Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » बिर्तामोड महोत्सवमा जुम्लेली अग्र्यानिक खाद्यवस्तुमा आकर्षण
    आर्थिक

    बिर्तामोड महोत्सवमा जुम्लेली अग्र्यानिक खाद्यवस्तुमा आकर्षण

    कनकाई खबरBy कनकाई खबर२०७९ फाल्गुन ७, आईतवार १२:५२ गते3 Mins Read


    बिर्तामोड \ फागुन ५ गतेबाट शुरु भएको अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा अवलोकन कर्ताको संख्या बढ्दै गएको छ ।


    महोत्सवमा विभिन्न प्रकारका आर्थिक कारोबारले समेत तीव्रता पाएको जनाइएको छ । बिर्तामोड उद्योग वाणिज्य संघले आयोजना गरेको ११ दिने अन्तर्राष्ट्रिय महोत्सवमा झापासहित इलाम, पाँचथर, ताप्लेजुङ तथा मोरङ र सुनसरीका अवलोकनकर्ताहरुको संख्या बढेको जनाइएको छ । महोत्सवलाई थप आकर्षक बनाउन विभिन्न सहुलियत योजना समेत ल्याइएको छ । महोत्सवमा एक रुपैयाँमा चिया पिउन पाइन्छ भने जुम्लाको मार्सी चामलदेखि दलनका सामानहरु समेत सुपथ मूल्यमा पाइने गरेको छ । जुम्लाको सिज्जाबाट महोत्सवमा सहभागी बनेकी गोमा बुढाले सञ्चालन गरेको देउती अग्र्यानिक स्टलमा ग्राहकको भिड लाग्ने गरेको छ ।


    पश्चिम नेपालको जुम्लामा उत्पादन भएका खाद्यवस्तुको स्टलमा जौको चामल, मकैको चामल, फापरको चामल, भुटेको र काँचो मकै, मार्सी चामल, कालो जुम्लेली चामल, रातो दाल, कालो दाल मात्र नभई कोदोको पिठो, फापरको पिठो पाइन्छ भने दालमा हाल्ने जुम्लेली जिम्मो पाइने बुढाले बताइन् । उनले भनिन्– ‘पहिलो पटक झापाको बिर्तामोडमा शुरु भएको अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा आएको छु, यहाँ मैले पश्चिम नेपालको अग्र्यानिक खाद्यवस्तुको स्टल राखेको छु ।’

    पश्चिम नेपालमा आठ महिनामा मात्रै खाद्यवस्तु पाक्ने गरेकाले पोषणको हिसाबले पनि यी खाद्यवस्तु राम्रो भएको बुढाले दाबी गरिन् । महोत्सवमा आउने अवलोकनकर्ताले अधिकतम् तीन सय ५० रुपैयाँमा आफ्ना सामानहरु किन्न सक्ने उनको भनाइ छ । काठमाडौंमा प्याकेजिङ गरेर ल्याइएका सामग्री अग्र्यानिक भएको र कतै मिसावट नभएको उनले बताइन् । पछिल्लो समय अग्र्यानिक खाद्यान्नमा आकर्षण बढिरहेका बेला जुम्लाबाट बुढाले ल्याएका खाद्य सामग्री खरिद गर्न उपभोक्ताको भिड नै लाग्ने गरेको छ । कतिपयले मिसावट भएको आशंका गरेको प्रति खिन्नता प्रकट गर्दै उनले भनिन्– ‘जुम्लेली खाद्यवस्तुमा कुनै मिसावट भए फिर्ता गर्न सक्नुहुन्छ ।’ बजारमा पाइने मिसावटजन्य खाद्यवस्तुभन्दा महोत्सवमा आफूले राखेको स्टलमा अग्र्यानिक वस्तु पाइने उनले दाबी समेत गरिन् ।

    ११ दिनसम्म सञ्चालन हुने महोत्सवमा भारत, पाकिस्तान र बंगलादेशका व्यवसायीहरुको समेत सहभागिता रहेको छ । महोत्सवमा विभिन्न खाद्यवस्तु, मनोरञ्जनका साधनका साथै सवारीसाधनको समेत सुपथ मूल्यमा खरिद बिक्री भइरहेको बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले बताए । उनले एकै स्थानमा सबै प्रकारका वस्तु खरिद–बिक्रीका साथै जानकारी पाउने भएकाले सबैलाई एकपटक महोत्सवको अवलोकन गर्न अनुरोध समेत गरेका छन् । महोत्सवमा सुरक्षा व्यवस्था भरपुर बनाइएकाले ढुक्क भएर अवलोकन गर्न महोत्सव मूल आयोजक समितिका संयोजक एवम् बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले आग्रह गरे । हरेक साँझ हुने सांगीतिक कार्यक्रममा राष्ट्रिय स्तरका कलाकारहरुको सहभागिता रहेकाले महोत्सवको अवलोकन गर्न सबैलाई अनुरोध समेत गरिएको छ ।

    यसैबीच महोत्सवमा एक किलो थकाली चामल खरिद गरेमा ग्राहकलाई निशुल्क भोजनका साथै आकर्षक पुरस्कारका लागि लक्की–ड्र को समेत व्यवस्था गरेर महोत्सवलाई थप आकर्षक बनाइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.