Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » बिपन्न परिवारको छहारी बन्यो सहारा साकोस ः मन्त्री गिरी
    समाचार

    बिपन्न परिवारको छहारी बन्यो सहारा साकोस ः मन्त्री गिरी

    कनकाई खबरBy कनकाई खबर२०७९ माघ २४, मंगलवार ०३:२० गते3 Mins Read


    कनकाई खबर \ संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले विपन्न परिवारकालागि न्यानो ओत दिने काम गर्दै आएको सहारा नेपाल साकोसले सरकारले गर्न नसकेको काम पनि गरेको भन्दै सहारा साकोसको खुलेर प्रशंसा गरेका छन् ।

    झापाको विर्तामोड–२ मा मुख्य कार्यालय रहेको सहारा नेपाल साकोसको सोमबार पर्यटकीय क्षेत्र जामुनखाडीमा सम्पन्न दशौं विस्तारित भेलालाई सम्बोधन गर्दै मन्त्री गिरीले सामाजिक क्षेत्रमा सहाराको योगदानको चर्चा गर्दै नेपाल सरकारका तर्फबाट समेत संस्थालाई सहयोग गर्ने प्रतिवद्धता जनाए । मन्त्री गिरीले स्वास्थ्यका क्षेत्रमा राज्य गम्भिर नभएका कारण स्वास्थ्यको पहँचुबाट जनता असुरक्षित रहेकोमा दुःख व्यक्त गरे ।


    आगामी दिनमा जनताले अनुभुति गर्ने गरीको काम गर्ने प्रतिवद्धता जनाउँदै मन्त्री गिरीले पालिका तहमा रहेका अस्पताललाई थप सुविधा सम्पन्न बनाउने बताएका छन् । मन्त्री गिरीले सबै नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच अभिवृद्धि गर्न सरकार लागिपरेको भन्दै सातवटै प्रदेशमा अत्याधुनिक अस्पताल बनाउने र नागरिकलाई बीमा मार्फत स्वास्थ्य सेवा उपलब्ध गराउने तयारीमा सरकार रहेको बताए ।

    कार्यक्रममा प्रदेश १ का उद्योग, कषि तथा सहकारी मन्त्री सिटौलाले सहारा नेपाल साकोस सबै सहकारी संस्थाहरुको अभिभावक संस्था रहेको भन्दै विपन्न परिवारको समेत सहरा भएको बताए । संस्थाको आगामी दश वर्षे रणनीतिक योजनाकालागि सुझाव संकलनका साथै केन्द्र र प्रदेशका दुई मन्त्रीलाई सम्मान गर्दै संस्थाको दशौं विस्तारित भेला सम्पन्न भएको हो ।


    सहारा नेपाल साकोसले संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरी र प्रदेश १ का उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलालाई संस्थाका अध्यक्ष हरिबहादुर राजवंशी र प्रमुख कार्यकारी अधिकृत महेन्द्रकुमार गिरीले सम्मान–पत्र प्रदान गर्दै कार्य सफलताको शुभकामना व्यक्त गरेका थिए ।


    कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत गिरीले आगामी १० वर्षे रणनीतिक योजनाका बारेमा छलफल गर्न र सुझाव संकलन गर्न कार्यक्रमको आयोजना गरिएको बताए । प्रमुख कार्यकारी अधिकृत गिरीले संस्थाको आगामी १० वर्षे कार्यदिशाका बारेमा जानकारी गराउँदै यसका रणनीतिक योजना तर्जुमा गर्नुअघि सदस्यहरुबाट सुझाव संकलन गरेर विज्ञहरुसँग परामर्श गर्नका लागि विस्तारित बैठक गरिएको बताए । संस्थाले मिसन २०८८, सदस्य सुनौ, सदस्य बनौं अभियान, कोष तथा तरलता व्यवस्थापन, आन्तरिक स्रोत बृद्धिका लागि बचतमा प्राथमिकता, ऊर्जा क्षेत्र सहयोग कार्यक्रम, उद्यमशीलता विकास र रोजगारी सिर्जना, सदस्यहरुको स्वास्थ्य सेवामा पहुँच लगायतका १७ वटा बुँदामा आफ्नो कार्यदिशा तय गरेको छ ।


    कार्यक्रममा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले सहारा नेपाल साकोसको सहकार्यमा नगरमा धेरै राम्रा काम गरेको जानकारी दिए । ज्येष्ठ नागरिक, शिक्षा र विपन्न आवास लगायतका क्षेत्रमा सहारा नेपालसँगको सहकार्यमा धेरै काम नगरपालिकाले गरेको नगरप्रमुख पोखरेलको भनाई छ । कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेल, राष्ट्रिय सहकारी महासंघका सल्लाहकार कमलप्रसाद चौलागाईं, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवी उप्रेती लगायतले नेपालको वर्तमान सहकारीको अवस्था, अप्ठ्यारा, अवसर लगायतका बारेमा चर्चा गरेका थिए ।


    संस्थाका अध्यक्ष हरिबहादुर राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका बरिष्ठ उपाध्यक्ष हरिप्रसाद निरौलाले स्वागत गरेका थिए । कार्यक्रमको सञ्चालन पत्रकार केशव भट्टराईले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.