Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कृषकको उत्पादनलाई प्रोत्साहन गर्न कनकाईमा कृषि मेला प्रदर्शनी
    समाचार

    कृषकको उत्पादनलाई प्रोत्साहन गर्न कनकाईमा कृषि मेला प्रदर्शनी

    कनकाई खबरBy कनकाई खबर२०७९ फाल्गुन ११, बिहीबार ०६:४० गते3 Mins Read


    कनकाई खबर \ झापाको कनकाई नगरपालिकामा एकदिवसीय कृषि मेला प्रदर्शनी सम्पन्न भएको छ ।

    आफ्नै प्रयासमा प्राङ्गारीक मल उत्पादन गरी विषादीरहित जैविक पालिका बनाउँने अभियान चलाएको कनकाई नगरपालिकाले कृषकको उत्पादनलाई प्रोत्साहन गर्न पहिलो पटक कृषि मेला प्रदर्शनीको आयोजना गरेको बताइएको छ ।


    कारितास नेपाल तथा कनकाई नगरपालिकाको साझेदारीमा कनकाई –३सुरुङ्गा स्थित लोकमार्ग उत्तर तर्फको नयाँ कृषिबजारमा मेला प्रदर्शनी भएको हो । कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको अध्यक्षता एवं प्रदेश सरकारका कृषि, सहकारी तथा उद्योग मन्त्री भक्तिप्रसाद सिटौलाको प्रमुख आतिथ्य रहेको कृषि मेला प्रदर्शनीमा कृषि उपजका विभिन्न १३ वटा स्टलहरु राखिएका थिए ।प्रदर्शनीमा कनकाईसहित िशवसताक्षी, कमल, गौरादहका समेत गरेर करिव ५ सय कृषकहरुको सहभागिता रहेको बताइएको छ ।

    कृषि मेलाप्रदर्शनीमा कनकाई नगरपालिकाको बालकल्याण एकाई, विभिन्न महिला कृषक समूह लगायतको स्टल राखेको बताइएको छ । त्यस्तै कृषकका उत्पादनहरु कोपी, मूला, टमाटर, लहरे बाली, कोसेबाली, तेलहन तथा दलहन, जरेबाली, नगदे तथा सागबाली, अन्नबाली, फलफुल तथा फुलबाली लगायत स्थानीय कंक्रिट उद्योगका उत्पादन, घरेलु उत्पादन अन्तर्गतको झोला, मौरीको मह, अचारका विभिन्न परिकारहरु स्टलमा राखिएको कारितास नेपालका परियोजना अधिकृत हिमालय अधिकारीले जानकारी दिए । स्टलमा राखिएका उत्पादनहरुको मुल्याङ्कनका आधारमा ५२ जना कृषकहरु पुरस्कृत भएको परियोजना अधिकृत अधिकारीले कनकाई खबरलाई बताए ।


    पुरस्कृत सबैलाई कार्यक्रमका प्रमुख अतिथी प्रदेश सरकारका कृषि, सहकारी तथा उद्योग मन्त्री सिटौला,कनकाई नगरपालिकाका प्रमुख पोखरेल, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय प्रदेश नं.–१का सचिव मेघनाथ तिमल्सिना,कनकाई नगरपालिकाकी उपप्रमुख आशा शिवाकोटी, कारितास नेपालका क्षेत्रीय प्रवन्धक देवेन्द्र पोखरेल, गौरादह कृषि क्याम्पसका उप–प्राध्यापक सन्तोष खनाल लगायतले कृषि औजार प्रदान गरेका थिए । प्रथम हुने कृषक समूह वा व्यक्तिले कोदालो, हजारी र सुक्ष्म खाद्यतत्व, दोस्रो हुनेले कोदालो र हजारी मात्र र तेस्रो हुनेले कोदालो मात्र प्राप्त गरेको जनाइएको छ । त्यस्तै सान्त्वना पुरस्कार समेत कृषि कर्ममा आवश्यक पर्ने सामाग्री वितरण गरिएको बताइएको छ । पुरस्कृत हुने कृषकहरु तीन सदस्यीय निर्णायक मण्डलीको निर्णयका आधारमा छनौटमा परेका हुन । निर्णायक मण्डलीमा गौरादह कृषि क्याम्पसका प्राध्यापक सुबोध खनाल, कृषि ज्ञान केन्द्र झापाका प्राविधिक गणेश शिवाकोटी र अर्पणा राय रहेका थिए ।


    कृषकहरुलाई प्राङ्गारीक खेतीतर्फ उन्मुख गराउँदै कृषि तथा पशुपालनका क्षेत्रमा आत्मनिर्भर बनाउने उद्येश्यका साथ कनकाई नगरपालिका क्षेत्रका कृषकहरुलाई लक्षित गरी कृषि मेला प्रदर्शनीको सुरुवात गरिएको कनकाई नगर प्रमुख पोखरेलले बताए ।कृषि मेला प्रदर्शनीलाई आगामी वर्षमा समेत निरन्तरता दिँदै अघि बढ्ने जानकारी दिँदै नगर प्रमुख पोखरेलले समाजमा अत्यन्तै धेरै परिश्रम गर्ने नागरिकका रुपमा रहेका कृषकहरुको उत्पादनलाई बजारसँग जोड्ने विषयमा कनकाई नगरपालिकाले अभियान संचालन गर्ने प्रतिवद्धता जनाए ।


    कार्यक्रममा सहभागी कृषकहरुलाई सम्बोधन गर्दै नगर प्रमुख पोखरेलले कृषकको उत्पादनलाई सित भण्डारणमा व्यवस्थापन गर्ने गरी हेफर प्रोजेक्ट नेपालसँगको सहकार्यमा कनकाई नगरपालिकाले नयाँ कृषि बजार संचालनमा ल्याउँन लागेको जानकारी दिए ।कृषि उत्पादनलाई वैज्ञानीक बनाउँन कृषिसँग सम्बन्धित रिसर्च सेन्टरसँग समन्वय भइरहेको बताउँदै नगर प्रमुख पोखरेलले चाँडै सम्झौता गरेर कृषि तथा पशुपालनका क्षेत्रलाई थप विश्वसनीय र भरपर्दो बनाउँने जनाएका छन् ।


    कनकाई नगरपालिकाकी उपप्रमुख आशा शिवाकोटीले स्वागत मन्तव्य राखेको कार्यक्रममा कारितास नेपालका क्षेत्रीय प्रवन्धक देवेन्द्र पोखरेलले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै आईपिएम खेती प्रवद्र्धनलाई उत्पादनमुखी बनाउन कृषि मेला प्रभावकारी बन्ने बताए । कनकाई नगरपालिकासँगको साझेदारीमा कारितास नेपालले विगत तीन वर्षदेखी कृषक पाठशाला कार्यक्रम संचालन गर्दै आएको कारितास नेपालका क्षेत्रीय प्रवन्धक पोखरेलले जानकारी दिए। कृषि तथा पशुपंक्षी विकास मन्त्रालय प्रदेश १ का सचिव मेघनाथ तिमल्सिनाले शुभकामना मन्तव्य राखेको कार्यक्रममा कनकाई ३ का वडाअध्यक्ष युवराज चम्लागाईँ, वडा नंं.४ का वडाअध्यक्ष रोशन सुवेदी, वडा नं.८ का वडाअध्यक्ष लिलावहादुर कटुवाल लगायत अन्य वडाका जनप्रतिनिधि, कार्यपालिका सदस्य सहित नगरका विभिन्न वडाका कृषकहरुको उपस्थिती रहेको थियो । औपचारीक कार्यक्रमको संचालन कारितास नेपालका कृषि प्राविधिक टंक प्रसाद कट्टेलले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    उचित विकल्प विना सुकुम्बासीलाई हटाउनु राज्य आतंक: हर्क साम्पाङ

    २०८३ बैशाख ११, शुक्रबार १८:०१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.