Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले उठायो पौने तीन करोड

    २०८३ आश्विन १९, सोमबार १८:२७ गते

    कांग्रेसको १५औँ महाधिवेशन: गगन थापाको राजनीतिक प्रतिवेदन, सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्मका २९ प्रस्ताव

    २०८३ आश्विन १८, आईतवार १६:११ गते

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » गृह नगरमा सभामुख घिमिरे र उपसभामुख रानालाई स्वागत सम्मान
    राजनीति

    गृह नगरमा सभामुख घिमिरे र उपसभामुख रानालाई स्वागत सम्मान

    कनकाई खबरBy कनकाई खबर२०७९ फाल्गुन ५, शुक्रबार ०५:२८ गते2 Mins Read


    कनकाई खबर \ प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानामगरलाई गृहनगर विर्तामोड नगरपालिकासहित एकदर्जन बढी अन्य पालिका एवं संघसंस्थाहरुले सम्मान गरेका छन् ।

    विर्तामोड नगरपालिका परिसरमा भएको सम्मान, बधाई तथा शुभकामना विशेष कार्यक्रममा विर्तामोड नगरपालिकासहित माइ नगरपालिका इलाम, नेपाल पत्रकार महासंघ झापा, अलैंची व्यवसायी महासंघ लगायत विभिन्न व्यक्ति एवं संघसंस्थाले सम्मान गरेका हुन् । झापा क्षेत्र नम्बर २ का बासिन्दा समेत रहेका सभामुख र उपसभामुख दुवैजनालाई विर्तामोड नगरपालिकाका तर्फबाट नगरप्रमुख पवित्रा महतारा प्रसाईं, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला र प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले दोसल्ला ओढाएर प्रंशसा पत्रसहित सम्मान गरेका हुन् ।

    माइ नगरपालिका इलामका प्रमुख र उपप्रमुख सम्मान हस्तान्तरण गर्दै…

    सभामुख घिमिरे नेकपा एमालेबाट प्रतिनिधि सभा सदस्यमा झापा निर्वाचन क्षेत्र नं.२ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् भने उपसभामुख राना राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित समानुपातिक सांसद हुन् । सम्मान ग्रहणपछि सम्बोधन गर्दै सभामुख घिमिरेले निर्वाचित भएपछि आँफूले प्राप्त गरेको सल्लाह, सुझावसहितको सम्मान साथै जिम्मेवारीले हर्ष र उत्साहसँगै गम्भिर बनाएको बताएका छन् । सभामुख घिमिरेले भने, ‘जनताको अभिमतको कदर गर्दै क्षेत्रको विकासका लागि अथक प्रयास गर्नेछु भन्ने बाचा लिएर संसद छिरेको मान्छेलाई राजनीतिक दलहरुको झगडा मिलाउने ठाउँमा पुर्याउनु भयो, यही थप जिम्मेवारीका लागि तपाईंहरुबाट प्राप्त सम्मानप्रति आभार व्यक्त गर्दछु ।’ राजनीतिक अस्थिरता र आर्थिक तरलताका कारण संकटमा परेको मुलुकलाई सही दिशा निर्देश गर्ने काममा आँफू कहिल्यै बिचल्ली नहुने भन्दै सभामुख घिमिरेले संसदबाट जनतालाई उत्तरदायी बनाउँने कुरामा आफ्नो भुमिकालाई प्रभावकारी बनाएर अघि बढ्ने प्रतिवद्धता जनाएका छन् ।


    अर्का सम्मानित उपसभामुख राना मगरले पनि सभामुखसँग मिलेर काम गर्ने तथा झापाको विकासका लागि उल्लेखनीय योगदान गर्ने विश्वास दिलाइन् । सामाजिक क्षेत्रमा ३३ वर्ष सम्म काम गरिरहँदा राजनीतिका कारण देश संकटमा पुगेको भन्दै अब राजनीतिको माध्यमबाट समाज रुपान्तरणमा भूमिका खेल्न आँफू राजनीतिमा होमिएको उपसभामुख रानामगरले बताएकी छन् ।


    सम्मान समारोहमा तत्कालीन संविधान सभाका सदस्य सुधिरकुमार शिवाकोटी र प्रदेश सांसद एकराज कार्कीले समसामयिक राजनीतिक विषयहरु उठान गर्दै सभामुख र उपसभामुख एउटै निर्वाचन क्षेत्रले पाउनु झापाका लागि गौरवको विषय भएको बताए । नगरप्रमुख प्रसाईको अध्यक्षतामा आयोजित सम्मान कार्यक्रममा आमन्त्रितहरुलाई उपप्रमुख सङग्रौलाले स्वागत गर्दै नगरबासीका तर्फबाट नागरिक अभिनन्दन गर्न पाउँदा खुसी लागेको बताए । उनले यस क्षेत्रका जनताको विकास प्रतिको अपेक्षा पूरा हुने विश्वास पनि व्यक्त गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले उठायो पौने तीन करोड

    २०८३ आश्विन १९, सोमबार १८:२७ गते

    कांग्रेसको १५औँ महाधिवेशन: गगन थापाको राजनीतिक प्रतिवेदन, सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्मका २९ प्रस्ताव

    २०८३ आश्विन १८, आईतवार १६:११ गते

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले उठायो पौने तीन करोड

    २०८३ आश्विन १९, सोमबार १८:२७ गते

    कांग्रेसको १५औँ महाधिवेशन: गगन थापाको राजनीतिक प्रतिवेदन, सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्मका २९ प्रस्ताव

    २०८३ आश्विन १८, आईतवार १६:११ गते

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.