Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » युग सुहाउँदो प्रविधिमैत्री शिक्षा अब नवयुग शिक्षा निकेतनमा
    शिक्षा

    युग सुहाउँदो प्रविधिमैत्री शिक्षा अब नवयुग शिक्षा निकेतनमा

    कनकाई खबरBy कनकाई खबर२०७९ फाल्गुन ८, सोमबार ०७:२४ गते3 Mins Read


    कनकाई खबर \ झापाको कनकाई–१ दुर्गापुरस्थित नवयुग शिक्षा निकेतनले विद्यार्थीलाई युग सुहाउँदो प्रविधिमैत्री शिक्षामा जोड दिने भएको छ ।

    विद्यालय परिसरमा विविध साँस्कृतिक प्रस्तुतीसहित सम्पन्न भएको २६औं वार्षिकोत्सव एवं अभिभावक दिवसको विशेष कार्यक्रममा विद्यालयको भावी योजनासहितको मन्तव्य राख्दै विद्यालयका संचालक एवं प्रिन्सिपल प्रफुल्ल पोखरेलले विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने योग्य नागरिक उत्पादन गर्ने योजनाका साथ विद्यालय परिवार अघि बढेको बताए । बालबालिकाहरुको चौतर्फी विकासकालागि अतिरिक्त क्रियाकलापसँगै गुणस्तरीय शिक्षा आर्जनकालागि अब टाढा जानु नपर्ने कुरामा विश्वास दिलाउँदै प्रिन्सिपल पोखरेलले आगामी शैक्षिक वर्षदेखि वार्षिक क्यालेण्डर तयार पारी युग सुहाँउदो प्रविधिमैत्री शिक्षालाई प्राथमिक्ताका साथ अघि बढाउँने प्रतिवद्धता जनाएका हुन् ।सम्पूर्ण अभिभावकहरुको साथ सहयोगबाट विद्यालय प्रगतिको बाटो तर्फ अघि बढेको भन्दै प्रिन्सिपल पोखरेलले विद्यालयको यो वर्षको मुख्य एजेन्डा “क्वान्टिटी होइन क्वालिटी” रहेको जानकारी गराए ।


    केही वर्षदेखी करिव दुई विगाहा जमिनको क्षेत्रफलमा विद्यालयले पूर्ण रुपमा स्वामित्व प्राप्त गरेको बताउँदै प्रिन्सिपल पोखरेलले करिव दश महिना अघिदेखि नयाँ प्याकेजका साथ आँफुले विद्यालयको प्रिन्सिपलको जिम्मेवारी सम्हाल्दै आएको बताए । लामो समयदेखि विद्यालयमा कार्यरत शिक्षक शिक्षिका साथै सचेत अभिभावकहरुसँगको सहकार्यमा विद्यालयमा अध्ययनसँगै अतिरिक्त क्रियाकलापका गतिविधि संचालन हँुँदै आएको प्रिन्सिपल पोखरेलले प्रष्ट पारे । आगामी वर्षबाट विद्यालयले थप अतिरिक्त कक्षासँगै छात्रावास (होस्टल) समेत संचालन गर्ने योजना रहेको बताइएको छ ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेलेन वस्ती पोखरेलको सभापतित्व एवं प्याब्सन नेपालका केन्द्रिय सदस्य लक्ष्मीप्रसाद (एल.पी.) उप्रेतीको प्रमुख आतिथ्य रहेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी उप्रेतीले कनकाईमा अंग्रेजी शिक्षा अध्ययन अध्यापनको प्रारम्भ गर्ने कार्यमा यस क्षेत्रका अग्रज शिक्षासेवी सामाजिक व्यक्तित्व स्व.गणेशप्रसाद पोखरेल र स्व.गंगाप्रसाद उप्रेतीको योगदानलाई कहिल्यै बिर्सन नहुने भन्दै आफ्नो मन्तव्यका क्रममा स्व.पोखरेल र उप्रेतीप्रति श्रद्धासुमन अर्पण गरे । आफ्ना अभिभावकको सपना साकार पार्ने पवित्र उद्येश्य लिएर यस क्षेत्रका समाजसेवी एवं राजनीतिक व्यक्तित्व राजेन्द्रकुमार पोखरेलले आजभन्दा २६ वर्ष अघि दुर्गापुरमा ब्राइटफ्युचर नामको अंग्रेजी विद्यालय स्थापना गरी स्थानीयस्तरको शैक्षिक विकासमा पुर्याएको योगदान अत्यन्तै महत्वपूर्ण भएको कार्यक्रमका प्रमुख अतिथी उप्रेतीले प्रष्ट पारे । क्रमिक रुपले स्थानीय अभिभावकहरुको मन जित्न सफल भएको यस विद्यालयले युग सुहाउँदो शिक्षा प्रदान गर्ने उद्येश्यका साथ नव युग शिक्षा निकेतनका रुपमा विकास भइ विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने विद्यार्थी उत्पादन गर्दै आएको भन्दै कार्यक्रमका प्रमुख अतिथी उप्रेतीले विद्यालयको थप सफलतको कामना गरे ।


    शैक्षिक गुणस्तरको पहिलो आधार भौतिक संरचनाको उचित व्यवस्थापन हो भन्ने कुरालाई जोड दिँदै प्रमुख अतिथी प्याव्सन नेपालका केन्द्रिय सदस्य उप्रेतीले नवयुग शिक्षा निकेतनको भौतिक संरचनालाई हेर्दा अन्य विद्यालयको तुलनामा यसले उत्कृष्ट शिक्षा प्रदान गर्न सक्ने एउटा बलियो उदाहरण सबैका सामु घाम र जुन जस्तै छर्लङ्ग भएको बताए ।

    विभिन्न जातजातीको भेषभुषामा सजिएका विद्यालयका विद्यार्थीहरुको सांगितीक प्रस्तुतीले कार्यक्रममा सहभागी दर्शकहरुको मन जितेको थियो । विद्यालयमा लामो समयदेखि अतिरिक्त क्रियाकलापका साथै संगीत तर्फका कक्षाहरु समेत संचालनमा रहेको विद्यालयका सहायक प्रिन्सिपल खड्ग कार्की(राजन) ले जानकारी दिए । संगीत तर्फ प्रशिक्षकका रुपमा यस क्षेत्रकै लोकप्रिय नृत्य प्रशिक्षक अमन गुप्ताले प्रशिक्षण दिइरहेको बताइएको छ । कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थी सेविना ओलीको निर्देशन रहेको दाइजो प्रथा सम्बन्धिको सचेतनामुलक लघु नाटक कक्षा ७ मा अध्ययनरत विद्यार्थीहरुबाटै प्रस्तुत भएको थियो । कार्यक्रममा विद्यालयमा स्थापना गरिएको मुना स्मृति कोषबाट २०७८ को एसइइमा उत्कृष्ट अंक ल्याएर पास गर्ने विद्यार्थी सारांश कार्की र प्रेरणा प्रधानलाई पुरस्कार स्वरुप नगद प्रदान गरिएको थियो ।


    विद्यालयका सहायक प्रिन्सिपल खड्गबहादुर कार्कीले स्वागत गरेको औपचारिक कार्यक्रममा कनकाई नगरपालिकाकी उपप्रमुख आशा शिवाकोटी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं पूर्व प्रिन्सिपल राजेन्द्र सिटौला, कक्षा १० की छात्रा अनुशा काफ्ले लगायतले मन्तव्य राखेका थिए । शिक्षकद्वय मनोज थापा र बिमला रिजालले औपचारिक कार्यक्रमको संचालन गरेका थिए भने सांस्कृति कार्यक्रमको संचालन विद्यालयका विद्यार्थीहरु उत्सव निरौला, कृष्टि अधिकारी, श्रमिका खड्का, स्नेहा खड्का, प्रार्थना पोखरेल र सदिक्षा कोइरालाले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.