Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » प्याब्सन कनकाईको खेलकुद पुरस्कार वितरण
    शिक्षा

    प्याब्सन कनकाईको खेलकुद पुरस्कार वितरण

    कनकाई खबरBy कनकाई खबर२०७९ फाल्गुन ३, बुधबार १५:५० गते3 Mins Read

                 

    कनकाई खबर \ प्याब्सन कनकाई नगर समितिले तीन दिन सम्म संचालन गरेको विविध खेलकुद प्रतियोगिताको पुरस्कार वितरण गरेको छ ।


    प्याब्सनमा आवद्ध नगरका १६ वटा संस्थागत विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको प्रतियोगितामा फुटबल, भलिबल, टेबल टेनिस तथा क्रिकेट विधामा प्रतियोगितात्मक खेलकुदका कार्यक्रम संचालन भएका थिए ।
    प्रतियोगिताको भलिबलमा छात्र तथा छात्रा तर्फका दुवै खेलहरुमा बेनुबाजा अंग्रेजी मा. वि. ले प्रथम स्थान तथा दोस्रोमा छात्र तर्फ विद्योदय अंग्रेजी मा. वि. र छात्रा तर्फ झापा मेरीगोल्ड अंग्रेजी मा. वि. ले स्थान सुरक्षित गर्न सफल भएका छन् । त्यस्तै कनकाई ४ स्थित खेल मैदानमा भएको फुटबल प्रतियोगितामा पशुपति अंग्रेजी मा. वि. प्रथम तथा झापा मेरीगोल्ड दोस्रो भएका छन् ।


    त्यसैगरी टेबल टेनिस तर्फ सिनियर्स तथा जुनियर्स छात्रहरुको सिंगल र डबल्स चारै खेलहरुमा झापा मेरीगोल्ड प्रथम भए भने प्यारागन एकाडेमी, ग्लोबल एडुकेयर तथा हरिकुल नमुना मा. वि. ले दोस्रो स्थान हासिल गरेका छन् । साथै सिनियर्स डबल्स छात्रा तर्फ ग्लोबल प्रथम तथा दोस्रोमा झापा मेरीगोल्ड भए । जुनियर्स छात्र तर्फ प्यारागन एकाडेमी प्रथम, अरुणोदय मा. वि. दोस्रो भए । सिनियर्स छात्रा तर्फ माउण्ट अन्नपूर्ण एजुकेशन फाउण्डेसनले प्रथम तथा झापा मेरीगोल्डले दोस्रो स्थान हासिल गरेका छन् भने प्रथम हुने सबै खेलाडीहरुले प्याब्सन झापाको आयोजनामा हुने जिल्ला स्तरीय प्रतियोगितामा कनकाई नगरपालिकाको तर्फबाट सहभागि हुने कुरा खेलकुद उप–समिति संयोजक तथा झापा मेरीगोल्डका प्रिन्सिपल गोकुल उप्रेतीले जानकारी दिए । प्रथम र दोस्रो स्थान हासिल गर्ने खेलाडी तथा विद्यालयहरुलाई ट्रफी, मेडल तथा प्रमाण–पत्र प्रदान गरिएको थियो ।


    यसै बिच झापा मेरीगोल्डको प्राङ्गणमा भएको औपचारिक कार्यक्रममा प्याब्सन कनकाई नगर समिति अध्यक्ष तथा बेनुबाजा अंग्रेजी मा. वि.का प्रिन्सिपल बिनोद सुब्बा (लिम्बू) को सभापतित्व एवं कनकाई ४ का वडाअध्यक्ष रोशन सुबेदीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । प्याब्सन प्रदेश १ कार्यसमिति सदस्य भानु राजवंशी, कनकाई नगर खेलकुद विकास समिति सदस्य राजु पाठक, कनकाई खेलकुद प्रतिष्ठानका अध्यक्ष छवि थपलिया, प्याब्सन कनकाईका सल्लाहकार डि. आर. सुबेदी, प्याब्सन झापा जिल्ला सदस्य सागर ढुङ्गाना, ग्लोबल एडुकेयर एकाडेमीका प्रिन्सिपल बिमान लामा, विद्योदय अंग्रेजी मा. वि. का प्रिन्सिपल बिनोद कुमार उप्रेती, झापा मेरीगोल्डका संचालक समिति सदस्यहरु बेनु उप्रेती तथा भोलानाथ मैनाली लगायतको उपस्थिती रहेको बताइएको छ । कार्यक्रमको संचालन प्याब्सन, कनकाई नगर समिति सचिब तथा पारिजात शिक्षा निकेतनका संस्थापक÷प्रिन्सिपल मोहन थापाले गरेका थिए ।


    सोही अवसरमा प्रतियोगिता सफल बनाउन भुमिका खेल्ने निर्णायक मण्डलीमा क्रमशः गम्भिरबहादुर कटुवाल, लिलाबहादुर कटुवाल, अनिस निरौला, प्रवेश गुरुङ्ग, गौरब श्रेष्ठ, सौरब श्रेष्ठ, जानम भण्डारी साथै खेलकुदका लागि स्थान उपलब्ध गराएकोमा कनकाई वडा नं.४ तथा झापा मेरीगोल्ड अंग्रेजी मा. वि. लाई प्रशंसा–पत्र सहित धन्यवाद व्यक्त गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहेको वडा अध्यक्ष रोशन सुबेदीले आफ्नो मन्तव्यका क्रममा प्याब्सनले गरेको खेलकुद प्रतियोगिताका लागि धन्यवाद सहित आगामी दिनमा कनकाई नगरपालिकाले यस प्रकारका कार्यक्रमहरुमा प्याब्सनलाई सहयोग गर्न सदैव तयार रहेको कुरा व्यक्त गरे ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    उचित विकल्प विना सुकुम्बासीलाई हटाउनु राज्य आतंक: हर्क साम्पाङ

    २०८३ बैशाख ११, शुक्रबार १८:०१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.