Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सुरुङ्गा जेसीजले अधिवक्ता कोपिला बस्नेतलाई गर्यो वर्ष उत्कृष्ट नागरिक सम्मान
    समाचार

    सुरुङ्गा जेसीजले अधिवक्ता कोपिला बस्नेतलाई गर्यो वर्ष उत्कृष्ट नागरिक सम्मान

    कनकाई खबरBy कनकाई खबर२०७९ माघ १५, आईतवार ०२:०९ गते4 Mins Read


    कनकाई खबर \ सुरुङ्गा जेसीजले वर्ष उत्कृष्ट नागरिकका रुपमा यस वर्ष अधिवक्ता कोपिला बस्नेतलाई सम्मान गरेको छ ।

    जेसीजले १४औं पद हस्तान्तरण समारोहको अवसरमा विर्तामोड–१,जगतबस्तीटोल निवासी बस्नेतलाई कानुन तथा समाजसेवाको क्षेत्रबाट सम्मान गरेको हो । मानव सेवामा समर्पित सामाजिक अभियन्ता समुन्नत नेपालकी संस्थापक बस्नेतले न्याय पाउन नसकेका महिला तथा आर्थिक अवस्था कमजोर भएका सयौँ पीडितहरूलाई निशुल्क वकालत गरेर न्याय दिलाउँदै आएकी छन् ।

    परिवार बिहीन साथै समाज तथा परिवारबाट उपेक्षित महिलाहरूलाई बिर्तामोड स्थित समुन्नत नेपालमा आश्रय दिएर विभिन्न आयमूलक सीप सिकाउँदै सयौँ महिला, किशोरीहरूलाई आत्मनिर्भर बनाउँदै आएकी बस्नेतले सामाजिक क्षेत्रमा गरेको पवित्र कार्यको उच्च मुल्याङ्कन गर्दै सुरुङ्गा जेसीजले सम्मान गरेको वर्ष उत्कृष्ट नागरिक छनौट समितिका संयोजक त्रिलोचन उप्रेतीले बताए ।

    पञ्चकन्या र नौमति बाजासहित उच्च सम्मानका साथ वर्ष उत्कृष्ट नागरिकका रुपमा जेसीजले गर्ने यो सम्मानलाई विशेष महत्वका साथ लिने गरिएको छ । छुट्टाछुट्टै विधामा सुरुङ्गा जेसीजले गर्दै आएको सम्मानबाट यस अघि झापाका विभिन्न क्षेत्रमा रहेर समाज रुपान्तरमा योगदान गर्ने एक दर्जन बढी व्यक्तित्वहरु सम्मानित भई सकेको उत्कृष्ट नागरिक छनौट समिति २०२२ का सदस्य शिवकुमार कडेलले बताए ।


    यस अघि सम्मानित हुनेहरुमा चन्द्र मैनाली (शिक्षा क्षेत्र), पुष्पलाल निरौला (धार्मिक), चन्द्र भण्डारी (सुचना तथा सञ्चार), लोकराज ढकाल(मानव सेवा), हरि खड्का (खेलकुद), दिलभूषण पाठक (सञ्चार), सविना बस्नेत (खेलकुद), इन्दिरा रानामगर(समाजसेवा), महेन्द्रकुमार गिरी ( वित्तिय क्षेत्र ), प्रमोद खरेल (सांगितीक क्षेत्र), कोमल पोखरेल (साहित्य क्षेत्र), मनोज गजुरेल (कलाकारिता क्षेत्र) मा सम्मानित भइसकेको बताइएको छ ।


    सामाजिक अभियन्ता बस्नेतलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं. १ का मुख्यमन्त्री हिक्मत कार्की, सांसद एल.पी. साँवा लिम्बू, नेपाल जेसीजका निरुपित राष्ट्रिय उपाध्यक्ष अनुप सुनुवार, सुरुङ्गा जेसीज वर्ष २०२२की अध्यक्ष सुष्मा न्यौपानेसहित सुरुङ्गा जेसीजले सम्मान गरेको हो । उत्कृष्ट नागरिकको परिचय सुरुङ्गा जेसीजका पूर्व अध्यक्ष समेत रहेका छनौट समितिका सदस्य कुमारमणी पोखरेलले गराएका थिए । सुरुङ्गा जेसीज वर्ष २०२२ की अध्यक्ष सुष्मा न्यौपाने उप्रेतीको सभापतित्व रहेको कार्यक्रमलाई सम्बोधन गर्दै सम्मानित व्यक्तित्व वस्नेतले सुरुङ्गा जेसीजबाट पाएको यो सम्मानले सामाजिक क्षेत्रमा अघि बढ्न थप उर्जा मिलेको र आफ्नो काँधमा जिम्मेवारी थपिएको बताएकी छन् ।


    कार्यक्रममा अध्यक्षको अन्तिम मन्तव्य राख्दै जेसीजको १ बर्षे कार्यकाल सफलता पुर्वक सम्पन गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिदै सुरुङ्गा जेसीज वर्ष २०२२ कि अध्यक्ष सुष्मा उप्रेतीले आफ्नो कार्यकालमा विभिन्न क्षेत्रमा विशेष योगदान दिने चारजना जेसीज पदाधिकारीलाई वर्ष उत्कृष्ट अवार्ड वितरण गरेकी छन् । अवार्ड प्राप्त गर्नेमा वर्ष २०२२का महासचिव दुर्गा पाठक(राजु) लाई वर्ष उत्कृष्ट जेसीज अवार्ड, बर्ष उत्कृष्ट संयोजक रिसव सिंह चाहार, हरेक कार्यक्रममा सहभागी हुने पुर्ण श्रेष्ठ र सबैभन्दा बढी बैठकमा उपस्थित हुने मेनुका उप्रेतीलाई विधागत अवार्ड प्रदान गरिएको छ ।


    सोही अवसरमा वर्ष २०२३ कालागि अध्यक्षमा सर्वसम्मत भएका स्थानीय युवा व्यवसायी प्रविन तिम्सिनासहितको कार्यसमितिले पदभार ग्रहण गरेको छ । सुरुङ्गा जेसिजका संस्थापक अध्यक्ष लिलाप्रसाद चिमरीयासहित पुर्व अध्यक्षहरुवाट नवनिर्वाचित अध्यक्ष तिम्सिनालाई वर्ष २०२२ की अध्यक्ष सुष्मा उप्रेतीको गलामा भएको जेसीज चेन हस्तान्तरण गर्दै जिम्मेवारी सुम्पिएको हो ।


    सोही अवसरमा वर्ष २०२२ की अध्यक्ष सुस्मा उप्रेतीलाई निवर्तमान अध्यक्षको ब्याच साथै यदुका उप्रेती (उषा)लाई भुतपुर्व अध्यक्ष क्लबको पिन हस्तान्तरण गरिएको थियो । कार्यक्रममा नयाँ कार्य समिति चयनकालागी जेसीजको विधान अनुसार निर्वाचन आयुक्तको जिम्मेवारी सम्हालेकी वर्ष २०२२ की निवर्तमान अध्यक्ष उषा उप्रेतीले नयाँ कार्य समितका पदाधिकारीको नाम घोषणा गर्दै नव निर्वाचित अध्यक्ष तिम्सिनालाई सपथ ग्रहण गराएकी हुन् । अध्यक्ष तिम्सिनाले आफ्नो नेतृत्वको समितिलाई पूर्णता दिँदै सपथ ग्रहण गराए ।

    तिम्सिनाको नेतृत्वमा रहेको समितिको कार्यकारिणी उपाध्यक्षद्वयमा रिसवसिंह चाहार र किशोर दाहाल, उपाध्यक्षहरु कनकाई वडा नं.–१ की निर्वाचित वडासदस्य समेत रहेकी निर्मला खड्का, पुर्ण श्रेष्ठ(नेवार), दिवाकर तिवारी र सपना गिरी र जनसम्पर्क अधिकारीमा सुजता सिटौला ओली रहेका छन् । कानुनी सल्लाहकारमा दुर्गा पाठक(राजु), महासचिवमा दिपेन्द्र प्रधान ,सचिव विवेक शिवाकोटी र कोषाध्यक्षमा मेनुका उप्रेती मनोनित भएका छन् ।


    त्यस्तै तालिम संयोजक मुक्ता कार्की , खेलकुद संयोजक भिम राजवंशी , सप्ताह संयोजक रोहित कोइराला, व्यापार संयोजक प्रतापबाबु जम्मरकट्टेल, शिक्षा संयोजक प्रफुल्ल पोखरेल , संघसंस्था संयोजक विमान लामा , वातावरण संयोजक कोमल न्यौपाने रहेका छन् । अध्यक्ष तिम्सिनाले अध्यक्ष सल्लाहकारमा पुर्व अध्यक्षद्वय शिवकुमार कडेल र सरला दाहाल पोखरेल साथै जेसीज सदस्य सोम उप्रेतीलाई मनोनित गरेका छन । त्यस्तैै अध्यक्ष सहयोगीमा के. पी.लुइँटेल, राजकुमार कट्टेल र टिकाराम भण्डारीलाई तिम्सिनाले मनोनीत गरेका छन ।


    वर्ष २०२२ का महासचिव दुर्गा पाठक(राजु)ले संचालन गरेको कार्यक्रममा प्रदेश नं.१ का मुख्य मन्त्री हिक्मत कार्की, झापा क्षेत्र नं.४ का संघीय सांसद एलपी साँवा लिम्बू, नेपाल जेसीजका निरुपित राष्ट्रिय उपाध्यक्ष अनुप सुनुवार , प्रदेश १ का पुर्व कृषि मन्त्री हिराकुमार थापा, कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेल, सुरुङ्गा जेसीजका संस्थापक अध्यक्ष लिलाप्रसाद चिमरीया, पुर्व अध्यक्ष सरला दाहाल पोखरेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
    कार्यक्रम संयोजक राजकुमार कट्टेलले स्वागत गरेको कार्यक्रममा पुर्ण श्रेष्ठले जेसीज मिसन भिजन प्रस्तुत गरेका थिए भने आस्था वाचन सारिका गिरीले गरेकी थिइन् । दोस्रो सत्रको कार्यक्रम संचालन वर्ष २०२३ का महासचिव दिपेन्द्र प्रधानले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    उचित विकल्प विना सुकुम्बासीलाई हटाउनु राज्य आतंक: हर्क साम्पाङ

    २०८३ बैशाख ११, शुक्रबार १८:०१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.