Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » राष्ट्रपति निर्वाचनः समीकरण बनाउने र भत्काउने खेलमा प्रमुख राजनीतिक दल
    राजनीति

    राष्ट्रपति निर्वाचनः समीकरण बनाउने र भत्काउने खेलमा प्रमुख राजनीतिक दल

    कनकाई खबरBy कनकाई खबर२०७९ फाल्गुन १०, बुधबार ०२:५१ गते4 Mins Read

    काठमाडौं \ राष्ट्रपति निर्वाचनको मिति नजिकिँदै जाँदा शीर्ष नेताहरूको दृश्य–अदृश्य आन्तरिक छलफलले नेपाली राजनीति झनझन पेचिलो बन्दै गइरहेको छ । प्रमुख दलका शीर्ष नेताहरूको दृश्य–अदृश्य छलफल, नयाँ–नयाँ प्रस्ताव तथा समीकरण बनाउने र भत्काउने खेलले थप पेचिलो बन्दै गएको हो ।

    राष्ट्रपतिको निर्वाचन यही २५ फागुनमा हुँदै छ । आज (बुधबार १० फागुन) मतदाता नामावली प्रकाशन र १३ फागुन शनिबारका दिन उम्मेदवारी मनोनयनपत्र दर्ता गर्नुपर्ने निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरिसकेको छ । तर, राष्ट्रपति कुन दलले पाउने र उम्मेदवार को हुने भन्ने टुंगो अझै लाग्न सकेको छैन ।

    निरन्तर छलफलमा रहेका शीर्ष नेताहरूको आ–आफ्नै रणनीति छ । दृश्य–अदृश्य रूपमा भइरहेका छलफलले नयाँ समीकरण बनाउने र भत्काउने खेलमा अहिले शीर्ष नेताहरू रणनीतिक रूपमा सक्रिय छन् । कुन दल र को राष्ट्रपति हुने भन्ने कुरा निश्चित हुन अझै केही समय लाग्ने छलफलमा जुटेका नेताहरूको धारणा छ ।

    संघीय संसद्का दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) का सांसद र प्रदेशसभाका सांसदले मात्रै मतदान गर्न पाउने सो निर्वाचनमा प्रमुख दल काँग्रेस र एमालेले आ–आफ्नो पक्षमा बहुमत जुटाउने प्रयास भित्रभित्रै गरिरहेका छन् । राष्ट्रपति निर्वाचनमा मतदाता निश्चित रहेकाले दलीय समीकरण कस्तो बन्ने हो ? त्यसैबाट राष्ट्रपति को बन्छ ? भन्ने प्रस्ट हुनेछ ।

    अझ यसमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिकेन्द्रले समेत चलखेल सुरु गरिसकेकाले थप पेचिलो बनेको छ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रिय सहमतिमै राष्ट्रपति चयन गर्नुपर्ने अडानमा छन् । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले १० पुसको सहमतिनुसार एमालेकै भागबाट राष्ट्रपति निर्वाचित गर्नुपर्ने अडान लिँदै आएका छन् ।

    प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस भने एमाले र माओवादी केन्द्रबीच झगडा गराएर गठबन्धन भत्काउने र राष्ट्रपति हत्याउने दाउमा छ । प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिको विषय निकाल्दा एमालेले असन्तुष्टि व्यक्त गर्दै आएको छ । यता, कांग्रेस अब आफूहरूले नै राष्ट्रपति पाउनेमा आशावादी छ । ठूला दलका जस्तै साना दलका पनि आफ्नै स्वार्थ छन् ।

    एमालेका उपमहासचिव एवं प्रवक्ता पृथ्वीसुब्बा गुरुङले एमालेले प्रस्ताव गरेकै नाममा राष्ट्रिय सहमति जुट्ने बताए । सत्तारूढ गठबन्धन भत्किनसकेको बताउँदै उनले पूर्वसहमति कार्यान्वयन गर्दै एमालेकै प्रस्तावमा राष्ट्रिय सहमति जुटाउन पार्टी अध्यक्ष सक्रिय रूपमा छलफलमा रहेको बताए ।

    प्रधानमन्त्री प्रचण्डले यसबीचमा विभिन्न दलका नेतासँग छलफल जारी राखेका छन् । प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष ओली, कांग्रेस सभापति शेरबहादुर देउवासहित अन्य शीर्ष नेताहरूसँग छलफलमै छन् । मंगलबार लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) नेताहरूसँग प्रचण्डले प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरे । छलफलमा लोसपाका नेताहरूले पार्टी अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रिय सहमतिको राष्ट्रपति बनाउन प्रस्ताव गरेका छन् । लोसपा नेताहरूले अब ओली, देउवालगायतका नेतासँग समेत यस’boutमा छलफल गर्ने जनाएका छन् ।

    उता, एमाले अध्यक्ष ओलीले समेत छलफललाई निरन्तरता दिएका छन् । प्रचण्डलाई प्रधानमन्त्री बनाउँदा १० पुसमा एमालेबाट राष्ट्रपति बनाउने ‘भद्र’ सहमति भएको थियो । तर, २६ पुसमा कांग्रेसले पनि प्रधानमन्त्रीमा प्रचण्डलाई विश्वासको मत दिएपछि राजनीतिले नयाँ मोड लियो । कांग्रेसले विश्वासको मत दिएपछि प्रधानमन्त्री प्रचण्डसहित माओवादी केन्द्रका नेताहरूका बोली फेरिन थाल्यो ।

    माओवादी केन्द्रका सचिव गणेश साहले बदलिँदो राजनीतिक र मुलुकको आर्थिक अवस्था सुधार ल्याउन राष्ट्रिय सहमतिको विकल्प नभएको बताए । सोहीनुसार प्रधानमन्त्री प्रचण्डलाई सबैले विश्वासको मत दिएपछि राष्ट्रपति पनि राष्ट्रिय सहमतिमै चयन गरी राजनीतिक र आर्थिक अवस्था बलियो बनाउनुपर्ने उनले बताए ।

    को–को छन् राष्ट्रपतिका उम्मेदवार ?


    राष्ट्रपति आफ्नो पार्टीको भागमा पार्न र बहुमत जुटाउने कसरतमा जुटेका शीर्ष नेताहरूका बीचमा विभिन्न नाममा छलफल जारी छ । तर, कुनै नाममा सहमति जुटेको छैन । यद्यपि, शीर्ष नेताहरूको आन्तरिक गृहकार्य र छलफल अझै जारी नै छ ।

    एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षत्रय अष्टलक्ष्मी शाक्य, सुवास नेम्वाङ, युवराज ज्ञवाली, उपमहासचिव विष्णु रिमालदेखि बाग्मती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौड्याल, महिला नेतृ गोमा देवकोटालगायतको नाम चर्चामा रहेको छ । यी नेताले पार्टीभित्र राष्ट्रपतिका लागि लबिइङ गरिरहेका छन् । तर, कुनै पनि नेताले अध्यक्ष ओलीबाट सुनिश्चता पाएका छैनन् ।

    कांग्रेसबाट सभापति देउवासहित वरिष्ठ नेताद्वय रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ, मानबहादुर विश्वकर्मासहितका नेताहरूको नाम चर्चामा छ । देउवा आफैं उम्मेदवार बन्ने कि नबन्ने दोधारमा छन् । तर, कांग्रेसका अन्य नेता आफू उम्मेदवार हुनैपर्ने भनेर लागिसकेका छन् ।

    माओवादी केन्द्रबाट उम्मेदवारका आकांक्षी कोही पनि छैनन् । यद्यपि, माओवादी केन्द्रबाटै उपराष्ट्रपति भएका नन्दबहादुर पुन राष्ट्रपतिको चाहनामा छन् । तर, माओवादीको भागमा राष्ट्रपति नपर्ने निश्चित भएकाले माओवादीबाट अन्य कसैको पनि चर्चा छैन ।

    एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल राष्ट्रपतिको उम्मेदवार बन्ने चर्चा छ । एमाले अध्यक्ष ओलीले दुवै नेतालाई राष्ट्रपतिका लागि प्रस्ताव गरेका बताइएको छ । तर, त्यसका लागि एमालेसँग एकीकृत समाजवादीले एकता गर्नुपर्ने सर्त ओलीको छ ।

    उता, लोसपाबाट महन्थ ठाकुरलाई राष्ट्रिय सहमतिको राष्ट्रपति उम्मेदवार बनाउन प्रस्ताव आएको छ । प्रधानमन्त्री प्रचण्डलाई लोसपा नेताले सो प्रस्ताव गरेका छन् । ठाकुरप्रति प्रचण्ड र ओली दुवै सकारात्मक छन् तर सहमति जुटेको छैन ।

    यसैगरी, गैरराजनीतिकर्मीको नाम पनि चर्चामा छ । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, पूर्वसभामुख दमननाथ ढुंगाना, पूर्वमन्त्री एवं पूर्वराजदूत नीलाम्बर आचार्यलगायतका नाम पनि राष्ट्रपतिका लागि चर्चामा छन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    उचित विकल्प विना सुकुम्बासीलाई हटाउनु राज्य आतंक: हर्क साम्पाङ

    २०८३ बैशाख ११, शुक्रबार १८:०१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.