Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » नगरबासीको पशुधन सुरक्षामा स्थानीय सरकार गम्भिर छ ः नगर प्रमुख पोखरेल
    समाचार

    नगरबासीको पशुधन सुरक्षामा स्थानीय सरकार गम्भिर छ ः नगर प्रमुख पोखरेल

    कनकाई खबरBy कनकाई खबर२०७९ माघ २४, मंगलवार २३:३८ गते3 Mins Read

    कनकाई खबर \ झापाको कनकाईमा पशु स्वास्थ्य तथा बाँझो पन निवारण सम्बन्धि वृहत घुम्ती शिविर संचालन भएको छ ।

    माघ २३ गते सोमबारदेखि सुरु भएको शिविर फागुन २ गते समापन हुने छ । कनकाई नगरपालिकाको वडा नं.९ स्थित ईलाका प्रहरी कार्यालय घैलाडुवा आसपासको बस्तीमा एक संक्षिप्त कार्यक्रमका विच कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले शिविरको उद्घाटन गरेका हुन् । यस वडामा दुई वटा सेवा केन्द्र स्थापना गरी संचालन गरिएको शिविरबाट १२० परिवार लाभान्वीत भएको बताइएको छ ।

    कनकाई नगरपालिका वडा नं.९ का वडाअध्यक्ष राजेन्द्र उप्रेतीको अध्यक्षतामा भएको शिविरको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कनकाई नगरपालिकाका प्रमुख पोखरेलले कृषि तथा पशुपालनका क्षेत्रमा आत्मनिर्भर बन्दै आएका नगरवासीलाई प्राथमिक्तामा राखेर स्थानीय सरकारले घर घरमै सेवा पुर्याउँने उद्येश्यका साथ अभियान संचालन गरेको बताएका छन् । बढी भन्दा बढी नगरबासी कृषकलाई लाभ लिन अनुरोध गर्दै नगर प्रमुख पोखरेलले कनकाई नगरवासीको पशुधन सुरक्षामा स्थानीय सरकार गम्भिर भएको बताए । कनकाई नगरपालिका र हेफर प्रोजेक्ट नेपालको साझेदारी साथै अभियान नेपालको सहजिकरणमा निशुल्क पशु स्वास्थ्य शिविर संचालन भएको हो ।

    शिविरमा पशुपंक्षी तथा मत्स्य विकास शाखा कनकाईका प्रमुख तेजबहादु पौडेल, भेट्नरी अधिकृत कुलवहादुर गुरुङ्, परियोजनाका संयोजक केशव खनाल सहित पशु सेवासँग सम्बन्धित जिल्लाका प्रमुख तथा प्राविधिकहरुको टोलीले सहजीकरण गरिरहेको बताइएको छ। कनकाई नगर क्षेत्रका कृषकहरुलाई लाभान्वित गराउँने उद्येश्यका साथ नगरका नौ वटै वडाको विभिन्न ३० वटा स्थानमा सेवा केन्द्र स्थापना गरी घुम्ती शिविर संचालन गरिएको पशुपंक्षी तथा मत्स्य विकास शाखा कनकाईका प्रमुख तेजबहादु पौडेलले जानकारी दिए । अघिल्ला वर्षहरुमा समेत संचालन गरेको पशु स्वास्थ्य शिविरलाई यस वर्ष अलिक वृहत रुपमा अघि बढाइएको पौडेलले बताए ।

    कृषकहरुको पशुधनको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै स्थानीय सरकारबाट भएको घुम्ती शिविर साथै निशुल्क औषधि वितरणको कार्यक्रमले कृषि तथा पशुपालनमा थप हौसला मिलेको स्थानीय कृषकहरु बताउँछन् । नगर क्षेत्रका प्रत्येक वडामा आवश्यक्ता अनुसार तीनदेखी पाँचवटा सम्म सेवा केन्द्र स्थापना गरेर पशु स्वास्थ्य शिविर संचालन गरेको कनकाईका भेट्नरी अधिकृत कुलवहादुर गुरुङ्ले जानकारी दिए । शिविरको दोस्रो दिन कनकाईको वडा नं.८ मा व्यवस्थापन गरिएको तीनवटा सेवा केन्द्रबाट सेवा प्रवाह भएको भेट्नरी अधिकृत गुरुङ् बताउँछन् । कनकाई—८ का वडाअध्यक्ष लिलावहादुर कटुवालले उद्घाटन गरेको यस वडामा भने करिव ३००बढी सेवाग्राही लाभान्वीत भएको बताइएको छ । निशुल्क रुपमा संचालन भएको शिविरबाट पशुपालक कृषकहरुमा उत्साह जागेको वडाअध्यक्ष कटुवाल बताउँछन् ।

    कनकाई नगरपालिका र हेफर प्रोजेक्ट नेपालको साझेदारी साथै अभियान नेपालको सहजिकरणमा संचालन भएको कृषि तथा पशुपालन उद्यमशिलता विकास परियोजना अन्तर्गतको घुम्ती शिविरमा नगरपालिकाको ७५ प्रतिशत र हेफर प्रोजेक्टको २५ प्रतिशत गरी १७ लाखको बजेट व्यवस्थापन भएको कार्यक्रम संयोजक केशब खनालले जानकारी दिए । जस मध्ये तीन लाख रुपैंया प्रशासनीक खर्च साथै अन्य १४ लाख बराबरको औषधि निशुल्क वितरण गरिएको परियोजनाका संयोजक खनाल बताउँछन् । कार्यक्रम संयोजक खनालका अनुसार शिविरमा गाईभैंसीको बाँझो पनको परिक्षण साथै आवश्यक औषधि वितरण गरिने छ । त्यस्तै सबै जातका अन्य पशु चौपायको स्वास्थ्य परिक्षणका साथै रेविज भेक्सिन, बोका, सुँगुरको बन्ध्याकरण भिटामिन, क्याल्सियम, जुका नाम्लेको औषधि लगायत निशुल्क वितरण गरिने बताइएको छ ।

    यस पटकको शिविरबाट कनकाई नगरपालिका क्षेत्रका ३५ हजार बढी सेवाग्राही लाभान्वीत हुने गरीको कार्य योजना निर्माण भएको शिविरमा सहजीकरण गरिरहेकी सामुदायिक सहजकर्ता चन्दा सिटौलाले बताएकी छन् । कनकाईको पशुपंक्षी तथा मत्स्य विकास शाखा अन्तर्गत अधिकृत तहका कर्मचारी साथै पशु स्वास्थ्य प्राविधिकसहित अन्य जनशक्ति समेत गरी ३० भन्दा बढी प्राविधिकहरु शिविरमा खटिएका छन् । दश दिनसम्म हरेक दिन विहान ९ बजेदेखि बेलुका ५ बजे सम्म फिल्डमै रहेर काम भइरहेको सहजकर्ता सिटौला बताउछिन्। शिविरमा प्राविधिकहरु दैनिक दुई समूहमा विभाजन भई सेवा संचालन भइरहेको बताइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते

    असल बुहारी सहित २३ जनालाई सम्मान गर्दै ज्येष्ठ नागरिक संघ कनकाईको अधिवेशन सहितको साधारण सभा सम्पन्न

    २०८३ आश्विन १३, मंगलवार ११:४३ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.