Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » राष्ट्रपति रनिङशिल्ड खेलाडी छनौट प्रतियोगिताबाट कनकाई माविले चुम्यो उपाधी
    खेलकुद

    राष्ट्रपति रनिङशिल्ड खेलाडी छनौट प्रतियोगिताबाट कनकाई माविले चुम्यो उपाधी

    कनकाई खबरBy कनकाई खबर२०७९ माघ २५, बुधबार १८:४७ गते3 Mins Read

    कनकाई खबर \ झापाको कनकाईमा भएको विद्यालयस्तरीय १३ औं राष्ट्रपति रनिङशिल्ड खेलाडी छनौट प्रतियोगिताबाट कनकाई माविले प्रथम स्थान हात पारेको छ ।

    कनकाई नगर खेलकुद विकास समिती र कनकाई नगर शिक्षा शाखाको आयोजनामा कनकाई माविको खेलमैदानमा भएको राष्ट्रपति रनिङशिल्ड खेलाडी छनौट प्रतियोगिताबाट कनकाई माविले २३ स्वर्ण पदक प्राप्त गर्दै उत्कृष्ट बनेको छ । अब जिल्लाको लागि छनौट प्रतियोगिताबाट उत्कृष्ट भएको कनकाई माविले ७ रजत र १४ कास्य पदक प्राप्त गरेको छ । आयोजक समितिका अध्यक्ष जविन तिम्सिना साथै कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले उत्कृष्ट खेलाडीहरुलाई नगदसहित मेडल, ट्रफी र प्रमाण पत्र वितरण गरेका छन् ।


    प्रतियोगिताको दोस्रो स्थानमा आदर्श विद्या मन्दिर घैलाडुवा छनौटमा पर्न सफल भएको छ । घैलाडुवाले ७ स्वर्ण, ११ रजत र ६ कास्य पदक प्राप्त गर्न सफल भएको कनकाई नगर खेलकुद विकास समितिका अध्यक्ष जविन तिम्सिनाले जानकारी दिए । त्यस्तै तेस्रो स्थानमा पर्न सफल भृकुटी मावि दुर्गापुरले ३ स्वर्ण, ७ रजत र ३ कास्य पदक प्राप्त गरेको छ । चौथो स्थानमा परेको चम्पापुर माविले ३ स्वर्ण,३ रजत र ६ कास्य पदक प्राप्त गरेको बताइएको छ ।


    अन्य विद्यालयहरुमा हिमाली मावि लक्ष्मीपुरले २ स्वर्ण, २ रजत र २ कास्य पदक ल्याउँन सफल भएको बताइएको छ । पशुपति माविले २ स्वर्ण, ३ रजत र २ कास्य पदक प्राप्त गरेको छ । सरस्वती माविले १ स्वर्ण, १ रजत र ५ कास्य पदक जित्न सफल भएको बताइएको छ । त्यस्तै माथिभाराले १ स्वर्ण र कास्य १ पदक प्राप्त गर्न सफल भएको बताइएको छ । त्यस्तै ग्लोबल एडुकेयरले ३ रजत र १ कास्य, दिव्यरत्नले १ रजत र १ कास्य, प्यारागनले २ कास्य, हरिकुलले २ रजत र २ कास्य, देवकोटाले १ रजत र झापा मेरीगोल्डले १ रजत पदक प्राप्त गर्न सफल भएको कनकाई नगर खेलकुद विकास समितीका अध्यक्ष जविन तिम्सिनाले जानकारी दिए ।


    कनकाई मावीको खेलमैदानमा यही माघ २३ देखि २५ गते सम्म सन्चालन भएको प्रतियोगितमा विभिन्न ४२ वटा विधा समेटिएको कनकाई नगर खेलकुद विकास समितीका अध्यक्ष तिम्सिनाले जानकारी दिए । अब समूहगत विधा बाहेकका स्वर्णधारी खेलाडीहरुले जिल्लास्तरीय प्रतियोगितामा सहभागीता जनाउँन पाउँने भएका छन् ।

    प्रतियोगितामा कबडी , एथलेटिक्स , भलिवल , टेवल टेनिस र मार्सल आर्ट लगायतका विभिन्न विधामा हुने प्रतियोगिता सम्पन्न गर्न आयोजक समितिले विभिन्न बिधागत उपसमिति समेत बनाईएको कनकाई नगर खेलकुद विकास समितिका सदस्य गोविन्द उप्रेतीले जानकारी गराएका छन । जस अन्तर एथलेटिक्सको संयोजनमा लोक प्रसाद ओली , भलिवलको संयोजनमा राजु पाठक , मार्शल आर्टको संयोजनमा राम पाठक , कवड्डीको संयोजनमा खेमराज भट्टराई र टेवल टेनिसको संयोजनमा लिला कटुवालको जिम्मेवारी रहेको थियो ।


    प्रतियोगितामा छनौट भएका खेलाडीलाई फागुन ९ देखि ११ गतेसम्म सञ्चालन हुने जिल्ला स्तरिय राष्ट्रपती रनिङशिल्ड छनौट खेलकुद प्रतियोगितामा सहभागी हुन पाउँने व्यवस्था गरिएको छ । जिल्लास्तरीय प्रतियोगिता कनकाई नगर खेलकुद विकास समितिको विषेश पहलमा कनकाईमै आयोजना हुने बताइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    उचित विकल्प विना सुकुम्बासीलाई हटाउनु राज्य आतंक: हर्क साम्पाङ

    २०८३ बैशाख ११, शुक्रबार १८:०१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.