Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » नेकपा एमालेको २ महिने ‘मिसन ग्रासरुट’ अभियान झापामा सुरु
    राजनीति

    नेकपा एमालेको २ महिने ‘मिसन ग्रासरुट’ अभियान झापामा सुरु

    कनकाई खबरBy कनकाई खबर२०७९ फाल्गुन १०, बुधबार १४:०२ गते2 Mins Read

    झापा \ नेपाल कम्युनिष्ट पार्टी एमाले झापा जिल्ला कमिटीको छैटौं पूर्ण बैठक पार्टीको नयाँ अभियान ‘मिसन ग्रासरुट’मा केन्द्रित छलफल र कार्यक्रमहरु तयारी गर्दै सम्पन्न भएको छ ।

    पार्टीका जिल्ला अध्यक्ष दिपक कार्कीको अध्यक्षतामा केन्द्रीय कमिटी सचिव टोपबहादुर रायमाझीको प्रमुख आतिथ्यमा आज बिर्तामोडमा बैठक सम्पन्न भएको हो । पार्टी केन्द्रीय कमिटीले फागुन ७ गतेदेखि सञ्चालन गरेको पार्टी सुदृढिकरण अभियान ‘मिसन ग्रासरुट’सँग सम्बन्धित रहेर बैठक सञ्चालन गरिएको बैठक पछि जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

    बैठकमा निर्देशनात्मक मन्तब्य राख्दै केन्द्रीय कमिटीका सचिव रायमाझीले पार्टीका सबै तहका कमिटीहरुलाई पुनः ताजगी गराउन मिसन ग्रासरुट अभियान अघि सारिएको बताए । पाँच वर्षपछि तीनै तहको निर्वाचनमा कम्तीमा ५१ प्रतिशत जनमत सुनिश्चित गर्न अभियानले आधार तयार गर्ने उनको भनाई छ ।

    बैठकमा पार्टी स्थायी कमिटीका सदस्य तथा प्रदेश १ कमिटीका इन्चार्ज राजेन्द्र गौतमले नेकपा एमालेको वैचारिक बाटो सुस्पष्ट भएकोले जनताको वहुदलीय जनवादको मार्गबाटै समाजवाद तर्फ यात्रा गर्न सकिने बताए ।

    बैठकमा पार्टी स्थायी कमिटीका सदस्य तथा झापाका इन्चार्ज अग्नि खरेल, प्रदेश कमिटी अध्यक्ष तुलसी न्यौपानेले विषय केन्द्रित मन्तब्य राखेका थिए । अध्यक्ष कार्कीले हस्ताक्षर गरी जारी प्रेस विज्ञप्तिमा मिसन ग्रासरुटका बारेमा प्रष्ट्याइएको छ ।

    के हो मिसन ग्रासरुट

    नेकपा (एमाले)को पार्टी सुदृढीकरण तथा विस्तारका लागि तय गरिएको नयाँ अभियान ‘मिसन ग्रासरुट’ हो । पार्टीको संगठन थप मजबुद बनाउन ‘मिसन ग्रासरुट’ अभियान थालिएको हो । यो अभियान पार्टीको ‘होल बडी चेकअप’ जस्तै भएकाले अभियानले पार्टीलाई अझ व्यवस्थित बनाएर लैजानेछ ।

    नेकपा (एमाले)का नीति, विचार, सिद्धान्त र कार्यक्रम अरू कुनै पार्टीसँग दाँज्न नमिल्ने बरु यिनै विषयहरू जनताका बीचमा लगेर समाज रूपान्तरणको अभियान चलाइरहेकोले मिसन ग्रासरुट यसैमा केन्द्रित हुने गरी बनाइएको कार्यक्रम हो ।

    २०७९ फागुन ७ गते पार्टी अध्यक्ष केपी शर्मा ओलीले सातै प्रदेश कमिटीको बैठकमा भर्चुअल माध्यमबाट उद्घाटन गरेको दुई महिने ‘मिसन ग्रासरुट’ अभियानले एमालेका नेता कार्यकर्ताहरुमा उत्साह थप्ने विश्वास गरिएको छ ।

    पार्टीका सबै नेता कार्यकर्ता एउटै लयमा हिँड्नु पर्नेमा कहिलेकाहीँ अन्तविरोधहरू देखिने गरेकाले अनौपचारिक संवादका माध्यमबाट पनि समझदारी कायम गरेर अघि बढ्न मिसन ग्रासरुट औजार बन्नेमा पार्टीले विश्वास लिएको जनाइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.