Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » ‘दलकर्मी होइन, पेसाकर्मी शिक्षकको खाँचो’–प्रा. डा. कोइराला
    शिक्षा

    ‘दलकर्मी होइन, पेसाकर्मी शिक्षकको खाँचो’–प्रा. डा. कोइराला

    कनकाई खबरBy कनकाई खबर२०७९ फाल्गुन ७, आईतवार १५:०८ गते3 Mins Read


    कनकाई खबर \ शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले दलकर्मी होइन, पेसाकर्मी शिक्षक आजको मुलुकको खाँचो रहेको बताएका छन् ।

    कनकाई नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा आयोजित कनकाई नगर स्तरीय शैक्षिक अन्तरक्रियात्मक कार्यक्रममा प्रमुख सहजकर्ताको रूपमा बोल्दै प्रा.डा. कोइरालाले उक्त कुरा बताएका हुन् । उनले हरेक समयमा शिक्षण र विद्यार्थीको स्तर उकास्ने कुरामा चिन्तन गर्ने शिक्षक हुनसकेमा मात्र आशातीत सफलता प्राप्त हुनेमा जोड दिए । दलीयकरणले शिक्षा क्षेत्रमा नकारात्मक प्रभाव परेको बताउँदै राजनीतिप्रति सचेत तर शिक्षण पेशाप्रति प्रतिबद्ध पेसाकर्मी बन्ने शिक्षक मात्र वास्तविक अर्थमा शिक्षक हुने उनको दावी थियो । त्रिभुवन विश्वविद्यालयका शिक्षाशास्त्र सङ्कायका प्राध्यापक कोइरालाले शिक्षामा गुणस्तरका लागि शिक्षककै सबैभन्दा बढी भूमिका हुने विचार राखे । उनले आजको शिक्षा विद्यार्थीलाई समाजसँग जोड्ने व्यावहारिक हुनुपर्ने बताए । शिक्षकले आफ्नो मूल्याङ्कन आफैं गर्दै विद्यार्थीलाई सिकाइका लागि सहजीकरण गर्नुपर्ने र शिक्षकले कक्षाकोठामा विद्यार्थीको क्षमता र इच्छा अनुरूप सिकाइमा प्रोत्साहित गर्नुपर्नेमा उनको जोड थियो ।


    सानो कुराबाट ठूलो परिवर्तन ल्याउन सकिनेमा जोड दिँदै डा. कोइरालाले भने, ‘शिक्षकको शिक्षा नीति र पाठ्यक्रम निर्माण तथा पुस्तक लेखनमा भूमिका नहुने र यी कुरा शिक्षकले चाहेर पनि बदल्न सक्दैन, तर शिक्षकले शिक्षण कला र शैली बदल्न सक्छन् ।’ नेपालमा शिक्षाको अवस्थालाई परिवर्तन गर्न शिक्षकको भूमिका अहम् हुने भएकाले प्रश्न सोध्न सक्ने र खोजेको ज्ञानलाई संश्लेषण गर्ने विद्यार्थी उत्पादन गर्नुपर्ने, गरीखाने सीप दिने, समाजसँग जोडिने विद्यार्थी गुणस्तरीय शिक्षाका मापदण्ड हुनसक्ने उनको दृष्टिकोण थियो । किताबबाट जिन्दगी पढाउने शैलीलाई बदलेर जिन्दगीबाट किताब पढाउने शैली अबलम्बन गर्न सकेमा सुल्टो मार्गमा हिँडिने उनको तर्क थियो । बालबालिका जन्मसिद्ध वैज्ञानिक, जिज्ञासु र प्रश्नकर्ता रहेकोमा जोड दिँदै डा. कोइरालाले श्रमप्रति आस्था र सम्मान सृजना गराउनसक्ने शिक्षा आजको आवश्यकता भएको बताए ।

    शिक्षा क्षेत्रमा समस्या छ र समाधान पनि छ भन्ने सच्चाइलाई सबै पक्षले आत्मसात गर्नुपर्ने डा. कोइरालाको जोड थियो । विज्ञान र प्रविधिका कारण विद्यार्थीले विषयवस्तु थाहा पाइसक्ने भएकाले आजका शिक्षकले आफैले पढ्नुपर्ने दिन आएको र मेहेनत गर्न नसक्ने, बदलिँदो परिवेश अनुसार आफूलाई अद्यावधिक गर्न नसक्ने शिक्षकलाई शिक्षण पेसाबाट अलग हुन उनले अनुरोध गरे र यसका लागि आवश्यक सहयोग र सुविधासहित विदा गर्नका लागि नगरपालिका तयार हुनुपर्ने उनको भनाइ थियो ।


    संस्थागत र सामुदायिक विद्यालयका वीचमा सहकार्य आवश्यक रहेको र दुवै प्रकारका विद्यालयका असल अभ्यासबाट एकअर्काले सिक्न सकिने उनको भनाइ थियो । निजी विद्यालयलाई नियन्त्रण गर्नुभन्दा स्थानीय परिवेश अनुरूप नियमन गर्नु उचित हुने उनको तर्क थियो ।


    राष्ट्रिय योजना आयोग, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, एसिया फाउण्डेसन नेपाल, एसियाली विकास बैङ्क, जाइका, युनेस्को, सार्क शिक्षक महासङ्घ, शिक्षाका लागि युरोपेली आयोग लगायतका सरकारी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थामा आफ्नो विज्ञता र विशेषज्ञता प्रदान गरिसकेका डा. कोइराला अनौपचारिक, खुला तथा दूर शिक्षाका क्षेत्रमा पनि क्रियाशील छन् ।


    कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा नगरभित्रका २२ वटा संस्थागत तथा १४ वटा सामुदायिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा सदस्य, पीटीए अध्यक्ष, प्रधानाध्यापक तथा प्राचार्य, शिक्षक, जनप्रतिनिधि, शिक्षासेवी लगायत १ सय ५० जनाको सहभागिता रहेको थियो । कनकाई नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा नगर प्रमुख पोखरेलले प्रमुख सहजकर्ता डा. कोइराला र सहभागी सबैलाई धन्यवाद दिँदै स्थानीय सरकार शिक्षा क्षेत्रको विकासका लागि सबै प्रकारका सहयोग गर्न तयार रहेको बताएका थिए ।


    कनकाई नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख पिताम्बर गौतम, सामाजिक समितिका संयोजक नबलकिशोर दत्त, नेपाल शिक्षक महासङ्घ नगर अध्यक्ष शारदा पाठक, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन नगर अध्यक्ष गोपीकृष्ण भट्टराई, अङ्ग्रेजी भाषा प्रशिक्षक टीकाप्रसाद लामिछाने, युनिक बहुमुखी क्याम्पस सुरुङ्गाका प्रमुख दीपक भट्टराई लगायतको उपस्थिति रहेको कार्यक्रममा नगर शिक्षा समिति सदस्य एवम् हाम्रो पाठशालाका संस्थापक अखिलकुमार कोइरालाले नगरले शिक्षा क्षेत्रमा सुधारका लागि अघि सारेका नीति तथा कार्यक्रमका बारेमा प्रष्ट पारेको संचारकर्मी एवं कनकाई माविका सहायक प्रधानाध्यापक तीर्थराज खरेलले जानकारी दिए । नगर शिक्षा समिति सदस्य एवम् कन्काई मावि सुरुङ्गाका प्रधानाध्यापक कर्णबहादुर डाँगीले नगरभित्रका विद्यालयका विद्यमान अवस्थाका बारेमा प्रस्तुति राखेका थिए ।कार्यक्रम कनकाई नगरपालिकाका अधिकृत मेदनीप्रसाद पाठकले सञ्चालन गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.