Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाईमा डिजिटल कृषि प्रविधिको प्रयोग, किसानलाई ‘जिओ कृषिएप’
    आर्थिक

    कनकाईमा डिजिटल कृषि प्रविधिको प्रयोग, किसानलाई ‘जिओ कृषिएप’

    कनकाई खबरBy कनकाई खबर२०७९ फाल्गुन ३, बुधबार १६:३८ गते3 Mins Read


    राम निरौला,

    कनकाई खबर \ झापाको कनकाई नगरपालिकाले किसानलाई डिजिटल कृषि प्रविधिमा जोड्दै मोबाइल एप मार्फत कृषि उत्पादन र बजारका बारेमा जानकारी दिने भएको छ ।

    हेफर नेपालले कनकाई नगरपालिकालाई कृषि सम्बन्धी सम्पूर्ण जानकारी दिने डिजिटल मेसिन (किओस्क) प्रदान गरेसँगै किसानलाई डिजिटल कृषि प्रविधिमा जोड्न लागिएको हो । कनकाई नगरपालिकाको सभाहलमा एक कार्यक्रमका बिच नगर प्रमुख राजेन्द्रकुमार पोखरेललाई संविधान सभा सदस्य एवं अभियान नेपालका अध्यक्ष प्रेम गिरी, हेफर नेपालका क्षेत्रीय प्रबन्धक दिपेश पोखरेल लगायतले डिजिटल मेसिन(किओस्क) हस्तान्तरण गरे ।


    मेसिन ग्रहण गर्दै कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले कनकाई नगरपालिकालाई माया गरेर सहयोग गरेकोमा हेफर नेपालप्रति आभार प्रकट गरे । हेफर नेपालसँगको सहकार्य कनकाईमा नमुना बन्ने विश्वास व्यक्त गर्दै नगर प्रमुख पोखरेलले कृषिमा डिजिटल प्रविधिको प्रयोगसँगै कनकाई नगरपालिका कृषि प्रविधिका क्षेत्रमा एक कदम अगाडि बढेको बताए ।अब कनकाई नगरका किसानले आफूले कुन समयमा कुन बाली लगाउने भन्ने बारे मोबाइल एप मार्फत जानकारी पाउन सक्नु ठूलो उपलव्धी भएको नगर प्रमुख पोखरेल बताउँछन् ।


    अभियान नेपालका अध्यक्ष प्रेम गिरीले स्थानीय स्तरमा रहेका कृषकहरुलाई कृषि सूचना प्रविधिमा पहुँच बढाई कृषि उत्पादन र कृषकको उत्पादकत्व बढाउने उद्येश्यका साथ कनकाई नगरपालिकालाई डिजिटल मेसिन (किओस्क) प्रदान गरिएको बताए । यसबाट कृषि सुचना तथा प्राविधिक परामर्श सेवा समेत प्रवाह गर्न सकिने गिरीले प्रष्ट पारे । किसानलाई मोबाइल एपमै विज्ञहरूको सेवा समेत उपलब्ध हुनेमा गिरीले जोड दिए । ‘बाली रोपाइँदेखि कटाइसम्मका हरेक पक्षलाई एपमा समेटिएको छ,’ गिरी भने, ‘यसले किसानलाई कुन समयमा के बाली लगाउने र बजारको खोजी कसरी गर्ने भन्ने समस्याबाट मुक्त गराउन मद्दत पुग्नेछ ।’


    जिओ कृषि एप मार्फत किसानले बढीभन्दा बढी फाइदा लिन सक्ने र नगरपालिकाले यसको सञ्चालन र व्यवस्थापनमा विशेष ध्यान दिने कनकाई नगरपालिकाका कृषि शाखा प्रमुख यदुनाथ उप्रेतीले बताए । यो एप परीक्षणकै क्रममा कनकाई नगरपालिका क्षेत्रका २ सय ६५ जना किसान आबद्ध भइसकेको जानकारी दिँदै कृषि शाखा प्रमुख उप्रेतीले जिओ कृषि एपमा कनकाई नगर क्षेत्र भित्र लगाइने बढीभन्दा बढी बालीनालीलाई प्राथमिकताका साथ स्थान दिइने बताएका छन् । परीक्षणकै क्रममा यो एप प्रयोग गरिरहेका अगुवा किसानहरुले आफूहरूकालागि यो प्रविधि निकै उपयोगी र आवश्यक रहेको बताएका छन् ।


    किसानलाई कृषि, पशुपालनको ज्ञान, मौसम र बजारको सुचना तथा जानकारी, रोग किराको पहिचान र समाधान सम्बन्धी जानकारी, प्राविधिक परामर्श तथा सहयोग र आवश्यक सुचनाहरुको प्रचार प्रसार, स्थानीय स्तरमा ईन्टरनेट र स्मार्ट मोवाईलमा पहुंच नभएका कृषकहरुलाई डिजिटल कृषि, पशु सुचना तथा परामर्श सेवा केन्द्र (ई चौतारी) मार्फत सेवा दिने लगायत विभिन्न महत्वपूर्ण कार्यहरु सोहि मेसिनबाट प्रदान गरिनेछ । त्यस्तै यस परियोजना अन्तर्गत कृषक खेतको प्रोफाईल र कृषकको उत्पादन योजनाको डिजिटल रेकर्ड राखी सोहि अनुरुप कृषकले हरेक दिन वा हप्तामा गर्नुपर्ने गतिविधि तालिकाको सुचना, मलखाद सम्बन्धी आवश्यक ज्ञान, खर्च लगानीको रेकर्ड लगायत अन्य थुप्रै सेवा सुविधाहरु यस किओस्क मेसिनबाट कृषकहरुले प्राप्त गर्न सक्ने जियो कृषि परियोजनाका प्राविधिक रामनाथ तिवारीले जानकारी दिए ।


    पालिका भित्र सुचिकृत भएका कृषि फर्म, कृषक, कृषक समुहमा आवद्ध किसानहरुलाई जियो कृषिको मोवाईल एप सम्बन्धी अभिमुखीकरण प्रदान गर्नु पर्ने परियोजनाका प्राविधिक तिवारीले बताए । यस सुचना प्रणालीलाई व्यवस्थापन गर्न जिम्मेवार व्यक्ति फोकल पर्सन छनोट गरी, मेसीनलाई प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि सुचना सहायता कक्ष स्थापना गर्नुपर्ने जस्ता कार्यक्रम अब नगरपालिकाले गर्नुपर्ने बताइएको छ ।


    त्यस्तै डिजिटल कृषि सुचना प्रसारका लागि सम्पुर्ण प्राविधिक पक्षको जिम्मेवारी लिने, सम्बन्धित ठाउँको कृषि, मौसम, बजार तथा रोग किराको पहिचान सम्बन्धी जानकारी किसान, कर्मचारी, प्राविधिक वा सरोकारवालाको मोवाईल एप मार्फत प्रदान गर्ने, एप र मेसीन सम्बन्धि प्राविधिक जानकारी कर्मचारी प्राविधिकलाई प्रदान गर्ने, कृषिको विस्तार र सुचनाको प्रसारका लागि सरोकारवालासँग समन्वय गर्ने जस्ता कार्य जियो कृषि मार्फत गरिने बताइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.