Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » झापाका प्रजिअ तथा सुरक्षा प्रमुखहरुसँग अन्तरक्रिया
    समाचार

    झापाका प्रजिअ तथा सुरक्षा प्रमुखहरुसँग अन्तरक्रिया

    कनकाई खबरBy कनकाई खबर२०७९ माघ १८, बुधबार १०:०० गते2 Mins Read


    बिर्तामोड \ झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जिल्लामा शान्ति सुरक्षा तथा सुशासन कायम राख्न नागरिक समाज र निजी क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताएका छन् ।


    बिर्तामोडमा आयोजित एक अन्तरक्रियामा बोल्दै प्रजिअ पोखरेलले सरकार, नागरिक समाज र निजी क्षेत्रको समन्वय राम्रो भएमा सुशासनको अवस्था मजबुत हुने बताए । संवाद समूह झापाको संयोजनमा भएको अन्तरक्रियामा प्रजिअ पोखरेलले झापामा रेलवे प्रभावितहरुको मुआब्जाको समस्या, चिया क्षेत्रको समस्या, मेची प्रादेशिक अस्पतालको सेवा सुधार लगायतका जिल्लाका मुख्य समस्यामा आफू गम्भीर रहेको र समाधानका लागि अधिकतम् पहल गर्ने बताए ।


    सहायक प्रमुख जिल्ला अधिकारी रुद्र न्यौपानेले जिल्ला प्रशासनको सूचना संयन्त्रमा सुधार गर्ने, बजार अनुगमनलाई प्रभावकारी बनाउने बताउँदै लागूऔषध, मिटरब्याजी, वैदेशिक रोजगारीमा हुने ठगी लगायतका विषयमा बताएका थिए ।


    जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक दुर्गाराज रेग्मी, सशस्त्र प्रहरी बल नेपाल २ नं. गण झापाका सशस्त्र प्रहरी उपरीक्षक देवराज अर्याल, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका उपअनुसन्धान निर्देशक तुलसीराम प्रसाईंले जिल्लामा नागरिक समाज र सञ्चार क्षेत्रसँग समन्वय गरेर काम गर्ने बताए ।


    त्यसैक्रममा संवाद समूहका सदस्यहरु राप्रपा झापाका अध्यक्ष केशवप्रसाद ओझा, नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य लक्ष्मी न्यौपाने सरु, जसपा झापाकी उपाध्यक्ष संगीता रौनियार, रेडक्रस झापाका सभापति लोकराज ढकाल, एबीसी नेपालकी जिल्ला अध्यक्ष कञ्चना ढकाल लगायतले जिल्लामा संवाद समूहले गरिरहेको काम, अभ्यास र संवाद संस्कृतिको बारेमा बताएका थिए । उनीहरुले जिल्लाका समसायिक सवालका बारेमा समेत कुरा राखेका थिए ।


    कार्यक्रममा पत्रकारहरु दिपीन राई, सावित्रा दाहाल, मुक्ति पौडेल, इन्द्रसिंह राजवंशी, लीला अनमोल, विनोद पाण्डे लगायतले विभिन्न सुझाव राखेका थिए । प्रजिअ पोखरेलसहित झापामा विभागीय जिम्मेवारी सम्हाल्न भर्खरै आएका सुरक्षा निकायका प्रमुखहरुलाई स्वागत सम्मानसहित कार्यकाल सफलताको शुभकामना व्यक्त गरिएको थियो । 

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.