Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » प्रसाईंको नेतृत्वमा कन्काई माविको विव्यस सर्वसम्मत चयन
    समाचार

    प्रसाईंको नेतृत्वमा कन्काई माविको विव्यस सर्वसम्मत चयन

    कनकाई खबरBy कनकाई खबर२०७९ माघ २२, आईतवार ००:२१ गते2 Mins Read


    कनकाई खबर \ कनकाई नगरपालिका–३ स्थित कन्काई माध्यमिक विद्यालयमा युवा समाजसेवी चन्द्रप्रसाद प्रसाईंको अध्यक्षतामा नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ ।

    एक कार्यकाल विद्यालय व्यवस्थापन समितिमा सदस्य भइसकेका प्रसाईं लगायत समस्त समिति सर्वसम्मत गठन भएको हो । समिति सदस्यमा गोविन्दप्रसाद पौडेल, टीका अधिकारी, दिलिप घतानी, गोविन्द सुवेदी, क्रान्ति सुवेदी, मेनुका घिमिरे र शिक्षक प्रतिनिधि दिलिपकुमार खतिवडा चयन भएका छन् । सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक कर्णबहादुर डाँगी रहेका छन् ।


    नवनिर्वाचित अध्यक्ष प्रसाईंले अभिभावक, शिक्षक, विद्यार्थी, शिक्षासेवी, चन्दादाता, स्थानीय सरकार, प्रदेश सरकार, केन्द्रीय सरकार सबै पक्षसँग समन्वय र सहकार्य गर्दै विद्यालयलाई शैक्षिक, व्यवस्थापकीय र भौतिक रूपमा नमुना विद्यालय बनाउन सकारात्मक सोचका साथ क्रियाशील हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।


    उनले विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न सबै अभिभावकलाई विद्यालयले अघि सारेका कार्यक्रम र कार्ययोजना सफल बनाउन सहयोगका लागि अपिल गरे । उक्त विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्म पठनपाठन भइरहेको छ । नेपाली र अंग्रेजी दुवै माध्यममा पठनपाठन भइरहेको विद्यालयमा सुस्त श्रवण तथा बहिरा विद्यार्थीका लागि विशेष कक्षा समेत सञ्चालन भइरहेको छ । विद्यालयमा कक्षा ११–१२ मा विज्ञान, व्यवस्थापन, शिक्षा र मानविकी समूहका कक्षाहरू सञ्चालित छन् ।


    ८६ जना शिक्षक तथा कर्मचारी कार्यरत रहेको उक्त विद्यालयमा हाल २ हजार ५ सय विद्यार्थी अध्ययनरत छन् । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा प्रस्तावित नमुना विद्यालयको रूपमा छनोटमा परेको उक्त विद्यालय नमुना विद्यालय बन्न आवश्यक पूर्वाधार तथा मापदण्ड पुरा गर्न प्रयत्नशील रहेको शिक्षक– अभिभावक संघ (पीटीए) का सदस्य खगमाया चापागाईंले जानकारी दिइन् ।

    समितिको पूर्णतापछिको कार्यक्रममा निवर्तमान अध्यक्ष जनार्दन उप्रेती, निवर्तमान शिक्षक प्रतिनिधि बल्लभकुमार गौतम, शिक्षक अभिभावक सङ्घका अध्यक्ष रमेश शेर्पा, विद्यालय व्यवस्थापन समिति पूर्व सदस्य बालकृष्ण नेपाल लगायतले नवगठित समितिलाई बधाईसहित शुभकामना दिएका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    उचित विकल्प विना सुकुम्बासीलाई हटाउनु राज्य आतंक: हर्क साम्पाङ

    २०८३ बैशाख ११, शुक्रबार १८:०१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.