Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » जानकी आधारभुत विद्यालयको वार्षिकोत्सवमा दातासहित पुर्व शिक्षक सम्मानित
    शिक्षा

    जानकी आधारभुत विद्यालयको वार्षिकोत्सवमा दातासहित पुर्व शिक्षक सम्मानित

    कनकाई खबरBy कनकाई खबर२०७९ माघ २५, बुधबार १३:५५ गते2 Mins Read


    कनकाई खबर \ झापाको कनकाई—२ स्थित जानकी आधारभुत विद्यालयले आफ्नो ४४ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा विद्यालयलाई योगदान दिने विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरेको छ ।

    विभिन्न साँस्कृतिक प्रस्तुतीसहितको कार्यक्रममा विद्यालयका पुर्व प्रधानाध्यापक, पुर्व शिक्षक, अक्षयय कोष दाता सहित १२ जना व्यक्तित्वहरु सम्मानित भएका छन् । सम्मानित हुनेहरुमा विद्यालयमा नगद ५ लाखको अक्षय कोष स्थापना गरिदिने दाता निर्धन उत्थान लघु वित्त संस्थाका कार्यकारी प्रमुख जनार्दनदेव पन्त, त्यस्तै विद्यालयलाई नगद ५०÷५० हजारका दरले सहयोग गर्ने दाताद्वय कनकाई नगरपालिका वडा नं.८ लक्ष्मीपुर निवासी रेखाकुमारी पोखरेल र विद्यालयकी पुर्व शिक्षिका कनकाई ३ निवासी सावित्रा बास्तोलालाई समेत सम्मान पत्रका साथ दोसल्ला ओढाएर सम्मान गरिएको छ । त्यस्तै विद्यालयका पाँचजना विद्यार्थीको शैक्षिक सामाग्री, विद्यालय पोशाकसहितको अभिभावकत्व ग्रहण गर्ने कनकाई—३ सुरुङ्गा निवासी डाक्टर ग्रिसा रावल थापालाई समेत सम्मान गरिएको छ ।


    त्यस्तै सम्मानित हुनेहरुमा विद्यालयका पुर्व प्रधानाध्यापक भोलाप्रसाद ढुङ्गाना र लोकनाथ उप्रेती, पुर्व शिक्षकहरु रमेशकुमार राई, यशु मैनाली, कैलाश बराल, सीताराम रिसाल रहेका छन् । त्यस्तै विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष भक्तवहादुर पौडेल र कार्यरत कर्मचारी दधिराम शर्मा ढकाललाई समेत दोसल्ला ओढाएर सम्मान पत्रका साथ सम्मान गरिएको विद्यालयका शिक्षक विज्ञान संग्रौलाले जानकारी दिए । विद्यालयको शैक्षिक स्तर वृद्धिकालागि पुर्व शिक्षक, दाता परिवार, व्यवस्थापन समितिका पदाधिकारीसहित ईमान्दार कर्मचारीबाट भएको योगदानको उच्च मुल्याङ्कन गर्दै आगामी दिनको उज्वल भविष्यको कामनाका साथ विद्यालयको तर्फबाट सम्मान गरिएको बताइएको छ ।

    सम्मानित सबैलाई कार्यक्रमका प्रमुख अतिथी कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, उपप्रमुख आशा शिवाकोटी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घनश्याम गुरागाईँ एवं प्रधानाध्यापक अम्बिका सुवेदी, कनकाई नगरपालिका शिक्षा शाखाका मेदनी पाठक लगायतले सम्मान गरेका हुन् । कार्यक्रममा प्रधानाध्यापक सुवेदीले विद्यालयको भावी योजनासहितको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घनश्याम गुरागाईँको सभापतित्वमा सम्पन्न कार्यक्रममा शिक्षक लेखनाथ सुवेदीको स्वागत तथा विज्ञान संग्रौलाको संचालन रहेको थियो ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.