Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » निजी विद्यालयका अभिभावकको ब्याडमिन्टनः आज मंगलबार सेमी र फाइनल खेल हुने
    खेलकुद

    निजी विद्यालयका अभिभावकको ब्याडमिन्टनः आज मंगलबार सेमी र फाइनल खेल हुने

    कनकाई खबरBy कनकाई खबर२०७९ माघ २४, मंगलवार ०१:४८ गते2 Mins Read


    कनकाई खबर \ झापाको कनकाईमा निजी विद्यालयका अभिभावकहरुको सहभागीतामा संचालन भएको ब्याडमिन्टन प्रतियोगितामा आज मंगलबार सेमी फाइनल र फाइनलका खेल हुने भएका छन् ।

    प्याब्सन कनकाई नगर समितिले माघ २३ र २४ गते दुई दिन सम्म संचालन हुने गरी आयोजना गरेको नगरस्तरीय डबल्स ब्याडमिन्टन प्रतियोगिताको सोमबार एक कार्यक्रमका विच कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले उद्घाटन गरेका हुन् । कनकाई–९ घैलाडुबास्थित कवर्ड हलमा प्याब्सन कनकाईका अध्यक्ष विनोद सुव्वा र नगर प्रमुख पोखरेल विच ब्याडमिन्टन खेलको सुरुवात गर्दै विधिवत रुपमा कार्यक्रमको उद्घाटन भएको हो । प्याब्सन कनकाईका अध्यक्ष विनोद सुव्वाको अध्यक्षता एवं नगर प्रमुख पोखरेलको प्रमुख आतिथ्यतामा एक संक्षिप्त कार्यक्रमका विच भएको उद्घाटन समारोहमा आयोजक समितिका तर्फबाट उपसमिति सदस्य प्यारागन एकाडेमीका प्रिन्सिपल डिआर सुवेदीले सहभागी सबैलाई स्वागत गरेका थिए ।


    प्याब्सन कनकाई नगर सचिव एवं कार्यक्रम संयोजक मोहन थापाले संचालन गरेको औपचारिक कार्यक्रममा कनकाई नगरपालिका वडा नं.९ का वडाअध्यक्ष राजेन्द्र उप्रेती, प्याब्सनका केन्द्रिय सदस्य एल.पी. उप्रेती, प्रदेश सदस्य भानु राजवंशी, जिल्ला सदस्य सागर ढुङ्गाना र केशव शर्मा बेडारी, कनकाई नगर खेलकुद विकास समितिका अध्यक्ष जविन तिम्सिना, आदर्श क्याम्पस घैलाडुवाका सहायक क्याम्पस प्रमुख सुशिलकुमार श्रेष्ठ, आदर्श मावि घैलाडुवाका व्यवस्थापन समिति अध्यक्ष चन्द्रमोहन उप्रेती, प्रधानाध्यापक नरहरी न्यौपाने, कवर्ड हल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द उप्रेती, फक्तालुङ एजुकेशन फाउण्डेशन दुर्गापुरका प्रिन्सिपल ओमविक्रम नेम्बाङ, नवयुग शिक्षा निकेतन दुर्गापुरका सहायक प्रिन्सिपल राजन कार्की, पाथीभारा एकाडेमीका सिइओ श्रीकान्त थापा, प्याब्सन कनकाई नगरका कोषाध्यक्ष विनोद उप्रेती, पत्रकार रामप्रसाद निरौला लगायत स्थानीय संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो । कार्यक्रममा आयोजक उपसमितिका सदस्य सागर चौहानले प्राविधिक व्यवस्थापनमा सहजीकरण गरेका थिए ।


    उद्घाटनका अवसरमा पहिलो र दोस्रो चरणको खेल सम्पन्न भएको छ । मंगलबार बिहान ९ बजेदेखी सेमी फाइनल र फाइनल चरणका खेल संचालन भई मध्यान्नमा पुरस्कार वितरणको औपचारिक कार्यक्रम संचालन हुने प्याब्सन कानकाईका सचिव एवं कार्यक्रम संयोजक मोहन थापाले जानकारी दिए । प्रतियोगितामा सहभागी भएका ४२ जना सबैलाई सहभागीताको प्रमाण पत्र साथै मेडल प्रदान गरिने छ भने विजेतालाई क्रमशः प्रथम पुरस्कार नगद रु.२५ हजार, दोस्रो पुरस्कार रु.१५ हजार र तेस्रो पुरस्कार रु.१० हजार रुपैयाँ सहित मेडल, ट्रफि र प्रमाणपत्र प्रदान गरिने कार्यक्रम संयोजक थापाले जानकारी दिए ।


    प्रतियाोगितामा कनकाई नगरका संस्थागत बिद्यालय (प्याब्सन \ एनप्याब्सन \ मन्टेश्वरी र स्वतन्त्र ) सहितका विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकहरुको सहभागीता रहेको बताइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    उचित विकल्प विना सुकुम्बासीलाई हटाउनु राज्य आतंक: हर्क साम्पाङ

    २०८३ बैशाख ११, शुक्रबार १८:०१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.