कनकाई खबर \ अवसर पाउँदा महिलाहरु पनि पुरुषभन्दा कम छैनन् , भन्ने एक उदाहरण बनेकी छन् कनकाई नगरपालिकाकी पशु प्राविधिक छत्रमाया लम्साल ।
कनकाई नगरपालिका र हेफर प्रोजेक्ट नेपालको साझेदारी साथै अभियान नेपालको सहजिकरणमा यहि माघ २३ गतेदेखि संचालनभएको कृषि तथा पशुपा लन उद्यमशिलता विकास परियोजना अन्तर्गतको घुम्ती शिविरमा लम्साल आँफैले बोकाको बन्ध्याकरण गरिरहेकी थिइन् । महिलाले बोकाको बन्ध्याकरण गरेको देखेर स्थानीय कृषकहरु आश्चार्य मान्दै मुखामुख गरिरहेको थिए । सोहीअवसरमा स्थलगत रिपोर्टिङकालागि गएका पत्रकारको जिज्ञासालाई सम्बोधन गर्दै लम्सालले विगतका वर्षहरुमा दैनिक ४०÷५० वटा सम्म बोकाको बन्ध्याकरण गर्ने गरेको जानकारी दिइन् ।
स्वास्थ्य तथा बाँझो पन निवारण घुम्ती शिविरमा एक जिम्मेवार पशु प्राविधिकका रुपमाकार्यरत लम्सालले हरेक महिलाहरुलाई चुलो चौकामा मात्र सिमित नरही कुनै पनि सिप सिकेर आत्मनिर्भर बन्न अनुरोध गरेकी छन् । वि.सं.२०६१ मा भेट्नरीको अध्ययन पुरा गरी पशु स्वास्थ्यका क्षेत्रमा झापा गाउँपालिका हुँदै हाल कनकाई नगरपालिकामा कार्यरत लम्साल पशु स्वास्थ्यका क्षेत्रमा निक्कै सक्रिय रुपमा अघि बढ्दै आएकी छन् । प्राविधिक पेशाबाट आत्मनिर्भर बन्न सकिने कुरामा जोड दिँदै लम्सालले सम्पूर्ण महिलाहरुलाई सिप सिकेर स्वरोजगार बन्न अनुरोध गरेकी छन् । माघ २३ गतेदेखि सुरु भएको शिविर फागुन २ गते समापन हुने बताइएको छ ।
