Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    द भ्वाइस अफ किड्स- को सेमीफाइनलमा कनकाईका सत्कार,आज बेलुका ८ः२५ बजेसम्म भोटिङ खुल्ला

    २०८३ श्रावण २२, शुक्रबार १५:१८ गते

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई भलिबल कपः दमकलाई पराजित गर्दै झापा गाउँपालिका बन्यो च्याम्पियन
    खेलकुद

    कनकाई भलिबल कपः दमकलाई पराजित गर्दै झापा गाउँपालिका बन्यो च्याम्पियन

    कनकाई खबरBy कनकाई खबर२०७९ माघ ७, शनिबार १७:१३ गते2 Mins Read

    कनकाई खबर \ झापाको सुरुङ्गामा भएको प्रदेश नं.१ स्तरीय अन्तरपालिका पुरुष भलिबल प्रतियोगिताको उपाधि झापा गाउँपालिकाले हात पारेको छ ।


    कनकाई माविको खेल मैदानमा सम्पन्न प्रतियोगिताको फाइनल खेल दमक नगरपालिका र झापा गाउँपालिका विच भएको हो । अघिल्लो दोस्रो संस्करणमा समेत उपाधिकालागि यी दुई पालिकाले फाइनल खेल खेलेका थिए ।
    झापा गाउँपालिकाले गत वर्षको पराजयको बद्ला लिँदै उपाधि जितेको हो । गत वर्ष दमकसँग पराजय भोग्दै उपविजेतामा चित्त बुझाएको झापा गाउँपालिकाले यस वर्ष बदला लिएको हो । झापाले दमकमाथि सोझो सेटमा जित निकाल्दै उपाधि उचालेको हो ।


    पहिलो सेट २६–२४ ले जितेको झापाले दोस्रो सेटमा २५–२३ र तेस्रो सेटमा २५–२२ को शानदार जित हात पार्दै उपाधि कब्जा गरेको छ। जितसँगै झापाले नगद एक लाख एघार हजार हात पारेको छ।
    त्यस्तै उपविजेता दमकले नगद ६१ हजार प्राप्त गरेको छ। फाईनल खेलको म्यान अफ द म्याच झापाका रबिन गौतम भए। उनले नगद एक हजार हात पारे । उत्कृष्ट ब्लकर झापाकै रोहित शिवाकोटी भए भने उत्कृष्ट स्पाईकर झापाका समिप श्रेष्ठ, उत्कृष्ट कुईकर दमककै पुकार तामाङ र उत्कृष्ट लिफ्टर दमककै राजन लिम्बू हुँदा सर्वोत्कृष्ट खेलाडीको उपाधि झापाका विष्णु बस्नेतले २४ इन्चको रंगीन टि.भी पुरस्कार स्वरुप हात पारेको सुरुङ्गा जेसीज वर्ष २०२२ का महासचिव राजु पाठकले जानकारी दिए ।


    प्रतियोगिताको विजेता तथा उपविजेतालाई आयोजक सुरुङ्गा जेसीजकी अध्यक्ष सुष्मा उप्रेती एवं कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य एवं प्रदेश मन्त्री भक्ति सिटौला, झापा गाउँपालिकाका प्रमुख जयनारायण शाह, उपाध्यक्ष अञ्जुदेवी थपलिया, कनकाई नगरपालिकाकी उपप्रमुख आशा शिवाकोटी लगायतले पुरस्कार प्रदान गरेका थिए ।


    माघ ३ गते सुरु भइ ७ गते समापन भएको प्रतियोगितामा कनकाई नगर खेलकुद विकास समिति सह–आयोजकका रुपमा रहेको हो । प्रतियोगितामा झापासहित मोरङ् र इलाम गरी तीन जिल्लाका ८ टीमले भाग लिएको आयोजक सुरुङ्गा जेसीजका खेल संयोजक प्रतापबाबु जमरकट्टेलले जानकारी दिए ।


    नेपाल बहुउद्देश्यीय सहकारी संस्था(एनएमसी)मुख्य प्रायोजक रहेको प्रतियोगितामा प्रायोजकका रुपमा ओसियन एजुकेशन एण्ड भिसा सर्भिसेज समेत रहेको थियो । प्रथम पुरस्कार विकास र अनु प्रसाईबाट आफ्ना भाइ स्व.विनोद प्रसाईको स्मृतिमा प्राप्त भएको छ भने द्वितीय पुरस्कार युवा पर्यटन व्यवसायी वीरेन्द्र मैनाली र तृतीय पुरस्कार आइएमई लाइफ इन्सुरेन्स कम्पनीले प्रायोजन गरेको सुरुङ्गा जेसीज वर्ष २०२२ की अध्यक्ष सुष्मा न्यौपाने उप्रेतीले बताएकी छन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    द भ्वाइस अफ किड्स- को सेमीफाइनलमा कनकाईका सत्कार,आज बेलुका ८ः२५ बजेसम्म भोटिङ खुल्ला

    २०८३ श्रावण २२, शुक्रबार १५:१८ गते

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    द भ्वाइस अफ किड्स- को सेमीफाइनलमा कनकाईका सत्कार,आज बेलुका ८ः२५ बजेसम्म भोटिङ खुल्ला

    २०८३ श्रावण २२, शुक्रबार १५:१८ गते

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.