Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले सुरुङ्गा बन्यो खेलमय
    खेलकुद

    जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले सुरुङ्गा बन्यो खेलमय

    कनकाई खबरBy कनकाई खबर२०७९ फाल्गुन १३, शनिबार ०५:०७ गते3 Mins Read


    कनकाई खबर \ झापाको कनकाईमा भएको जिल्ला स्तरीय १३ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका कारण यतिबेला कनकाईको सुरुङ्गा खेलमय बनेको छ ।

    झापा जिल्ला खेलकुद विकास समितिको आयोजना एवं कनकाई नगर खेलकुद विकास समितिको समन्वयमा कनकाई नगरपालिकाका विभिन्न विद्यालय तथा खेल मैदानमा भएको प्रतियोगिताका कारण कनकाईको सुरुङ्गा खेलमय बनेको हो । प्रतियोगितको उद्घाटन झापा क्षेत्र नं. ४ का सांसद एलपी साँवा लिम्बू एवं कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले गरे ।

    प्रतियोगिताको उद्घाटन समारोह कनकाई माविमा भएको थियो । झापाका विभिन्न १५ पालिकाबाट छनौट भएका विद्यालय स्तरका १८ बर्ष मुनिका विद्यार्थीहरु प्रतिस्पर्धामा सहभागि भएका छन । प्रतियोगीतामा भलिबल , कबड्डी , एथलेटिक्स र मार्शल आर्टस् गरि ४ समुहका १८ वटा फरक फरक प्रतिस्पर्धाबाट छनौट भएका प्रत्येक पालिकाका ९२ खेलाडिको प्रतियोगितामा सहभागिता रहने छ भने जम्मा १ हजार ३ सय ८० खेलाडिहरुले प्रतिस्पर्धा गर्ने जिल्ला खेलकुद विकास समिति झापाका अध्यक्ष भेषराज भण्डारी (प्रशान्त) ले जानकारी दिए ।

    जिल्ला स्तरिय प्रतियोगितामा प्रथम हुने खेलाडी तथा टिम इभेन्टमा प्रथम हुने टिम प्रदेश स्तरीय प्रतियोगितामा सहभागी गराईने र प्रदेशबाट प्रथम हुने खेलाडीलाई यहि चैत्रमा आयोजना हुने राष्ट्रपति रनिङ्ग शिल्ड राष्ट्रिय प्रतियोगितामा सहभागी गराईने जानकारी गराइएको छ । जिल्ला खेलकुद विकास समिति झापाका अध्यक्ष भण्डारीको सभापतित्व रहेको उद्घाटन कार्यक्रममा अध्यक्ष भण्डारीले स्वागत सहित प्रतियोगिताको औचित्यमाथी प्रकाश पारेका थिए ।
    उद्घाटन समारोहका अवसरमा सुक्रवार भएको प्रतियोगितामा १५ सय मिटर छात्रको दौडमा हल्दिवारी गाउँपालिकाका प्रज्वल रायमाझी प्रथम, दमक नगरपालिकाका राजेश लिम्बु दोस्रो र अर्जुनधारा नगरपालिकाका बवि चौधरी तेस्रो भए । यसैगरि छात्रातर्फ भद्रपुर नगरपालिकाकी सुस्मिता राई प्रथम, हल्दिवारी माविका राधन हास्दा दोस्रो र झापा गाउँपालिकाकी बिनिता मण्डलले तेस्रो स्थान प्राप्त गरे । यसैगरि सटपुट थ्रोमा छात्र तर्फ गौरादहका मन्जील राजवंशी प्रथम, कमल गाउँपालिकाका दिपक राया दोस्रो र बुद्धशान्ति गाउँपालिकाका अभिषेक योगी तेस्रो भएको कनकाई नगर खेलकुद विकास समितिका अध्यक्ष जविन तिम्सिनाले जानकारी दिए ।

    कार्यक्रम संयोजक समेत रहेका अध्यक्ष तिम्सिनाले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरेको उद्घाटन कार्यक्रममा प्रमुख अतिथी झापा क्षेत्र नं.४ का प्रतिनिधि सभा सदस्य साँवा, कनकाई नगरपालिकाका प्रमुख पोखरेल, हल्दिवारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङदेन, जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख शिवराम पोखरेल, राष्ट्रिय खेलकुद विकास बोर्ड प्रदेश १ का सदस्य सचिव हंशराज वाग्ले लगायतले शुभकामना मन्तव्य राखेका थिए ।


    कनकाई नगर खेलकुद विकास समिति सदस्य यदुका उप्रेतीले संचालन गरेको कार्यक्रममा संविधान सभा सदस्य अम्बिका राजवंशी, कनकाई नगरपालिकाकी उपप्रमुख आशा शिवाकोटी, झापाका प्रहरी प्रमुख, शशस्त्र प्रहरी प्रमुख लगायत कनकाई नगरपालिकासहित अन्य पालिकाका जनप्रतिनिधिहरु, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, विभिन्न खेल विधाका प्रशिक्षकहरु, झापाका विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी सहित विभिन्न सामाजिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिती रहेको बताइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    उचित विकल्प विना सुकुम्बासीलाई हटाउनु राज्य आतंक: हर्क साम्पाङ

    २०८३ बैशाख ११, शुक्रबार १८:०१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.