Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कृषि तथा पशुपालनलाई रोजगारीसँग जोड्ने अभियानमा कनकाई नगरपालिका
    समाचार

    कृषि तथा पशुपालनलाई रोजगारीसँग जोड्ने अभियानमा कनकाई नगरपालिका

    कनकाई खबरBy कनकाई खबर२०७९ माघ २६, बिहीबार १३:४५ गते2 Mins Read


    कनकाई खबर \ नगरवासीलाई कृषि तथा पशुपालनका क्षेत्रबाट रोजगारीसँग जोड्दै आयआर्जनमा वृद्धि गर्ने उद्येश्यका साथ पशुधनको संरक्षण र विकासकालागि स्थानीय सरकार कनकाई नगरपालिकाले नगरका हरेक टोल टोलमा पशु स्वास्थ्य शिविरलाई अभियानका रुपमा अघि बढाएको छ ।


    ग्रामिण क्षेत्रका अधिकांश मानिसहरुको जिविकोपार्जनको मुख्य स्रोत कृषि तथा पशुपालन नै भएकाले कनकाई नगरवासीलाई स्वदेशमै आत्मनिर्भर बनाउँन स्थानीय सरकारले अभियान चलाएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताएका छन् ।


    आज भन्दा पाँच वर्ष अघि नै निर्वाचनका समयमा आँफुले गरेको प्रतिवद्धतालाई व्यवहारमा उतार्न पहिलो कार्यकालबाटै कृषि तथा पशुपालनका क्षेत्रमा प्राथमिक्ताका साथ कार्यक्रम अघि बढाइएको नगर प्रमुख पोखरेलले बताए । जस अनुरुप किसानकालागि आम्दानीको मुख्य स्रोत बनेको कृषि तथा पशुपालनका क्षेत्रलाई वैज्ञानीक बनाउँने कनकाई नगरपालिकाको दिर्घकालिन योजना हाल कार्यान्वयन तर्फ अघि बढेको स्थानीय सरकार प्रमुख पोखरेलको भनाई छ ।


    यसै क्रममा माघ २३ गतेदेखी फागुन २ गते सम्मकालागि पशु स्वास्थ्य तथा बाँझो पन निवारण सम्बन्धिको वृहत घुम्ती शिविर संचालन गरेको कनकाई नगरपालिकाले आज चौथो दिन सम्ममा करिव एक हजार परिवारका पशुचौपायको स्वास्थ्य परिक्षण गरिसकेको परियोजनाका संयोजक केशव खनालले बताए । नगरका हरेक टोल टोलमा भएको शिविरबाट स्थानीयबासी धेरै खुशी भएको संयोजक खनाल बताउँछन् ।

    कनकाईको वडा नं.२ निवासी पशुपालक कृषक देवीमाया गुरुङले पशुचौपायको स्वास्थ्य सुरक्षाका विषयमा कनकाई नगरपालिकाले खेलेको भुमिकाप्रति आँफूहरुलाई थप हौसला जागेको बताएकी छन् । नगरका हरेक टोलमा हुने शिविरमा सम्बन्धित वडाका वडाअध्यक्षसहित वडासदस्यहरुको सक्रियता रहेको कनकाईको वडा नं.२ का वडाअध्यक्ष बलराम राईले जानकारी दिए । वडाअध्यक्ष राईले सबै वडाबासीलाई पशु स्वास्थ्य शिविरमा आफ्ना पशुचौपायको स्वास्थ्य परिक्षण गराउँन अनुरोध गरेका छन् । वडाअध्यक्ष राईको अध्यक्षतामा भएको कनकाई वडा नं.२ को स्वास्थ्य शिविर उद्घाटन समारोहको संक्षिप्त कार्यक्रमको संचालन सामुदायिक सहजकर्ता चन्दा सिटौलाले गरेकी थिइन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते

    असल बुहारी सहित २३ जनालाई सम्मान गर्दै ज्येष्ठ नागरिक संघ कनकाईको अधिवेशन सहितको साधारण सभा सम्पन्न

    २०८३ आश्विन १३, मंगलवार ११:४३ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.