्फ २ स्वर्ण, ३ रजत र ४ कास्य, उसु तर्फ २ स्वर्ण,१ रजत र १ कास्य प्राप्त गरी उत्कृष्ट बनेको हो ।


    प्रतियोगिताको दोस्रो स्थान प्राप्त गर्न सफल भद्रपुर नगरपालिकाले एथलेटिक्स तर्फ ४ स्वर्ण, ६ रजत र २ कास्य पदक प्राप्त गरेको छ भने कबडी तर्फ १ स्वर्ण,तेक्वान्दो तर्फ २ स्वर्ण, १ कास्य, उसु तर्फ १स्वर्ण पदक प्राप्त गरी प्रतियोगिताको दोस्रो स्थान हात पार्न सफल भएको हो ।

    त्यस्तै तेस्रो स्थान हात पार्न सफल हल्दिबारी गाउँपालिकाले एथलेटिक्स तर्फ २ स्वर्ण,१ रजत र ४ कास्य पदक प्राप्त गरेको छ भने कराते तर्फ २ स्वर्ण पदक प्राप्त गरी प्रतियोगिताको तेस्रो स्थान हात पार्न सफल भएको कनकाई खेलकुद विकास समितिका अध्यक्ष जविन तिम्सिनाले जानकारी दिए ।


    प्रतियोगिताको चौथो बन्न सफल मेचीनगरपालिकाले एथलेटिक्स तर्फ ३ स्वर्ण,३ रजत र ४ कास्य पदक प्राप्त गरेको छ भने भलिबल तर्फ २ कास्य, कबडी तर्फ १ रजत, कराते तर्फ २ कास्य, तेक्वान्दो तर्फ १ रजत र ५ कास्य, उसु तर्फ ३ स्वर्ण, ५ रजत र ५ कास्य पदक प्राप्त गरेको बताइएको छ । त्यस्तै प्रतियोगिताको पाचौ स्थान हात पार्न सफल विर्तामोड नगरपालिकाले एथलेटिक्स तर्फ २ स्वर्ण र ५ कास्य पदक प्राप्त गरेको छ भने भलिबल तर्फ १ रजत र १ कास्य, कबडी तर्फ १ कास्य,कराते तर्फ २ स्वर्ण, ४ रजत र ३ कास्य, तेक्वान्दो तर्फ १ स्वर्ण पदक प्राप्त गर्न सफल भएको अध्यक्ष तिम्सिनाले बताए ।


    प्रतियोगितामा कनकाईले एथलेटिक्स तर्फ १ स्वर्ण,२ रजत र १ कास्य प्राप्त गरेको छ भने कबडी तर्फ १ कास्य, करातेमा १ स्वर्ण र ५ कास्य प्राप्त गर्न सफल भएको जनाइएको छ । सुरुङ्गास्थित कनकाई माविको खेल मैदानमा सुक्रबारदेखि सुरु भई आइतवार सम्पन्न भएको प्रतियोगितामा झापाका १५ वटै पालिकाबाट ९२ जना खेलाडी सहभागी भएका थिए । प्रतियोगितामा चार समूहका १८ वटा फरक फरक विधामा प्रतिस्पर्धा भएको जिल्ला खेलकुद विकास समिति झापाका कार्यालय सचिव विष्णुकुमार नेम्माङले जानकारी दिए ।


    पहिलो चरणमा यस अघि पालिका स्तरीय छनौट प्रतियोगिता सम्पन्न भइसकेपछि दोस्रो चरणको जिल्ला स्तरीय प्रतियोगिता संचालन भएको खेलकुद विकास समिति झापाका प्रवक्ता जगन कार्की दुर्वासाले बताए । यो दोस्रो चरणको प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने खेलाडी तथा टिमले प्रदेश स्तरीय प्रतियोगितामा जानुपर्ने साथै त्यसपछिका पनि विजेता खेलाडीले चैतको पहिलो सातामा आयोजना हुने राष्ट्रिय प्रतियोगितामा सहभागीता जनाउँने प्रवक्ता दुर्वासाले जानकारी दिए । विद्यालयमा अध्ययनरत १५देखी १८ वर्ष सम्मका विद्यार्थीहरुले प्रतियोगितामा सहभागीता जनाएका हुन् । प्रतियोगितामा छात्र \ छात्रा तर्फको भलिबल ग्लोबल एडुकेयरमा भएको थियो भने कबडी र मार्सलाटका सबै खेल पशुपति अंग्रेजी माविमा संचालन भएको बताइएको छ । अन्य एथलेटिक्सका सबै खेलहरु कनकाई माविमा संचाल भएको जिल्ला खेलकुद विकास समिति झापाका अध्यक्ष भेषराज भण्डारी(प्रशान्त) ले जानकारी दिए ।


    अध्यक्ष भण्डारीको सभापतित्वमा सम्पन्न प्रतियोगिताको समापन कार्यक्रमका प्रमुख अतिथी कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेव गोम्देन, कनकाई नगर खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष रविन्द्र लम्साल, समाजसेवी शेरवहादुर थापा, लायन्स क्लव अफ कनकाई सुरुङ्गा एवं सुरुङ्गा जेसीजका संस्थापक अध्यक्ष लिलाप्रसाद चिमरीया, सुरुङ्गा जेसीजका पुर्व अध्यक्ष शिवकुमार कडेल, कनकाई माविका प्रअ कर्णबहादुर डाँगी लगायतले विजेता खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।


    प्रतियोगिताभर जिल्ला खेलकुद विकास समिति झापाका पदाधिकारीसहित विभिन्न विधाका प्रशिक्षकहरु, विद्यालयका प्रधानाध्यापक एवं शिक्षक तथा विद्यार्थीहरुको सक्रिय सहभागीता रहेको जुडो प्रशिक्षक दुर्गाराज निरौलाले जानकारी दिए । औपचारीक कार्यक्रमको संचालन कनकाई नगर खेलकुद विकास समिति सदस्य यदुका उप्रेती(उषा) ले गरेकी थिइन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    उचित विकल्प विना सुकुम्बासीलाई हटाउनु राज्य आतंक: हर्क साम्पाङ

    २०८३ बैशाख ११, शुक्रबार १८:०१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.