Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई भलिबल कपः दमक र झापा गाउँपालिकाले तय गरे फाइनलको यात्रा
    खेलकुद

    कनकाई भलिबल कपः दमक र झापा गाउँपालिकाले तय गरे फाइनलको यात्रा

    कनकाई खबरBy कनकाई खबर२०७९ माघ ६, शुक्रबार २१:३८ गते2 Mins Read

    कनकाई खबर \ झापाको सुरुङ्गामा जारी प्रदेश नं.१ स्तरीय अन्तरपालिका पुरुष भलिबल प्रतियोगिताको फाइलन खेल दमक नगरपालिका र झापा गाउँपालिका विच हुने भएको छ ।


    सुरुङ्गा जेसीजले कनकाई भलिबल कपको तेस्रो संस्करणका रुपमा संचालन गरेको प्रतियोगिताको शुक्रबार भएको दुईवटा खेलबाट दमक र झापा गाउँपालिकाले फाइनलको यात्रा तय गरेको हो ।
    शिवसताक्षी र दमक नगरपालिका बिच भएको प्रतियोगिताको पहिलो खेलमा शिवसताक्षीलाई २५\१२, २५\१७ र २५\२१ को सोझो सेटले पछि पार्दै दमकले फाइनलको यात्रा तय गरेको हो । खेलको म्यान अफ द म्याच दमकका पुकार तामाङ घोषित भएका थिए । उनले नगद एक हजार सहित ट्रफी प्राप्त गरे ।


    त्यसपछि दोस्रो खेल झापा गाउँपालिका र बुद्धशान्ती विच भएको थियो । तीन जना भारतीय खेलाडीसहित विर्तामोडका बिमान खड्काको कप्तानीमा मैदानमा उत्रिएको बुद्धशान्तीको झापा गाउँपालिकासँग केही चलेन । झापाले २५\२०, १८\२५ , २५\१९ र २५\२२ को सेटमा बुद्धशान्तीलाई पाखा लगाएको हो ।


    खेलको म्यान अफ द म्याच झापाका समिप श्रेष्ठ घोषित भए । श्रेष्ठलाई सुरुङ्गा जेसीजकी अध्यक्ष सुष्मा उप्रेती र खेल संयोजक प्रतापबाबु जमरकट्टेलले नगद एक हजार सहित ट्रफी प्रदान गरे ।


    नकआउट प्रतियोगिताका आधारमा खेलाइने खेलको शनिवार हुने फाइनलमा प्रथम हुने टिमले १ लाख १ हजार १११ , द्वितीय हुने टिमले ६१ हजार १११ र तृतीय हुने टिमले २५ हजार नगद पुरस्कार, ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् । त्यस्तै बेष्ट स्पाइकर , बेष्ट ब्लकर , बेष्ट डिफेन्स र बेष्ट क्वीकरलाई ५ हजार १ सय नगद पुरस्कार र ट्रफीको व्यवस्था गरिएको बताइएको छ । त्यस्तै म्यान अफ द सिरिजलाई २४ इन्चको रंगीन टि.भी पुरस्कार स्वरुप वितरण गरिने सुरुङ्गा जेसीज वर्ष २०२२ का महासचिव राजु पाठकले जानकारी दिए ।


    माघ ३ गते सुरु भइ ७ गते समापन हुने प्रतियोगितामा कनकाई नगर खेलकुद विकास समिति सह–आयोजकका रुपमा रहेको छ । प्रतियोगितामा झापासहित मोरङ् र इलाम गरी तीन जिल्लाका ८ टीमले भाग लिएका थिए ।
    नेपाल बहुउद्देश्यीय सहकारी संस्था(एनएमसी)मुख्य प्रायोजक रहेको प्रतियोगितामा प्रायोजकका रुपमा ओसियन एजुकेशन एण्ड भिसा सर्भिसेज समेत रहेको छ । प्रथम पुरस्कार विकास र अनु प्रसाईबाट आफ्ना भाइ स्व.विनोद प्रसाईको स्मृतिमा प्राप्त भएको छ भने द्वितीय पुरस्कार युवा पर्यटन व्यवसायी वीरेन्द्र मैनाली र तृतीय पुरस्कार आइएमई लाइफ इन्सुरेन्स कम्पनीले प्रायोजन गरेको सुरुङ्गा जेसीज वर्ष २०२२ की अध्यक्ष सुष्मा न्यौपाने उप्रेतीले बताएकी छन् ।


    जेसीज अध्यक्ष उप्रेतीले दिएको जानकारी अनुसार शनिबार पहिलो खेल तेस्रो स्थानकालागि शिवसताक्षी र बुद्धशान्ती विच हुने जनाइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    उचित विकल्प विना सुकुम्बासीलाई हटाउनु राज्य आतंक: हर्क साम्पाङ

    २०८३ बैशाख ११, शुक्रबार १८:०१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.