Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » वार्षिकोत्सवका अवसरमा कन्काई माविले गर्यो शिक्षक -विद्यार्थी सम्मान
    शिक्षा

    वार्षिकोत्सवका अवसरमा कन्काई माविले गर्यो शिक्षक -विद्यार्थी सम्मान

    कनकाई खबरBy कनकाई खबर२०७९ माघ १५, आईतवार १५:२९ गते3 Mins Read


    कनकाई खबर \ कनकाई नगरपालिका–३ स्थित कन्काई माध्यमिक विद्यालयले ३४ जना शिक्षासेवी तथा शिक्षाकर्मीलाई सम्मान तथा अभिनन्दन गरेको छ ।

    विद्यालयको ६५ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा विद्यालयको स्थापना, विकास र उन्नयनमा महत्त्वपूर्ण योगदान गर्ने शिक्षासेवीलाई सम्मान गरिएको हो । जिम्दार स्व. देवीप्रसाद उप्रेती, मास्टर स्व. कृष्णबहादुर खत्री, स्व. गंगाप्रसाद कार्की, स्व. विष्णुप्रसाद दाहाल, स्व. टठबहादुर कार्की, स्व. शिवप्रसाद मैनाली, स्व. राजाराम मुर्मू, स्व. कृष्णप्रसाद दाहाल, स्व.धर्मानन्द उप्रेती, स्व. खगप्रसाद ओली, स्व. चक्रबहादुर दाहाल, स्व. देवीप्रसाद ओली (डिट्ठा), स्व. देवनारायण मिश्र, स्व. बालकृष्ण उप्रेती, स्व. तुलसीदास श्रेष्ठलाई मरणोपरान्त अभिनन्दन तथा सम्मान गरिएको थियो । त्यसै गरी, शिक्षासेवीहरू चिरञ्जीवी उप्रेती, ताराकुमार श्रेष्ठ, झलकरमण सुवेदी, डिल्लीराम सिलवाल, मोहनप्रसाद कार्की, मानबहादुर माझी, भीमप्रसाद संग्रौला, पूर्व प्रअहरू कोमलप्रसाद पोखरेल र मदनकुमार पोखरेललाई सम्मान गरिएको थियो ।


    सो अवसरमा सेवा निवृत्त शिक्षक झरेन्द्रप्रसाद तिम्सिना, सेवा निवृत्त कर्मचारी नन्दलाल अधिकारी र पुण्यप्रसाद भट्टराईलाई सम्मानसहित विदाइ गरिएको थियो । कार्यक्रममा दीर्घसेवी उत्कृष्ट शिक्षकको रूपमा खड्गप्रसाद आचार्य र रोहिता खतिवडा तथा वर्ष उत्कृष्ट शिक्षकको रूपमा अमरेन्द्र मिश्र, खेमराज भट्टराई, मदनकुमारी बन्जरा, सरोज श्रेष्ठ र फूलमाया मुर्मूलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो ।


    गायनतर्फको प्रतिष्पर्धामा कन्काई ताराको विजेता विद्या लिम्बू, उपविजेताहरू दिया काफ्ले र प्रतीक्षा पोखरेल तथा नृतयतर्फ विजेता प्रकृति राजवंशी, उपविजेताहरू स्मृति अधिकारी र जागृति अधिकारीलाई नगद पुरस्कार प्रदान गरियो । त्यसै गरी सो अवसरमा एसईई–२०७८ र कक्षा–१२ को बोर्ड परीक्षामा उत्कृष्ट हुने छात्रछात्रालाई पुरस्कार प्रदान गरिएको थियो ।


    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनार्दन उप्रेतीको अध्यक्षता, प्रदेश नं. १ उद्योग, कृषि तथा सहकारी मन्त्री माननीय भक्तिप्रसाद सिटौलाको प्रमुख आतिथ्य र शिक्षक प्रतिनिधि बल्लभकुमार गौतमको स्वागत मन्तव्य रहेको कार्यक्रममा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल र उपप्रमुख आशा शर्मा शिवाकोटीलाई विशेष सम्मान गरिएको थियो । झापा क्षेत्र नं. ४ प्रदेश सभा सदस्य माननीय लख्खी गणेशको विशेष आतिथ्य रहेको कार्यक्रममा समाजसेवी चिरञ्जीवी उप्रेतीले २ लाख राशिको छात्रवृत्ति कोषको घोषणा गरेका थिए भने विद्यालयका पूर्व प्रअ, पूर्व अध्यक्ष तथा सल्लाहकार संयोजक कोमलप्रसाद पोखरेलले छात्रवृत्ति कोषका लागि २ लाख रुपैयाँको चेक विद्यालयका अध्यक्षलाई हस्तान्तरण गरेका थिए ।


    कार्यक्रममा प्रधानाध्यापक कर्णबहादुर डाँगीले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने शिक्षक–अभिभावक संघका अध्यक्ष रमेश शेर्पाले शिक्षक, अभिभावक, विद्यार्थी र शिक्षासेवी–चन्दादाताको संयुक्त प्रयासबाट नमुना विद्यालय बनाउन सकिने बताए । विद्यालयका मनोविज्ञान कार्यक्रमका प्रमुख डा. सुशील कडेँलले अभिभावकले आफूलाई समयानुकूल रुपान्तरण गर्दै बालमनोविज्ञानलाई ख्याल गर्दै पठनपाठन गर्नुपर्ने बताएका थिए । कार्यक्रममा प्रतिमान–गंगादेवी उत्कृष्ट छात्रवृत्ति कोष, रामप्यारी शिवाकोटी छात्रवृत्ति कोष, खड्ग–देवीमाया शिवाकोटी छात्रवृत्ति कोष, धनबहादुर सुवेदी स्मृति अक्षयकोष, विन्दा स्मृति अक्षय कोष, खुश्बू ओली प्रतिभा अक्षयकोष, पुण्यवती गौतम अक्षयकोष, कन्काई भूतपूर्व विद्यार्थी समाज कोषका तर्फबाट विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिएको थियो ।


    औपचारिक कार्यक्रम सहायक प्रअहरू हरिप्रसाद तिम्सिना, चन्द्रप्रसाद शिवकोटी र तीर्थराज खरेलले र सांस्कृतिक कार्यक्रमको सञ्चालन भीमप्रसाद दाहाल र हेमन्तिका उप्रेतीले संयुक्त रूपमा सञ्चालन गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    जन्मभूमिलाई प्रवासी झापालीको ठूलो सहयोग : अन्तर्राष्ट्रिय झापाली समाजद्वारा कनकाईलाई ३० लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

    २०८३ भाद्र २९, सोमबार २१:२१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.