Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई खेलकुद प्रतिष्ठानबाट सन्थाल मेलाको आयव्यय सार्वजनिक
    खेलकुद

    कनकाई खेलकुद प्रतिष्ठानबाट सन्थाल मेलाको आयव्यय सार्वजनिक

    कनकाई खबरBy कनकाई खबर२०७९ माघ २१, शनिबार ०३:१६ गते3 Mins Read

          

    कनकाई खबर \ कनकाई खेलकुद प्रतिष्ठानले यस अघि बडादशैंको अवसरमा फुलपातीका दिन संचालन गरेको जिल्लास्तरीय सन्थाल मेला२०७९ को आयव्यय विवरण सार्वजनिक गरेको छ ।

    खेलकुदसँगै सामाजिक क्षेत्रमा अतिरिक्त क्रियाकलापका गतिविधिहरु संचाालन गर्दै आएको प्रतिष्ठानले यस अघि बडादशैंको अवसरमा फूलपातीका दिन(असोज१६गते) कनकाई मावि सुरुङ्गाको खेल मैदानमा जिल्लास्तरीय प्रतियोगितात्मक सन्थाल नृत्यको आयोजना गरेको थियो । प्रतिष्ठानले सन्थाल संस्कृतिको समेत संरक्षण गर्ने उद्येश्यका साथ आफ्नो वार्षिक कार्यक्रमका रुपमा हरेक वर्ष वडादशैंको फुलपातीका दिन कनकाई सन्थाल मेलाको आयोजना गर्ने जनाएको छ । यस किसिमको प्रतियोगिताबाट लोप हँुदै गएको सन्थाल समुदायको संस्कृति संरक्षण एवं प्रवद्र्धनमा थप टेवा पुग्ने विश्वास गरिएको छ ।


    केही दाताहरुबाट आर्थिक सहयोगको रकम प्राप्त हुन ढिलासुस्ती भएका कारण आयव्ययको यथार्थ विवरण आउँन समेत ढिलाई भएको भन्दै प्रतिष्ठानको कार्यसमिति बैठकले आयव्ययलाई चुस्तदुरुस्त पारेको छ । प्रतिष्ठानको कार्यालयमा शुक्रबार सल्लाहकार समितिका सदस्य रामप्रसाद निरौलासहित कार्यसमितिको बैठकले आयव्ययको यथार्थ विवरणलाई लिपिवद्ध गर्दै सार्वजनिक गरेको हो ।


    प्रतिष्ठानका अध्यक्ष छवि थपलियाको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले गरेको निर्णयअनुसार आम्दानी तर्फ २ लाख ७५ हजार ५७ रुपैंया रहेको छ भने खर्च तर्फ २ लाख ७५ हजार ९ सय रुपैंया भएको जनाइएको छ । कार्यक्रमकालागि कनकाई नगरपालिकाबाट रु.१ लाख रुपैंया प्राप्त भएको थियो भने प्रथम पुरस्कारको राशि रु.३१ हजार कनकाई वडा नं.३ बाट साथै तेस्रो पुरस्कार रु.२१ हजार कनकाई वडा नं.२ बाट प्राप्त भएको जनाइएको छ । त्यस्तै कनकाई वडा नं.७ बाट रु.१५ हजार प्राप्त भएको कार्यक्रममा अन्य सबै वडाबाट रु.१० हजारका दरले आर्थिक सहयोग प्राप्त भएको प्रतिष्ठानका अध्यक्ष थपलियाले जानकारी दिए । कनकाई नगरपालिकासहित नगरका सबै वडा कार्यालयबाट कर कट्टी सहित रु.२ लाख २५ हजार५७ रुपैंया प्राप्त भएको जनाइएको छ ।


    प्रतियोगितामा चौथो पुरस्कार समाजसेवी एकराज उप्रेतीबाट रु.१८ हजार, पाँचौं पुरस्कार रु.१५हजार प्रिमियम कन्सल्टेन्सीका संचालक प्रज्ञान थपलिया र मौसम गिरीबाट प्राप्त भएको बताइएको छ । त्यस्तै हाल बैदेशिक रोजगारीमा ब्रुनाइमा रहेका कनकाई ३ निवासी मेघराज राईबाट रु.५ हजार, सुकेडाँगी सामुदायिक वनबाट रु.५ हजार साथै नगदी रसिदबाट रु.७ हजार गरेर कार्यक्रमकालागि आर्थिक सहयोग प्राप्त भएको बताइएको छ ।
    प्रतियोगितामा प्रथम हुने जियोड झर्ना सन्थाल क्लव गौरीगञ्जले नगद रु. ३१ हजार प्राप्त गरेको थियो भने द्वितीय हुने झापा गाउँपालिकाले नगद रु.२५ हजार , तृतीय हुने बाह्रदशी वडा नं.–३ राजगडले नगद रु.२१ हजार , चौथो हुने मदरगाछ सन्थाल झापा गाउँपालिका—७ ले नगद रु.१८ हजार र पाँचौ पुरस्कार बाह्रदशी वडा नंं.–७ डाँगीबारी सन्थाल क्लवले नगद रु.१५ हजारसहित प्रशंसा पत्र प्राप्त गरेको प्रतिष्ठानकी उपाध्यक्ष अम्बिका खरेलले जानकारी दिएकी छन् । प्रतियोगितामा सहभागी अन्य विभिन्न १६ वटा समूहलाई प्रोत्साहन स्वरुप सान्त्वना पुरस्कार समेत प्रदान गरिएको उपाध्यक्ष खरेलले जानकारी दिएकी छन् । कार्यक्रम व्यवस्थापनमा अन्य विविध शिर्षकमा खर्च भएको प्रतिष्ठानले जनाएको छ । प्रतियोगिता सम्पन्न भएपछि प्रतिष्ठानले खेल मैदानको सरसफाईको कार्यलाई प्राथमिक्ताका साथ सम्पन्न गरेको जनाएको छ ।


    “खेलकुद मार्फत राष्ट्र विकासको अभियान” भन्ने नारालाई आत्मसाथ गर्दै अघि बढेको खेलकुद प्रतिष्ठानले समाज रुपान्तरणकालागि पछिल्लो समय सामाजिक क्षेत्रमा समेत सक्रियता देखाएको छ । प्रतिष्ठानले खेलकुदका गतिविधिहरु मात्रै नभएर अतिरिक्त क्रियाकलापका कार्यक्रम समेत संचालन गर्दै जाने योजना बनाएको प्रतिष्ठानकी सचिव मान्ता खरेलले जानकारी दिएकी छन् ।


    प्रतिष्ठानले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आगामी फागुन २४ गते समापन हुने गरी जिल्ला स्तरीय महिला फुटबल प्रतियोगिताको ७ औं संस्करण संचालन गर्नकालागि आवश्यक तयारी सुरु गरिसकेको प्रतिष्ठानका सहसचिव रमेशचन्द्र मैनालीले जानकारी दिए। नगर खेलकुद विकास समितिसँगको सहकार्यमा संचालन हुने प्रतियोगिताकालागि झापाका १० वटा महिला फुटबल टिमलाई पत्राचार समेत गरिसकिएको प्रतिष्ठानका सहसचिव मैनालीले बताए । फोटो ..सन्थाल मेलाको फायल फोटो

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    उचित विकल्प विना सुकुम्बासीलाई हटाउनु राज्य आतंक: हर्क साम्पाङ

    २०८३ बैशाख ११, शुक्रबार १८:०१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.