Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » महिला नेतृ कार्की र सञ्चारकर्मी खरेललाई अनेम संघ कनकाईको सम्मान
    समाचार

    महिला नेतृ कार्की र सञ्चारकर्मी खरेललाई अनेम संघ कनकाईको सम्मान

    कनकाई खबरBy कनकाई खबर२०७९ फाल्गुन १४, आईतवार १६:१५ गते2 Mins Read

    कनकाई खबर \ अखिल नेपाल महिला सङ्घ कनकाई नगर अधिवेशनमा राजनीतिकर्मी लीला कट्टेल कार्की र सञ्चारकर्मी तीर्थराज खरेललाई सम्मान गरिएको छ ।


    अखिल नेपाल महिला सङ्घ केन्द्रीय सदस्य एवम् केन्द्रीय अनुशासन आयोगका सदस्य कार्कीलाई समाज रूपान्तरण र महिला आन्दोलनमा पुर्‍याएको योगदानको लागि सम्मान गरिएको थियो भने खरेललाई कलमका माध्यमद्वारा चेतना अभिवृद्धि र श्रमजीवी महिलाका हकहितका लागि गरेको योगदानको कदर गर्दै सम्मान गरिएको थियो ।


    कनकाई नगर पूर्व उपप्रमुख एवम् अखिल नेपाल महिला सङ्घ नगर अध्यक्ष मञ्जु प्रसाईंको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि एवम् सम्मानित व्यक्तित्व कार्की, झापा क्षेत्र नं. ४ का सङ्घीय सांसद माननीय एलपी साँवा, एमाले झापा क्षेत्र नं। ४ इञ्चार्ज हीराकुमार थापा, कनकाई नगरपालिका प्रमुख राजेन्द्रकुमार पोखरेल, नगर कमिटी अध्यक्ष खड्गप्रसाद प्रसाईं, अखिल नेपाल महिला सङ्घ झापा जिल्ला अध्यक्ष पवित्रा पाठक, जिल्ला कोषाध्यक्ष कोपिला चौंलागाई, एमाले झापा क्षेत्र नं. ४ संयोजक गोकर्ण ओझा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    अनेमसङ्घ नगर कोषाध्यक्ष मीरा भट्टराईले स्वागत मन्तव्य राखेको कार्यक्रममा अध्यक्ष मञ्जु प्रसाईंले साङ्गठानिक, राजनीतिक, आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । अनेमसंघ केन्द्रीय सदस्य अम्बिका राजवंशी, जिल्ला सदस्यहरू सुनिता सिग्देल खरेल, राधिका ओली, देवीमाया खरेल, देवीमाया दाहाल, एमाले जिल्ला कमिटी सदस्यहरू रविन्द्र लम्साल, ओम पाठक, शोभा भण्डारी, धनबहादुर थेबे, कनकाई नगरका वार्ड अध्यक्षहरू सुशीलकुमार पोखरेल, बलराम प्रताप राई, दीर्घबहादुर थापा, बुद्धिजीवी टीकाप्रसाद लामिछाने लगायतको आतिथ्य रहेको थियोे ।


    कार्यक्रम नगर सचिव एवम् जिल्ला सदस्य सीता भट्टराई अधिकारीले सञ्चालन गरेका थिए । सर्वसम्मत कार्यसमिति चयनका लागि बन्द सत्रमा भएको छलफलबाट कुनै निष्कर्षमा पुग्न नसकेपछि आवश्यक तयारी पूरा गरी केही दिनपछि समिति चयनको कार्यक्रम गरिने कनकाई नगरपालिकाकी कार्यपालिका सदस्य समेत रहेकी एमाले कनकाईकी नेतृ कृष्णमाया खवासले जानकारी दिइन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    उचित विकल्प विना सुकुम्बासीलाई हटाउनु राज्य आतंक: हर्क साम्पाङ

    २०८३ बैशाख ११, शुक्रबार १८:०१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.