Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाईमा निजी विद्यालयका अभिभावकको ब्याडमिन्टन सम्पन्न
    खेलकुद

    कनकाईमा निजी विद्यालयका अभिभावकको ब्याडमिन्टन सम्पन्न

    कनकाई खबरBy कनकाई खबर२०७९ माघ २५, बुधबार ०१:२९ गते3 Mins Read


    कनकाई खबर \ झापाको कनकाईमा भएको निजी विद्यालयका अभिभावकको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।

    प्रथम पुरस्कार ग्रहण गर्दै…..

    प्याब्सन कनकाई नगर समितिले माघ २३ र २४ गते दुई दिन सम्म संचालन गरेको नगरस्तरीय डबल्स ब्याडमिन्टन प्रतियोगिता मंगलबार सम्पन्न भएको हो । कनकाई–९ घैलाडुबास्थित कवर्ड हलमा संचालन भएको प्रतियोगितामा निजी विद्यालयका अभिभावकहरु क्रमशः राजेश प्रसाई र चन्द्रबहादुर खड्काको जोडी प्रथम, अग्नीप्रसाद खरेल र अर्जुनकुमार ओलीको जोडी द्वितीय त्यस्तै शेखर श्रेष्ठ र पर्शुराम संजेलको जोडी तृतीय भएको प्याब्सन कनकाईका सचिव एवं कार्यक्रम संयोजक मोहन थापाले बताए ।


    कार्यक्रमका प्रमुख अतिथी प्याब्सन झापाका अध्यक्ष गौरीमान फागो साथै प्याब्सन कनकाई नगर अध्यक्ष विनोद सुब्वाले विजेतालाई नगदसहितको पुरस्कार हस्तान्तरण गरे । प्रथम पुरस्कारको राशी नगद रु.२५ हजार, दोस्रो पुरस्कार रु.१५ हजार र तेस्रो पुरस्कार रु.१० हजार रुपैयाँ सहित मेडल, ट्रफि र प्रमाणपत्र रहेको कार्यक्रम संयोजक थापाले जानकारी दिए । प्रतियोगितामा सहभागी भएका ४२ जना सबैलाई सहभागीताको प्रमाण पत्र साथै मेडल प्रदान गरिएको बताइएको छ । प्रतियोगिताको निर्णायक समितिमा राजेश थापा, ख्याम पाठक, फडिन्द्र गिरी, डि.आर.सुवेदी र अरुण राजवंशी रहेका थिए । नगरस्तरीय डबल्स ब्याडमिन्टन प्रतियोगितालाई थप व्यवस्थित एवं मर्यादित बनाउँन प्याब्सन कनकाईले सचिव मोहन थापाको संयोजकत्वमा सल्लाहकार डि.आर. सुवेदी र सागर चौहान सदस्य रहेको उपसमिति गठन गरेको थियो ।

    दोस्रो पुरस्कार ग्रहण गर्दै….


    प्याब्सन कनकाई नगर अध्यक्ष विनोद सुव्वाको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा प्याब्सन झापाका अध्यक्ष गौरीमान फागो, समाजसेवी गोविन्दकुमार प्रधान, ईलाका प्रहरी कार्यालय घैलाडुबाका प्रमुख देवेन्द्र पौडेल, विजयी खेलाडी अग्नीप्रसाद खरेल लगायतले शुभकामना मन्तव्य राख्दै निजी विद्यालयका अभिभावकहरुलाई लक्षित गरी संचालन भएको कार्यक्रमबाट अभिभावक, विद्यार्थी र विद्यालय परिवार विचको सम्बन्ध थप सुमधुर बनेको बताए । प्याब्सन कनकाई नगर समितिले यस अघिदेखी नै विद्यार्थी केन्द्रित अतिरिक्त क्रियाकलापसहित अभिभावक केन्द्रित विभिन्न गतिविधि संचालन गर्दै आएको अध्यक्ष सुव्वाले बताए ।


    प्रतियोगिताको सोमबार एक कार्यक्रमका विच कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले उद्घाटन गरेका थिए । एक संक्षिप्त कार्यक्रमका विच भएको उद्घाटन समारोहमा आयोजक समितिका तर्फबाट उपसमिति सदस्य प्यारागन एकाडेमीका प्रिन्सिपल डिआर सुवेदीले सहभागी सबैलाई स्वागत गरेका थिए ।

    तेस्रो पुरस्कार ग्रहण गर्दै…..

    प्याब्सन कनकाई नगर सचिव एवं कार्यक्रम संयोजक मोहन थापाले संचालन गरेको औपचारिक कार्यक्रममा कनकाई नगरपालिका वडा नं.९ का वडाअध्यक्ष राजेन्द्र उप्रेती, प्याब्सनका केन्द्रिय सदस्य एल.पी. उप्रेती, प्रदेश सदस्य भानु राजवंशी, जिल्ला सदस्य सागर ढुङ्गाना र केशव शर्मा बेडारी, कनकाई नगर खेलकुद विकास समितिका अध्यक्ष जविन तिम्सिना, आदर्श क्याम्पस घैलाडुवाका सहायक क्याम्पस प्रमुख सुशिलकुमार श्रेष्ठ, आदर्श मावि घैलाडुवाका व्यवस्थापन समिति अध्यक्ष चन्द्रमोहन उप्रेती, प्रधानाध्यापक नरहरी न्यौपाने, कवर्ड हल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द उप्रेती, फक्तालुङ एजुकेशन फाउण्डेशन दुर्गापुरका प्रिन्सिपल ओमविक्रम नेम्बाङ, नवयुग शिक्षा निकेतन दुर्गापुरका सहायक प्रिन्सिपल राजन कार्की, पाथीभारा एकाडेमीका सिइओ श्रीकान्त थापा, प्याब्सन कनकाई नगरका कोषाध्यक्ष विनोद उप्रेती, पत्रकार रामप्रसाद निरौला लगायत स्थानीय संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो । कार्यक्रममा आयोजक उपसमितिका सदस्य सागर चौहानले प्राविधिक व्यवस्थापनमा सहजीकरण गरेका थिए ।


    प्रतियाोगितामा कनकाई नगरका संस्थागत विद्यालय (प्याब्सन ÷एनप्याब्सन ÷ मन्टेश्वरी र स्वतन्त्र ) सहितका विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकहरुको सहभागीता रहेको बताइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    उचित विकल्प विना सुकुम्बासीलाई हटाउनु राज्य आतंक: हर्क साम्पाङ

    २०८३ बैशाख ११, शुक्रबार १८:०१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.