Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » साना मझौला व्यवसायी साकोसको निशुल्क आँखा शिविर
    समाचार

    साना मझौला व्यवसायी साकोसको निशुल्क आँखा शिविर

    कनकाई खबरBy कनकाई खबर२०७९ माघ १९, बिहीबार १६:२८ गते2 Mins Read


    कनकाई खबर \ झापाको विर्तामोडमा मुख्य कार्यालय रहेको साना मझौला व्यवसायी बचत तथा ऋण सहकारी संस्था लि.ले एकदिवसीय निशुल्क आँखा शिविर सम्पन्न गरेको छ ।


    संस्थाको सुरूङ्गा स्थित सेवा केन्द्रको आयोजनामा कनकाई –३ को जनचेतना आधारभुत विद्यालय परिसरमा भएको आँखा शिविरबाट ५ सय बढी स्थानीयबासी लाभान्वीत भएको सेवा केन्द्रका संयोजक राजेन्द्र उप्रेतीले जानकारी दिए । बचत तथा ऋणको मात्र कारोबारमा सिमित नरही साना मझौला व्यवसायी साकोसले सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक वर्ष ग्रामिण क्षेत्रलाई लक्षित गरी विविध कार्यक्रम संचालन गर्दै आएको संयोजक उप्रेतीले बताए ।


    मेची आँखा अस्पताल विर्तामोडको प्राविधिक सहयोग रहेको शिविरमा अस्पतालका नेत्र अधिकृत कविता कार्की कडरीयाको नेतृत्वमा रहेको स्वास्थ्यकर्मीहरुको टोलीले विशेष भुमिका खेलेको बताइएको छ । आँखा परिक्षण गर्दा मोती बिन्दु देखिएका बिरामीलाई संस्थाको तर्फबाट निशुल्क अप्रेसनकालागी रेफर गरिएको संस्थाकी अध्यक्ष देवीका निरौला बस्नेतले जानकारी दिएकी छन् । सामान्य समस्या भएका आँखाका विरामीलाई निशुल्क औषधि वितरण गरिएको छ भने विशेष छुटमा चस्मा उपलव्ध गराइएको अध्यक्ष बस्नेतले बताएकी छन् ।


    अध्यक्ष बस्नेतको सभापतित्व एवं कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्य रहेको उद्घाटन समारोहमा कनकाई वडा नं.३ का वडाअध्यक्ष युवराज चम्लागाईँ, अस्पतालकी नेत्र अधिकृत कविता कार्कीकडरीया, जनचेतना आधारभुत विद्यालयका अध्यक्ष टिका लामीछाने लगायतले कार्यक्रमको सफलताको कामना गरेका थिए।


    कार्यक्रम संयोजक सेवा केन्द्रका सदस्य ऋषि राईले स्वागत गरेको कार्यक्रममा संस्थाका सचिव चन्द्रकुमार भट्टराईले औचित्य माथि प्रकाश पारेका थिए । सेवाकेन्द्र सुरुङ्गाका सचिव प्रेमप्रसाद अधिकारीले संचालन गरेको औपचारिक कार्यक्रममा कनकाई नगरपालिकाका सहकारी विभाग प्रमुख हरिप्रसाद पौडेल, संस्थाका कोषाध्यक्ष एवं सेवा केन्द्रका पूर्व संयोजक देवीप्रसाद अधिकारी, जनचेतना आधारभुत विद्यालयकी प्रधानाध्यापक होमकुमारी कुमाल, गुहेखाडी कृषि सहकारी संस्थाका अध्यक्ष मानवहादुर पौडेल, मार्गदर्शन नेपालका अध्यक्ष दिपक भट्टराई लगायतको आतिथ्यता रहेको थियो ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.