Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    द भ्वाइस अफ किड्स- को सेमीफाइनलमा कनकाईका सत्कार,आज बेलुका ८ः२५ बजेसम्म भोटिङ खुल्ला

    २०८३ श्रावण २२, शुक्रबार १५:१८ गते

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » प्रेस सेन्टर झापाको अधिवेशन सम्पन्न, अध्यक्षमा राजु पाठक
    राजनीति

    प्रेस सेन्टर झापाको अधिवेशन सम्पन्न, अध्यक्षमा राजु पाठक

    कनकाई खबरBy कनकाई खबर२०७९ फाल्गुन १४, आईतवार ०१:२१ गते2 Mins Read

    झापा । प्रेस सेन्टर नेपाल झापाको ९ औं जिल्ला अधिवेशनले अध्यक्षमा राजु पाठकलाई सर्वसम्मत चयन गरेको छ । १५ सदस्यीय रहेको कार्य समितिको उपाध्यक्षमा सन्तोष शर्मा, होमप्रकाश अधिकारी र शर्मिला पुरी सर्वसम्मत चयन भएका छन् भने सचिवमा पुष्प खड्का, सह–सचिवमा सुमित भण्डारी र वीरेन्द्र सुब्बा र कोषाध्यक्षमा केशव चापागाईँ चयन भएका छन् ।

    संगठनको झापाको कनकाई नगरपालिकास्थित सुकेडाँगी सामुदायिक बनको सभा हलमा शनिवार भएको अधिवेशनले सदस्यमा टिकाराम बास्तोला, दर्पण शर्मा, प्रेमबहादुर तामाङ, रतन बुढाथोकी, बाल दिवस तामाङ, पर्वत तामाङ र भोला तिम्सिनालाई चयन गरेको छ ।

    प्रेस सेन्टर नेपाल झापाका अध्यक्ष झुलन रेग्मीको अध्यक्षतामा भएको अधिवेशनको उद्घाटन कार्यक्रममा पूर्व सञ्चारमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का सचिव राम कार्की (पार्थ) को प्रमुख आतिथ्य रहेको थियो । स्वागत सङ्गठनकी उपाध्यक्ष सुश्मा कुमालले गरेको कार्यक्रमको सञ्चालन सचिव उद्धव पुरीले गरेका थिए ।

    कार्यक्रममा प्रमुख अतिथि कार्की, प्रेस सेन्टर नेपालका उपाध्यक्ष विवेक गौतम, सङ्गठनका प्रदेश १ अध्यक्ष विनोद घिमिरे, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई, सङ्गठनका पूर्व अध्यक्ष तारामणि सापकोटा, नेपाल प्रेस युनियनकी केन्द्रीय सचिव रेजिना गौतम, प्रेस चौतारी झापाका अध्यक्ष मनकुमार गद्धाल, समाजवादी प्रेस संगठन झापा उपाध्यक्ष दिलीप थापा, आदिवासी जनजाति पत्रकार महासंघ झापाकी अध्यक्ष भूमिका सुब्बा, सुकेडाँगी सामुदायिक बन उपभोक्ता समूहकी अध्यक्ष शान्ति उपाध्यक्ष घिमिरे, मेचीनगर प्रेस क्लबका अध्यक्ष डम्बर बराललगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    त्यस्तै बन्द सत्रको कार्यक्रममा नेकपा (माओवादी केन्द्र) प्रदेश १ उपाध्यक्ष तथा फ्याक्सन इन्चार्ज मणिकुमार साम्पाङ (विजय) लगायतले आ–आफ्नो भनाई प्रस्तुत गरेका थिए । सङ्गठनका केन्द्रीय सचिव विमल लामिछानेको संयोजकत्वमा गठित अध्यक्ष मण्डलको सदस्यमा तारामणि सापकोटा र डिकेश लामा सदस्य रहेका थिए । उद्घाटन कार्यक्रममा सङ्गठनका केन्द्रीय सदस्य लीलाराज झापाली, दयाराम दाहाल, सङ्गठनका प्रदेश महासचिव सुजन तिम्सिना, मोरङ अध्यक्ष अर्जुन आचार्य, प्रेस क्लब अर्जुनधाराका अध्यक्ष रमेश समदर्शी राई, हल्दिबारी प्रेस क्लबका अध्यक्ष नेत्र विक्रम बिमली, फोटो पत्रकार संघका अध्यक्ष विनोद पाण्डेलगायतको उपस्थिति रहेको थियो ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    द भ्वाइस अफ किड्स- को सेमीफाइनलमा कनकाईका सत्कार,आज बेलुका ८ः२५ बजेसम्म भोटिङ खुल्ला

    २०८३ श्रावण २२, शुक्रबार १५:१८ गते

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    द भ्वाइस अफ किड्स- को सेमीफाइनलमा कनकाईका सत्कार,आज बेलुका ८ः२५ बजेसम्म भोटिङ खुल्ला

    २०८३ श्रावण २२, शुक्रबार १५:१८ गते

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.