Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सुरुङ्गामा हुने जिल्ला स्तरीय महिला फुटबल प्रतियोगतिाको तयारी पूरा
    खेलकुद

    सुरुङ्गामा हुने जिल्ला स्तरीय महिला फुटबल प्रतियोगतिाको तयारी पूरा

    कनकाई खबरBy कनकाई खबर२०७९ फाल्गुन १४, आईतवार १७:४१ गते3 Mins Read
            

    कनकाई खबर \ झापाको कनकाईमा जिल्लास्तरीय महिला फुटबल प्रतियोगिता संचालन हुने भएको छ ।


    सातौं संस्करणका रूपमा कनकाई खेलकुद प्रतिष्ठान(कासा) ले संचालन गर्न लागेको प्रतियोगिता यहि फागुन १७ गते सुरू भइ अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर फागुन २४ गते समापन हुने बताएको छ । कनकाई खेलकुद विकास समिति सहआयोजक रहने गरी संचालन हुन लागेको प्रतियोगिताका विषयमा प्रतिष्ठानले आइतबार सुरूङ्गामा पत्रकार सम्मेलन गरि कार्यक्रमका बारेमा विस्तृत जानकारी गराएको छ ।


    स्थानीय कनकाई मावि सुरुङ्गाको खेलमैदानमा हुने प्रतियोगितामा झापाका ८ वटा टिमको सहभागिता रहने भएको छ । प्रतियोगितामा कनकाई महिला फुटबल क्लब, शिवसताक्षी महिला फुटबल क्लब, दमक महिला फुटबल क्लब, पारिजात महिला फुटबल क्लब सालबारी, जुनतारा महिला फुटबल क्लब खुदुनाबारी, बा¥हदशी महिला फुटबल क्लब, भद्रपुर महिला फुटबल क्लब र एकता महिला फुटबल क्लब चारपानेले भाग लिने निश्चित भएको प्रतिष्ठानका अध्यक्ष छबि थपलियाले जानकारी दिए ।


    ‘खेलकुद मार्फत राष्ट्र विकासको अभियान’ मूल नारा लिएर २०७१ सालमा स्थापित प्रतिष्ठानको आयोजनमा हुन लागेको यो नकआउट फुटबल प्रतियोगिताको उद्घाटन कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्यमा हुने गरी कार्यक्रम तय गरिएको उपाध्यक्ष अम्बिका खरेलले जानकारी दिएकी छन् । त्यस्तै समापन समारोहमा प्रतिनिधि सभाका उपसभामुख माननीय इन्दिरा रानामगरको प्रमुख आतिथ्य रहने उपाध्यक्ष खरेलले बताइएकी छन् ।


    प्रतियोगिता सम्पन्न गर्न ५ लाख ४ हजार ५ सय रुपैयाँ अनुमानित खर्च हुने प्रतिष्ठानका सदस्य रमेशचन्द्र मैनालीले जानकारी दिए । प्रतियोगितामा प्रथम पुरस्कार नगद ७५ हजार र दोस्रो पुरस्कार ५० हजार रहेको छ । प्रतियोगिता सम्पन्न गर्नकालागि कनकाई नगरपालिकाको प्रमुख आर्थिक सहयोग रहने र प्रथम पुरस्कार कनकाई नगर खेलकुद विकास समितिबाट प्राप्त हुने पत्रकार भेटघाटमा जानकारी दिइयो । प्रतियोगिता अवधिभर म्यान अफ द म्याच र प्रथम शिल्ड वापतको रकम कनकाई–३ निवासी व्यवसायी वीरेन्द्रप्रकाश मैनालीबाट प्राप्त हुने बताइएको छ ।

    त्यसै गरी, पत्रकार भेटघाटमा विभिन्न सामाजिक संघसंस्था, खेलप्रेमी महानुभाव र अभियन्ताहरूबाट प्रतियोगिता सम्पन्न गर्न आर्थिक, भौतिक, नैतिक सबै प्रकारका सहयोग प्राप्त हुने प्रतिष्ठानका सचिव मान्ता खरेलले विश्वास व्यक्त गरिन् । खेल सम्पन्न गर्न ६ वटा उपसमिति बनाइएको छ ।


    संयोजक ज्योतिकुमार उप्रेती, सदस्यहरू जबिन तिम्सिना, हरि कार्की, राजेन्द्र उप्रेती र नारायण पोखरेल रहेको प्रतियोगिता सञ्चालन उपसमिति बनाइएको छ भने चित्रा श्रेष्ठ संयोजक, मान्ता खरेल र भूवन खतिवडा सदस्य रहेको आर्थिक उपसमिति बनाइएको छ । गोपाल खरेलको संयोजकत्वमा हरि ओली, भरत ओली र रोशन श्रेष्ठ सदस्य रहेको प्रचारप्रसार उपसमिति गठन गरिएको छ ।


    रमेशचन्द्र मैनालीको संयोजकत्वमा हरि कार्की, हरि ओली, निलम संग्रौला, भरत ओली, रोशन श्रेष्ठ, मोहन थापा र गणेश संग्रौला सदस्य रहेको खेलमैदान व्यवस्थापन तथा स्वयंसेवक परिचालन उपसमिति बनाइएको छ ।
    त्यसैगरी, अम्बिका खरेलको संयोजकत्वमा चित्रा श्रेष्ठ र मान्ता खरेल सदस्य रहेको अतिथि स्वागत सम्मान उपसमिति गठन गरिएको छ भने हरि कार्कीको संयोजकत्वमा गोपाल खरेल, रमेशचन्द्र मैनाली र रोशन श्रेष्ठ सदस्य रहेको मञ्च व्यवस्थापन उपसमिति गठन गरिएको छ ।


    प्रतिष्ठानकी सचिव मान्ता खरेलले सहजीकरण गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रतिष्ठानका पूर्वअध्यक्ष दिननाथ खतिवडा, सल्लाहकार रामप्रसाद निरौला लगायतले प्रतियोगिताको बारेमा थप जानकारी गराएका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.