Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले उठायो पौने तीन करोड

    २०८३ आश्विन १९, सोमबार १८:२७ गते

    कांग्रेसको १५औँ महाधिवेशन: गगन थापाको राजनीतिक प्रतिवेदन, सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्मका २९ प्रस्ताव

    २०८३ आश्विन १८, आईतवार १६:११ गते

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक ब्यापार महोत्सवको सम्पूर्ण तयारी पूरा
    समाचार

    बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक ब्यापार महोत्सवको सम्पूर्ण तयारी पूरा

    कनकाई खबरBy कनकाई खबर२०७९ फाल्गुन ४, बिहीबार १४:४० गते2 Mins Read


    झापा \ बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक ब्यापार महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । आगामी फागुन १५ गतेसम्म सञ्चालन हुने महोत्सवको उद्घाटन शुक्रवार सभामुख देवराज घिमिरेले गर्ने महोत्सव मूल आयोजक समितिले जनाएको छ ।


    विहीवार अपरान्ह महोत्सवको तयारीका विषयमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा महोत्सव मूल आयोजक समिति संयोजक राजु न्यौपानेले महोत्सवको सम्पूर्ण तयारी पूरा भएको बताए । महोत्सव बिर्तामोड नगरपालिका – २ रामचौकस्थित पूर्वपश्चिम राजर्मागको उत्तरमा सञ्चालन हुँदैछ ।


    सभामुख घिमिरेसंगै उपसभामुख इन्दिरा राना मगर, झापा क्षेत्र नम्वर २ का सांसद, जिल्ला स्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि, व्यवसायी तथा स्थानीयको उपस्थितिमा महोत्सव उद्घाटन हुने बताइएको छ । महोत्सव ११ दिनसम्म सञ्चालन हुने छ ।


    प्रदेश १ कृषि , पर्यटन एवम् औद्योगिक दृष्टिकोणले समेत सुगम स्थल रहेको र यहाँको उत्पादनलाई भारत लगायतका विभिन्न मुलुकमा निर्यातका लागि पहिचान गराउने उद्देश्यले महोत्सवमा प्रर्दशनी गरिने बताइएको छ ।
    महोत्सवमा २ सय वटा स्टल रहने छन् । महोत्सवमा अन्तराष्ट्रिय औद्योगिक उपकरण , कृषि तथा जडिबुटी, पर्यटन, दैनिक उपभोग्य वस्तुहरु, हस्तकला तथा तयारी पोशाक, प्रदर्शनमा रहने बताइएको छ । महोत्सवमा बंगलादेश, पाकिस्तान र भारतका व्यवसायीहरुको समेत सहभागीता रहने बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले बताए । महोत्सवलाई सभ्य र भब्य बनाउन सबै तयारी पूरा भई सकेको पत्रकार सम्मेलनमा अध्यक्ष शिवाकोटीले जानाकारी दिए ।


    महोत्सवले कृषि र पर्यटनका साथै औद्योगिक क्षेत्रमा आर्थिक गतिविधिलाई चलायमान बनाउन सहयोग पुग्ने र झण्डै ४५ करोड रुपैयाँ बरावरको आर्थिक कारोवार हुने अपेक्षा गरिएको महोत्सव मूल आयोजक समितिका संयोजक न्यौपानेले बताए । उनले राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको निजी क्षेत्रले आर्थिक क्षेत्रलाई चलायमान बनाउन अहम भूमिका निर्वाह गर्ने बताए । महोत्सवलाई मुख्य रुपमा चार भागमा विभाजन गरिएको र हरेक दिन मनोरञ्जनका लागि साङ्गितिक र सांस्कृतिक कार्यक्रम समेत गरिने संयोजक न्यौपानेको भनाई छ । पूर्वमा सञ्चालित ठूला तथा मझौला उद्योगले समेत यो क्षेत्रको आर्थिक गतिविधिलाई चलायमान बनाउन मद्दत पुग्ने विश्वास गरिएको छ ।


    पत्रकार सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमिया, बिर्तामोड उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बलराम कार्की, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, बिर्तामोडका उद्योगी व्यवसायीको उपस्थिति रहेको थियो ।पत्रकार सम्मेलनको सञ्चालन बिर्तामोड उद्योग वाणिज्य संघका सचिव कुशल खतिवडाले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले उठायो पौने तीन करोड

    २०८३ आश्विन १९, सोमबार १८:२७ गते

    कांग्रेसको १५औँ महाधिवेशन: गगन थापाको राजनीतिक प्रतिवेदन, सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्मका २९ प्रस्ताव

    २०८३ आश्विन १८, आईतवार १६:११ गते

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले उठायो पौने तीन करोड

    २०८३ आश्विन १९, सोमबार १८:२७ गते

    कांग्रेसको १५औँ महाधिवेशन: गगन थापाको राजनीतिक प्रतिवेदन, सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्मका २९ प्रस्ताव

    २०८३ आश्विन १८, आईतवार १६:११ गते

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.