Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » प्रेमप्रसादले छाडेर गएका शक्तिशाली प्रश्नहरू
    राष्ट्रिय

    प्रेमप्रसादले छाडेर गएका शक्तिशाली प्रश्नहरू

    कनकाई खबरBy कनकाई खबर२०७९ माघ १२, बिहीबार १४:५३ गते7 Mins Read

    काठमाडौं \ संघीय संसद् भवनअगाडि मंगलबार दिउँसो आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यले केही शक्तिशाली प्रश्नहरू छाडेर गएका छन् ।

    अनि थप प्रश्नहरू पनि जन्माएका छन् । प्रेमप्रसादले केही अनुत्तरित प्रश्नहरू छाडेर गए जसको जवाफ नदिई सत्तालाई शासन चलाइरहन सजिलो छैन । त्यसैले होला वुधवार बसेको मन्त्री परिषदले उनका ती प्रश्नहरु माथि छानबिन गर्ने औपचारिक निर्णय नै गरेको छ ।

    उनले उठान गरेका विषय अध्ययन गरेर गृह मन्त्रालयले छानबिन गर्ने र सत्यतथ्य बाहिर आएपछि सरकारले आवश्यक कदम चाल्ने निर्णय भएको उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बुधबार बताएका छन् ।

    प्रेमको जीवन समाप्तिसँगै थुप्रै प्रश्नहरू जन्मिएका छन् । ‘आखिर मानिसले आफ्नै प्रश्नहरूमाथि किन आगो लगाउँछ ?’

    विधिको शासन कमजोर भएपछि पहुँचविहीन व्यक्तिले निरीह महसुस गर्छ । सम्भवतः जब आशा र विश्वास सकिन्छ, तब उसले आफूले गर्ने प्रश्नको शक्ति कमजोर पाउँछ र जीवनको समेत औचित्य देख्दैन ।

    अरुको होस् वा आफ्नो ज्यान लिने काम अपराध नै हो । तर, समय र शैलीले कतिपय बेला यस्ता कसुरहरु विद्रोहमा बदलिन्छन् । आखिर राज्यप्रणालीले कसरी नागरिकलाई यस्तो बाटोमा धकेलिरहेको छ ? आत्मदाहको कदम उठाउने स्थानसम्म पुर्‍याएर राज्य पनि कसरी अप्रत्यक्ष रूपमा यस्तो ‘अपराध’को साझेदार बनिरहेको छ ? यी प्रश्नको उत्तर खोज्न ढिला गर्नुहुँदैन ।

    यो घटनाले राज्यसत्ताको स्रोत केन्द्र काठमाडौंमा असन्तुष्टिको थाक लागेको छ भन्ने संकेत गरेको छ । कहिले असन्तुष्टिको मत दिएर त, कहिले नागरिकलाई निराशाको यो तहसम्म धकेलेर समाजको गर्भभित्र हुर्किरहेको असन्तुष्टिको त्यो लाभाले अब सतहमा थाहा हुने गरी धक्का दिन थालेको छ ।

    मानिस ‘राष्ट्र’को घेरा र नियन्त्रणमा किन बाँच्छ ? किनकि उसले आफू अप्ठ्यारोमा परेको बेला मेरो जिउज्यान र सम्पत्तिको यसले रक्षा गर्छ भनेर विश्वास गर्छ । तर जब राज्य संयन्त्र भन्ने निकाय नै आफूलाई निरुत्साहित पार्न, अनि लुट्नका लागि मात्रै हो भन्ने उसलाई लाग्छ, तब उसको मोहभंग हुन्छ ।

    संविधानमा समाजवाद उन्मुख राज्यव्यवस्था बनाउने संकल्प गरे पनि यो प्रकरणले सत्ता र शक्तिलाई मात्रै होइन, श्रम, बजार, व्यापार र नाफाको अर्थ राजनीतिलाई समेत तरङ्गित बनाएको छ ।

    विदेशिएका युवाहरूको एउटा हिस्सा काठको बाकसमा फर्किरहेका छन् । सवारी साधन नपाएर बसमा अस्पताल जाँदाजाँदै मरेको बिरामीको शव लिन चाहिँ एम्बुलेन्स पुग्छ । चिसोले नागरिकको मृत्यु भएको सुनेर सरकार दाउराको व्यवस्था गर्छ ।

    यही पृष्ठभूमिमा आज दिउँसो माइतीघर मण्डलामा नागरिकहरूले प्लाकार्डमार्फत सोधेका छन्, ‘यो देश हो कि बधशाला ?’

    भाषणमा समृद्धिको सपना सुन्नुपर्ने अनि हरेक दिन अभावपूर्ण जीवन बाँच्नुपर्ने विरोधाभासले नागरिकभित्र निराशा बढाइरहेको छ । जोखिम के बढेको छ भने यो निराशा अब ‘आम निराशा’मा बदलिन सक्छ । असन्तुष्टिको यो आगोमा जुनसुकै शक्तिले घ्यू थपिदिन सक्छ । त्यसैले बानेश्वरको यो झिल्कोले डढेलो नलागोस् भनेर सरोकारवाला सचेत हुन जरुरी छ ।

    मानिसको जीवनमा सधैंभरि, सबैजसो प्रयास सफल हुँदैनन् । त्यसैले इलामका प्रेमप्रसाद आचार्यले गर्न खोजेको उद्यम, व्यापार र व्यवसाय पनि सफल भएन । यसको आवेशमा उनले आफूलाई समाप्त गरे । तर उनको समाप्तिमा अलि परसम्म अर्थ राख्ने प्रश्नहरू जन्मिए । प्रेमले भोगेको/लेखेको ‘असफलताको कथा’ले उनकै शब्दमा ‘यो देश गरिखानेलाई होइन, लुटिखानेका लागि मात्र सहज रहेछ’ भन्ने निष्कर्ष निकाल्न मद्दत गर्छ । त्यो यथार्थसँग नजिक छ ।

    बैंकदेखि बिमासम्म, सरकारी अड्डादेखि ठूला व्यापारीसम्म सबैबाट आफू पटकपटक लुटिएको अनुभूति उनले गरेका छन् । सरकारदेखि व्यापारीसम्मले आफूमाथि गरेको अत्याचारको फेहरिस्त उनले उतारेका छन् । जीवनमा उनले सफलताका लागि गरेको संघर्षको श्रृंखला अत्यासलाग्दो छ ।

    उनको ६ हजार ५ सय ५३ शब्द लामो अन्तिम आत्मालाप पढिसक्दा एकदमै अत्यास लाग्छ । त्यहाँ भित्रका भावनालाई अलग गरेर तथ्यहरु मात्रै केलाउने हो भने त्यहाँ उनको निजी जीवन थोरै र हाम्रो सामाजिक अर्थ व्यवस्था धेरै भेटिन्छ ।

    उनले आफ्नो मृत्युलाई ‘आफ्नो भोगाइ र पीडा सरकारले सुन्ने गरी ज्यानको आहुति दिएको’ भनेको छन् । उनको यो कदमले एक जना नागरिकले मृत्युको बाटो नरोजेसम्म उसलाई नसुन्ने र नबुझ्ने हाम्रो सामाजिक संरचना, राजनीतिक प्रणाली माथि पनि प्रश्न जन्माएको छ । किनकि उनले आफनो शरीरमा आगो लगाउनु अगाडि देशप्रति निराशाजनक निष्कर्ष निकालेका छन्, ‘यो देश भ्रष्ट रहेछ, यहाँ पाइला पाइलामा विभेद र अन्याय छ ।’

    राज्यले बजार व्यवस्थामा आवश्यक नियमन नगर्दा केसम्म हुन्छ ? प्रेमप्रसाद आचार्यको आत्मदाह आज उद्यमशिलतामा हिड्न खोजिरहेको युवा पुस्ताले चुकाइरहेको मूल्यको एउटा अंश हो ।

    उनले सामाजिक सञ्चालमा सार्वजनिक गरेका गुनासाहरु हेर्दा व्यवस्थित माग पत्र जस्तो देखिन्छ । केही घराना र विदेशी कम्पनीहरूले नेपाली बजार कब्जा गरेको गुनासो गर्दै उनीहरूबाट त्यसलाई मुक्त गर्न माग गरेका छन् ।

    क्रेताले पहिला भुक्तानी गर्नुपर्ने व्यवस्था गरेर कृषकको पक्षमा काम गर्न माग गरेका छन् । अनुदानमा भइरहेको भ्रष्टाचार, श्रम स्वीकृतिको लफडा, बिचौलियाको अन्त्य, शिक्षा, स्वास्थ्य र सार्वजनिक यातायातमा निजीकरण दुरुत्साहित गर्नुपर्ने मागहरु उठाएका छन् । यद्यपि ती माग पहिलोपल्ट उनले उठाएका चाहिँ होइनन् ।

    आम निराशाको भय

    कनेक्टिकट विश्वविद्यालयका समाजशास्त्री जेम्स डेफ्रोन्जो क्रान्ति वा विद्रोहको सिद्धान्तका लागि चर्चित छन् । उनले ‘सामूहिक निराशा सापेक्ष अभावको घटनाबाट उत्पन्न हुने’ तर्क गरेका छन् । उनी भन्छन्, ‘क्रान्तिकारी विचारधाराको प्राथमिक कार्य भनेको सकेसम्म धेरै व्यक्तिलाई समाज परिवर्तनको आवश्यकतामा समान वा मिल्दो दृष्टिकोण प्रदान गर्नु हो, ताकि उनीहरू क्रान्तिकारी संघर्षमा सहयोग गर्न उत्प्रेरित हुनेछन् ।’

    उनको बुझाइमा विद्रोहका लागि राष्ट्र एउटा यस्तो ऐतिहासिक प्रक्रियाबाट गुज्रन आवश्यक हुन्छ जहाँ अर्थतन्त्रमा तीव्र गिरावटले नागरिकको भौतिक जीवन अवस्था र क्षमताहरूलाई सीमित गर्दछ । ‘जनताको अपेक्षा र ती अपेक्षाहरू पूरा गर्ने सरकारको क्षमता बीचको खाडल’ बढ्दै जाँदा नागरिकमा चरम निराशा जन्मिन्छ ।

    देशमा विद्यमान समस्याप्रति आम मानिसको साझा बुझाई बन्यो भने उक्त ‘बुझाइको एकरुपता’ संगठित हुने आधार बन्छ । तर, देशको निर्वाचन प्रणालीले रातारात मतदाताको यो बुझाई अभिव्यक्त गर्न सकेन । प्रेमको आत्मदाह प्रकरण र निकट विगतका चुनावी परिणाम सधैंजसो सत्तासीन रहेका नेपालका राजनीतिक संस्थापन र उनीहरुको क्षमताप्रतिको असन्तुष्टि हो ।

    आलोपालो शासनको गोलचक्कर, सत्ताबाहेक सबै भ्रम देख्ने चरम अवसरवादी सोच, प्रणालीविहीनता, असंवेदनशील संयन्त्र, गलत आर्थिक नीति, कुशासन, भ्रष्टाचार आदिका कारण लाखौं युवा विदेशिनु परेको छ भने स्वदेशमा रहेकाहरू पनि सन्तुष्ट हुनसक्ने अवस्था छैन । तर यति हुँदापनि पटकपटक सत्तामा पुगेका शक्तिहरू यसको जिम्मा लिन तयार देखिन्नन् ।

    नयाँ भनिएका नेताले पनि प्रेममाथि आशा जगाउन सकेनन् । नयाँ अनुहारहरूलाई बिन्ती गर्दै उनले अनुरोध गरेका छन्, ‘सरकार बनाउने, मन्त्री हुने मात्र प्रतिस्पर्धा होइन, कसैले नदेखेको, तर जनतालाई पिल्साएको मुद्दाहरु आँखा च्यातेर केलाउनुहोस्, समाधान गर्नुहोस् ।’ उनले आफ्नो मृत्युपछि पनि आफूले उठाएका मुद्दाहरू उठोस् र सम्बोधन होस् भन्ने चाहना राखेका छन् ।

    आम असन्तुष्टिको समग्र अभिव्यक्ति

    सिंगो मध्यपूर्व र अरब राष्ट्रहरूमा सत्तापलट गराउने शक्तिशाली अरब क्रान्तिको झिल्को ट्युनिसियामा एक शिक्षित बेरोजगार युवाको आत्मदाहबाट सुरु भएको थियो । सन् २०१० को अन्त्यतिर ट्युनिशियामा २६ वर्षीय मोहम्मद बौउजीजीले आत्मदाह गरेपछि सुरु भएको प्रदर्शन विशाल जनआन्दोलनमा रुपान्तरित भयो र उनी अरबको तानाशाहलाई पतनको बाटोमा लैजाने क्रान्तिका नायक बने । त्यो क्रान्ति एउटा देशको सीमा नाघेर मध्यपूर्व र अरब राष्ट्रभरी फैलियो ।

    बौउजीजी तीन वर्षको हुँदा उनका पिता हृदयघातबाट बिते । आमाले केही समयपछि उनको काकासँग विवाह गरिन । उनीसँग ६ जना भाइबहिनी आश्रित थिए । गरिबीका कारण उनी राम्ररी नहुर्कंदै काम गर्न थाले । पिताले छाडेको जमिन बैंकको लिलामीमा परेपछि उनी सडक व्यापारी बन्न पुगे । उनले सेनामा भर्ती हुन आवेदन दिएका थिए, तर अस्वीकृत भए । जागिरका लागि धेरै पापड बेले पनि असफल भए ।

    सडकमा व्यापार गर्नेक्रममा उनलाई महानगरका प्रहरीले वर्षौंदेखि दुःख दिंदै आइरहेका थिए । कुटपिट गर्ने, सामान लुट्ने क्रम प्रायः चलिरहन्थ्यो । तर, परिवार पाल्न उनीसँग अरु विकल्प थिएनन् । एकदिन महानगर प्रहरीले चर्को दमन गरे । सामान र तौलने भाडो उठाएर लगे । उनी महानगर प्रशासनमा पुगे र सामान फिर्ता गर्न आग्रह गरे । तर, सरकारी अधिकारीले उनको कुरा सुनेनन् । उनले त्यहीँ घोषणा गरे, ‘तिमीहरूले मलाई हेरेनौ भने म जलेर मर्छु ।’

    कसैले ध्यान दिएन । उनले त्यहीँ अगाडि प्रज्वलनशील पदार्थ शरीरमा छर्किएर आगो सल्काए ।

    समाजको गर्भमा विद्रोहको लाभा तयार भइसकेको छ भने एकजना व्यक्तिको बलिदानीले पनि अकल्पनीय नतिजा निम्त्याउन सक्ने भन्ने अद्वितीय उदाहरण थियो– अरब क्रान्ति ।

    बौउजीजीले सडकपेटीमा व्यापार गर्न नपाएर आत्मदाह गरेपछि सुरु भएको आन्दोलनले २३ वर्षदेखि निरङ्कुश सत्ता चलाउँदै आएका राष्ट्रपति जिन अल अविदिन विन अलीलाई सत्ताच्यूत गर्न सफल भयो । देश छाडेर भागेका अली र उनको परिवारविरुद्ध मानवताविरोधी अपराध र भ्रष्टाचारको आरोपमा मुद्दा समेत चल्यो ।

    अरब क्रान्ति विलासी शासक र निम्न जीवनस्तर भएका नागरिकबीचको संघर्षबाट जन्मिएको थियो । भ्रष्टाचार, नेतातन्त्र र कर्मचारीतन्त्रले थोपर्दै आएको ज्यादतीबाट प्रताडित नागरिकका विकल्पहरू साँघुरो बनिरहेका हुन्छन् भन्ने यसले देखाउँछ ।

    प्रेमले आत्मालापमा लेखेका छन्, ‘छोरीहरूसँग रमाउने चाहना थियो, उनीहरुलाई असल नागरिक बनाउने चाहना थियो, श्रीमतीलाई सदा अँगालोमा राख्ने चाहना थियो, सबै चाहनामै सीमित भयो । कहाँ जानू ? कसलाई भन्नू ?’

    अनि बौउजीजीले पनि शरीरमा आगो लगाउनुअघि भनेका थिए, ‘अझै पनि तिमीहरू कसरी म बाँचोस् भन्ने चाहन्छौं ?

    लेखकको बारेमा
    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    उचित विकल्प विना सुकुम्बासीलाई हटाउनु राज्य आतंक: हर्क साम्पाङ

    २०८३ बैशाख ११, शुक्रबार १८:०१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.